
नेपालगन्ज, २५ श्रावण – “रक्तदान जीवन दान, दान मध्येको महादान” भन्ने मुख्य उद्देश्यका साथ लोेकप्रिय सन्देश राष्ट्रिय दैनिक पत्रिकाद्वारा आयोजित त्रैमासिक रक्तदान आज बिहीवार महिला, पुरुष गरी २६ जनाले रक्तदान गरेका छन् ।
प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राई, कसौंधन बैश्य समाज नेपालगन्जका अध्यक्ष नन्दलाल बैश्यले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक सुनिता कुमाईलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
लोेकप्रिय सन्देश राष्ट्रिय दैनिकका सम्पादक गोबिन्दप्रसाद शर्माद्वारा सञ्चालित सो रक्तदान कार्यक्रममा संयोजक पत्रकार दिनेश ठाकुर, संबिधान थापामगर, राजेन्द्रप्रसाद जोशी, लोकराज रेउले, हिमप्रकाश ओली, मनोज यादव, पत्रकार भगतराम थारु, मनिषकुमार वर्मा, आशा परियार, सुभाष रावत, दिनेश रोकाया, निराजनकुमार थारु, टंक साउद, मोनिका खासु, बिनिता सापकोटा, चेतना थापा, सरस्वतीकुमारी वर्मा, अनामिका चौधरी, प्रमोदकुमार यादव, परशुराम यादव, मोबिन नाउँ, प्रवीण पोरवाल, मञ्जु रिजाल, प्रेम परियार, रामनिहोरे बढही, वसीउल्ला बेहनालगायत २६ जनाले रक्तदान गरेका छन् ।
सो रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.६ वडा कार्यालय नेपालगन्ज, नेपालगन्ज ग्रीन सिटी, सद्भाव एण्ड कम्पनी नेपालगन्ज, नेपालगन्ज टेक्निकल कलेज, नेपालगन्ज टेक्निकल स्कूल, नवकिरण पुनः स्थापना केन्द्र नेपालगन्ज, जुनकी महिला समूह नेपालगन्ज, समाजसेवी तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार माधवराम बर्मा, भुवन गैरे, मिङमार होटेल, मधेश मानव अधिकार गृह (माहुरी) बाँके, जनता समाज पार्टी नेपालगन्ज बाँके, समाजसेवी अब्दुल करीम खान, उज्जवल स्टेशनरी, समाजसेवी मोहम्मद जुबेर राई लगायतको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राई, लोक प्रिय सन्देश राष्ट्रिय सन्देशका सम्पादक गोबिन्दप्रसाद शर्मा, भेरी अस्पताल बिकास समितिका अध्यक्ष बीरेन्द्र शाह, जुनकिरी बाँकेका संयोजक रबिन्द्र सिंह रठौर, नवकिरण पुनः स्थापना केन्द्र नेपालगन्जका प्रमुख उत्तम खरेल, नेपालगन्ज टेक्निकल कलेज किशोर पाण्डे, कसौंधन बैश्य समाज नेपालगन्जका अध्यक्ष नन्दलाल बैश्य, जानकी गाउँपालिका वार्ड नं.–१ का वडाध्यक्ष मोहम्मद रजा राई, सत्यमखबर डटकमका चन्दे्रश्वरराज त्रिपाठी, लिमरा खबर डटकमका समाचार संयोजक मन्सूर अली दर्जी, सम्वाददाता मनिष वर्मा, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मनमोहन बर्मा, सल्लाहकार पवन जायसवाललगायतको सहभागिता रहेको थियो भने रक्तदाताहरुलाई टिसर्ट र प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रादेशिक रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोमप्रकाश सापकोटा, होमराज गिरी, सुनिता कुमाई, सुनिल थापा, महेश चौधरी, पुनम राना, अस्मिता बिक, दिपा पुुन, केशर सिंह डाँगी, सञ्जय बढहीलगायतले प्राविधिकमा सहयोग गरेका थिए ।
