Monday, July 6सत्यम खबर
Shadow

आस्था

लोकप्रियको सहकार्यमा महिला पुरुष गरी २६ जनाले गरे रक्तदान

लोकप्रियको सहकार्यमा महिला पुरुष गरी २६ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ श्रावण – “रक्तदान जीवन दान, दान मध्येको महादान” भन्ने मुख्य उद्देश्यका साथ लोेकप्रिय सन्देश राष्ट्रिय दैनिक पत्रिकाद्वारा आयोजित त्रैमासिक रक्तदान आज बिहीवार महिला, पुरुष गरी २६ जनाले रक्तदान गरेका छन् ।प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राई, कसौंधन बैश्य समाज नेपालगन्जका अध्यक्ष नन्दलाल बैश्यले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक सुनिता कुमाईलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।लोेकप्रिय सन्देश राष्ट्रिय दैनिकका सम्पादक गोबिन्दप्रसाद शर्माद्वारा सञ्चालित सो रक्तदान कार्यक्रममा संयोजक पत्रकार दिनेश ठाकुर, संबिधान थापामगर, राजेन्द्रप्रसाद जोशी, लोकराज रेउले, हिमप्रकाश ओली, मनोज यादव, पत्रकार भगतराम थारु, मनिषक...
मतदाता बीच भोट माग्दै समावेशी प्यानल

मतदाता बीच भोट माग्दै समावेशी प्यानल

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ श्रावण – नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन यही भाद्र २ गते सम्पन्न हुन गईरहेको थोरै समय बाँकी रहँदा दुबै समूहका व्यापारी उम्मेदवारहरुले आ–आफ्नो प्यानलको लागि भोट माग्न आम उद्योगी व्यवसायीहरु माझ भेटघाटलाई तिब्रता दिएका छन् ।यसैक्रममा समावेशी प्यानलका अध्यक्ष पदका उम्मेदवार टंकबहादुर धामीले मतदाताहरुलाई आफ्नो प्यानलको लागि भोट माग्दै आफ्नो प्यानल विजयी भएको अवस्थामा व्यापारीहरुको प्रत्येक समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।समावेशी प्यानलका उम्मेदवारहरुले बिहीबार नेपालगन्जको घरवारी टोल हुँदै बागेश्वरी टोलका मतदाताहरुसँग भेट्ने क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन ।संघको आगामी नेतृत्वका लागि निर्वाचनमा होमिएको समावेशीबाट अध्यक्ष पदका उम्मेदवार टंकबहादुर धामी, उपाध्यक्ष (उद्योग) चिरञ्जीवी ओली, उपाध्यक्ष (वाणिज्य) हरिलाल न्यौपाने, उपाध्यक्ष (महिला) मन्दिरा...
साझा समूह घरवारीटाेलमा…

साझा समूह घरवारीटाेलमा…

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २५ श्रावण - नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई लैजाने मतदाताहरुले प्रतिबद्धता जनाएका छन् । प्रजातान्त्रिक समूहका उम्मेदवारहरुले बिहीबार नेपालगन्जकाे घरवारीटोलका मतदाताहरुसंग भेट्ने क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन । संघको आगामी नेतृत्वका लागि निर्वाचनमा होमिएको प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियार लगायतको समूहसंग घरवारीटोलका व्यवसायीहरुले संघको नेतृत्व नयाँ व्यक्तिले पाउनुपर्ने भन्दै आफुहरुको भोट परिवर्तनका लागि हुने जनाए । परिवर्तनका लागि नेतृत्व भन्दै आएको प्रजातान्त्रिक समूह नै धेरैको रोजाईमा देखिएका छन् । घरवारीटोलमा रहेका थोक तथा फुटकर व्यवसायीहरुले सधै एकै क्षेत्रको नेतृत्व नभएर फरक क्षेत्रको समेत नेतृत्व हुनुपर्ने र अब रौनियारको नेतृत्व हेर्न चाहेको धारणा राखेका थिए । थोक तथा फुट...
मतदाता माझ साझा प्रजातान्त्रिक समूह

मतदाता माझ साझा प्रजातान्त्रिक समूह

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २४ श्रावण - नेपालगन्ज उधाेग वाणिज्य संघको नेतृत्वका लागि उम्मेदवारी दिएको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले न्यूरोडका मतदाताहरुसंग भेटघाट गरेको छ । प्रजातान्त्रिक समूहले बुधबार बिहान नेपालगन्ज न्यूरोडका मतदाताहरु माझ पुग्दै आफुलाई नेतृत्व गर्ने अवसर दिन आग्रह गरेको छ । अध्यक्ष पदका उम्मेदवार ललितकुमार रौनियारको नेतृत्वमा पुगेको उम्मेदवारहरुले मतदाताहरुसंग भेट्दै आफ्ना कुराहरु राखेको थियो । भेटघाटमा मतदाताहरुले प्रजातान्त्रिक समूह माथि आशा राखेको दर्शाएका छन् । मतदाता सबैको सहभागिता, सबैको आवश्यकता र सबैलाई समान व्यवहार गर्न सक्ने नेतृत्व प्रजातान्त्रिक समूहका उम्मेदवार रहेको भन्दै आफुहरुको साथ सहयोग रहने जनाएका थिए । भेटघाटमा उम्मेदवारहरुले सबैको सहभागिता रहेको र सबै अट्न सक्ने आफुहरुको समूहलाई जिताउन समेत अनुरोध गरेका थिए । अध्यक्ष पदका उम्मेदवार रौनियारले म...
काेहलपुरमा मनाईयाे विश्व आदिवासी जनजाति दिवस

