
नेपालगन्ज, १३ श्रावण – महिला हिंसा विरुद्ध अनेमसंघले हरेक वडा वडामा पुगेर चेतना जगाउन जरुरी रहेको एक कार्यक्रममा बोल्ने सहभागीले बताएका छन् । अखिल नेपाल महिला संघद्धारा आयोजित नेपालगन्ज उपमहानगरपालिका स्तरीय महिला भेलालाइ सम्बोधन गर्दै अनेमसंघ केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज अछरी पोखरेलले सम्पन्न वा विपन्न सबै वर्गका महिलाहरुले हिंसा खेपी रहेको बताउदै समाजमा रहेको विकृति विसंगति, विभेद महिला हिंसा विरुद्ध अनेमसंघका सदस्य घरघरमा पुगेर चेतना जगाउन जरुरी रहेको बताउनु भयो ।
प्रमुख अथिति समेत रहनु भएका पोखरेलले सामाजिक, आर्थिक, राजनैतिक शैक्षिक सबै क्षेत्रका महिलाहरुले धेरथोर हिंसा र विभेद खेपी रहेका हुनाले समुन्नत समाज निर्माणमा पनि अनेमसंघका सदस्यको ठूलो भुमिका रहने बताउँदै अधिकार र कर्तव्यलाइ सगसगै लैजान पनि सुझाव दिनु भयो । यसैगरी विशेष अथिति सुर्य ढकालले महिलाले कुनैपनि काम म सक्दीन नभनीकन हिम्मत गरेर अधि बढेमा महिलाले गर्न सक्छन भन्दै महिलालाइ हौसला दिनु भयो ।
अनेमसंघ नगर अध्यक्ष मनकुमारी सिलवालको अध्यक्षता र अनेमसंघ सचिवालय सदस्य सुमन गीरीद्धारा सञ्चालन तथा अनेमसंघ नगर सदस्य निर्मला विसीद्धारा स्वागत । कार्यक्रममा, केन्द्रीय लेखा आयोगका सदस्य बिजया धिताल, अनेमसंघ प्रदेश सह–सचिव तलत प्रविण अन्सारी नेकपा एमाले जिल्ला सह सचिब तथा महिला विभाग इन्चार्ज भुमिसरा धिताल, जिल्ला सदस्य नगर इन्चार्ज किस्न थापा अनेमसंघ जिल्ला काबा अध्यक्ष मिनाढकाल, नेकपा एमाले नगर अध्यक्ष दत्त प्रसाद आचार्य नगर सचिब मोहित साह र नगर उपसचिब तथा नगर महिला बिभाग प्रमुख उषा थापा भण्डारी लगायतले अनेमसंघ कसरी अगाडि बढ्ने, अनेमसंघ र पार्टीको सम्बन्ध लगायतका विषयमा प्रष्ट पारेका थिए ।
भेलाले रिना पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्षद्धय मैया तिवारी, टिकारानी पासी, सचिव रुकमिणी भारति, उपसचिव विष्ना बस्नेत, कोषाध्यक्ष शुष्मा चौधरी रहेका छन । यसैगरी सदस्यहरुमा प्रभा सुवेदी, निर्मला विसी हमाल, माया थापा राना,नारायणी अधिकारी, लौकि खड्का, उषा नेपाली, मिठुराना, गोमा अधिकारी, रिता पाण्डे,गिताबुढा,श्रृष्ठि श्रेष्ठ,कालिका सिंह,चन्द्रकला राना, सुलोचना अधिकारी, राधा रोकाय लगायत बाँकी पछि थप्ने गरी ४५जनाको नगर कमिटि गठन गरेको छ ।