काेहलपुरमा मनाईयाे विश्व आदिवासी जनजाति दिवस

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कोहलपुर, २४ श्रावण - आज विश्व आदिवासी जनजाति दिवस नेपालमा पनि देशभर विभिन्न कार्यक्रम गरी मनाइएकाे छ । यही अवसरमा बाँकेको कोहलपुरमा २९ ओैं विश्व आदिवासी दिवसको अवसरमा विभिन्न ७ जातीय संघ संगठनले संयुक्त रुपमा र्‍याली निकालिएकाे थियाे । र्‍याली कोहलपुर पिपल चोैंतारा, गोलपार्क हुँदै कृषि बजारको कृषि हलमा परिणत भयो ।विश्वभरका आदिवासीहरूको `पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रबर्द्धन गर्दै पुख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौं´ भन्ने नारा सहित र्‍याली समापन भएको थियो ।नेपाल आदिवासी जनजाति महासंघ कोहलपुर नगर अध्यक्ष तथा नेपाल मगर संघ कोहलपुर नगर कृष्ण पुन मगरको सभा अध्यक्षमा प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद संजुकुमारी चोैंधरी र विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष तथा नेपाल मगर मगर संघ केन्द्रीय सदस्य डम्...
मोदीले गरे शुभारम्भ पाँच सय बढी रेलवे स्टेसनहरूको पुनः निर्माण गर्दै

मोदीले गरे शुभारम्भ पाँच सय बढी रेलवे स्टेसनहरूको पुनः निर्माण गर्दै

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २४ श्रावण – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशभरका ५०८ वटा रेलवे स्टेशनको पुनर्विकास गर्ने परियोजनाको शुभारम्भ गरेका छन् ।कुल २५० अर्ब भारतीय रुपैयाँ (तीन अर्ब अमेरिकी डलरभन्दा बढी) लागतमा विकसित हुने परियोजनाले जनतालाई राम्रो सुविधा उपलब्ध गराउने बताइएको छ । रेलवे स्टेशनहरूको पुनर्विकासमा प्लेटफर्महरूमा राम्रो बस्ने व्यवस्था, अपग्रेड गरिएको प्रतीक्षालय र निःशुल्क वाइफाइ जडान लगायतका सुविधाहरू समावेश हुनेछन्। प्रधानमन्त्री मोदीले आफ्नो सरकारले कुल १,३०० रेलवे स्टेशनहरूको पुनर्विकास गर्ने लक्ष्य राखेको र त्यसमा ५०८ रेलवे स्टेशनहरू विकास गर्न आइतबार शिलान्यास गरिएको बताए । ‘यो पुनर्विकास आयोजना रेलमार्गका साथै आम नागरिकका लागि देशमा पूर्वाधार विकासका लागि ठूलो अभियान हुनेछ,’ मोदीले भने।...
रजनीकान्तको फिल्म हेर्न दक्षिण भारतका कर्मचारीलाइ बिदा

रजनीकान्तको फिल्म हेर्न दक्षिण भारतका कर्मचारीलाइ बिदा

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २४ श्रावण – रजनीकान्तको फिल्म आउनु मात्रै पर्छ, फ्यानहरू अति नै उत्साहित हुनेछन् । थलाइवाको आगामी फिल्म ‘जेलर’ ले मानिसहरुलाई पागल बनाएको छ । यो फिल्म अगस्ट १० मा रिलिज हुन लागेको छ । यस्तो अवस्थामा चेन्नई र बैंगलोरका कार्यालयहरूले आफ्ना कर्मचारीहरूलाई एउटा गजबको उपहार दिएका छन् । समाचार अनुसार चेन्नई र बैंगलोरका धेरै कार्यालयहरूले १० अगस्तमा बिदा दिएका छन्। यति मात्र होइन, धेरै कार्यालयमा कर्मचारीलाई जेलर टिकट पनि निःशुल्क दिइएको छ । रजनीकान्त २ वर्षपछि पर्दामा धमाकेदार एन्ट्री गर्दैछन् । फिल्म जेलरमा उनी फुल एक्सन मोडमा देखिनेछन् । थलाइवाको यो एक्सन प्याक फिल्म हेर्न चेन्नई र बैंगलोरका धेरै अफिसमा कर्मचारीलाई बिदा दिइएको छ । युनो एक्वाका कर्मचारीलाई पनि निःशुल्क टिकट दिने सर्कुलरमा लेखिएको छ । ‘रजनीकान्त हाम्रा हजुरबुबा, हाम्रो बुबा, हाम्रो पुस्ता, हाम्रो छोरा र हाम्रो न...
मेरो भोट मदनराज शर्मालाई

मेरो भोट मदनराज शर्मालाई

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २४ श्रावण – समावेशी प्यानलबाट उपमहासचिव पदका उम्मेदवार मदनराज शर्मालाई आम उद्योगी व्यवसायीहरुले सहयोग गर्ने बचनबद्धता दिएका छन् ।व्यापारी अमनका अनुसार युवा जोश र जाँगर भएका कम्प्यूटर व्यवसायी शर्मा व्यापार संघमा पुगेपछि युवाहरुको लागि केही गर्ने आश रहेको हुँदा यसपटकको मेरो भोट मदनराज शर्मालाई दिने बताएका छन् ।यसैगरी घरवारी टोलमा रहेका मुद्रण व्यवसायीहरुले समेत यसपटक शर्मालाई अवसर दिईने बताउँदै अन्य आफ्ना साथीहरुलाई समेत शर्मालाई नै भोट दिनुहोला भनी अनुरोध गर्ने बताउँछन् ।समावेशी प्यानलले मंगलबार सार्वजनिक गरेको प्रतिबद्धता बारे आफ्नो भनाई राख्दै व्यापारी उमेश गुप्ताले भने– ‘सम्पूर्ण व्यापारीहरुको हकहितलाई ध्यानमा राखी प्रतिबद्धता सार्वजनिक गरिएको छ । आम उद्योगी व्यवसायीहरुलाई आउने समयमा हुने समस्याहरु समाधान हुन सक्ने भएको हुँदा यस पटक शर्मा लगायत उनको समावेशी प्यानललाई आम व्याप...
सीमानाकामा आवत–जावत सहज हुनुपर्ने मांग

सीमानाकामा आवत–जावत सहज हुनुपर्ने मांग

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ श्रावण – बाँके जिल्लाको नेपालगन्जको मुटु भनी चिनिएको त्रिभुवन चोकको घटनाले देशलाई झकझकाएको छ । सोही घटना बाटै सार्वजनिक सञ्जालमा सीमानाकामा आवत–जावत गर्न सहजीकरण हुनुपर्ने मांग विभिन्न व्यक्तिहरुले उठाएका छन् ।नेपालगन्जको त्रिभुवन चोक सदरलाईन स्थित एस कुमार बाच पसल सञ्चालन गर्दै आउनु भएको सन्तोषकुमार गुप्ता र हरि ओम मेडिकल सञ्चालन गर्दै आउनु भएका वैभव गुप्ता परिवार चढेको महेन्द्रा जिप शनिवार साँझ भारत श्रावस्ती जिल्लाको बौद्ध परिपथ क्षेत्रमा सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको भारतिय प्रहरीलाई उदृत गर्दै बाँके प्रहरीले जनाएको छ ।शनिबार साँझ ६ः३० बजे ग्ए द्धठध् ज्ञद्दज्ञठ नम्बरको महेन्द्रा मरोज जिप दुर्घटनामा त्रिभुवन चौकमा लामो समयदेखि ब्यापार ब्यवसाय गर्दै आउनु भएका २ व्यापारी घरानाका परिवारका सदस्य सडक दुर्घटनामा ६ जनाको मृत्यु भएपछी नेपालगन्जको त्रिभुवन चौकमा शनिवार राति दे...
चीनमा मुस्लिम धर्मावलम्बीलाई स्वतन्त्रता छैन: अकरम पठान

चीनमा मुस्लिम धर्मावलम्बीलाई स्वतन्त्रता छैन: अकरम पठान

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
कपिलवस्तु, २४ श्रावण - राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा शिक्षा र सामाज बिचमा एक दिने कार्यक्रमको आयोजना विजयनगर गाउँपालिका वडा नं. ७ को दत्तपुरमा रहेको अहले सुन्नत गौसियाको प्रांगडमा आयोजना गरिएको थियो।समाजसेवी अकरम पठानको अध्यक्षता, प्रमुख अतिथिमा हाजी अब्दुल कलाम, राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालका उपाध्यक्ष अतिकुर रहमान नेपाली, महासचिव मौलाना मुजिकुर रहमान मिश्वाही, विशिष्ट अतिथिमा मौलाना सद्दाम हुसेन, मौलाना मुहिनुद्दिन हश्मती शाहब, मौलाना अखलाख अन्सारी, मौलाना अकरम अलि,मौलाना अब्दुल कलाम, मौलाना इब्राहिम लगायत रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कलामले मदरसाको व्यवस्थापन गर्न मुस्लिम समुदाय लगायत सम्पूर्ण सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने बताए। कार्यक्रममा बोल्दै मौलाना सद्दाम हुसेनले मुस्लिम समुदायको मदरसामा पढाउने बिषयको पाठ्यक्रम तयार गरि मदरसाहरूम...