
नेपालगन्ज, २४ श्रावण – बाँके जिल्लाको नेपालगन्जको मुटु भनी चिनिएको त्रिभुवन चोकको घटनाले देशलाई झकझकाएको छ । सोही घटना बाटै सार्वजनिक सञ्जालमा सीमानाकामा आवत–जावत गर्न सहजीकरण हुनुपर्ने मांग विभिन्न व्यक्तिहरुले उठाएका छन् ।
नेपालगन्जको त्रिभुवन चोक सदरलाईन स्थित एस कुमार बाच पसल सञ्चालन गर्दै आउनु भएको सन्तोषकुमार गुप्ता र हरि ओम मेडिकल सञ्चालन गर्दै आउनु भएका वैभव गुप्ता परिवार चढेको महेन्द्रा जिप शनिवार साँझ भारत श्रावस्ती जिल्लाको बौद्ध परिपथ क्षेत्रमा सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको भारतिय प्रहरीलाई उदृत गर्दै बाँके प्रहरीले जनाएको छ ।
शनिबार साँझ ६ः३० बजे ग्ए द्धठध् ज्ञद्दज्ञठ नम्बरको महेन्द्रा मरोज जिप दुर्घटनामा त्रिभुवन चौकमा लामो समयदेखि ब्यापार ब्यवसाय गर्दै आउनु भएका २ व्यापारी घरानाका परिवारका सदस्य सडक दुर्घटनामा ६ जनाको मृत्यु भएपछी नेपालगन्जको त्रिभुवन चौकमा शनिवार राति देखिनै आफ्न्त तथा शुभचिन्तकहरुको भिड लागेको छ ।
उक्त दुर्घटनामा एस कुमार वाचका सञ्चालक सन्तोषकुमार गुप्ताका छोरा वर्ष ३६ का निलांश गुप्ता र २० बर्षिय छोरी नीति गुप्ताको मृत्यु भएको छ ।
त्यसैगरी हरि ओम मेडिकलका ३६ बर्षिय वैभव गुप्ता निजको श्रीमती ३५ बर्षिय दीपीका गुप्ता, १.५ वर्ष र ३ वर्षका २ जना बच्चीहरुको मृत्यु भएको भारतिय प्रहरीले नेपाल प्रहरीलाई जानकारी दिएको नेपाल –भारत सिमा क्षेत्र नजिक रहेको इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका इन्चार्ज दामु पुन मगरले जानकारी गराउनु भएको छ ।
सो घटनामा गाडी चालक नानपारा बंसहरी थाना क्षेत्रका ओम प्रकाश मिश्राका २५ बर्षिय छोरा अजय मिश्रा गम्भिर घाईते भएको भारतिय प्रहरीले जनाएको छ ।
उक्त घटनाबाट सो दिन नेपालगन्ज बासीहरुले कालो दिन भनेर सार्वजनिक सञ्जाल मार्फत आ–आफ्नो भाव व्यक्त गरेका थिए भने त्यस घटना लगत्तै विभिन्न तर्कहरुमा छलफल थालिएको छ ।
उक्त घटना हुन गएकोमा सीमानाका १० बजे भित्र बन्द हुने गरेको हुँदा समयमा सीमानाका पुग्नुपर्छ तथा समयमा पुग्न कै लागी नेपाली नागरिकहरुले साधन सवारी तिब्र गतिमा चलाउने भएको हुँदा समेत दुर्घटनाहरु हुने गरेको तर्क हाल सार्वजनिक सञ्जालमा देखिएको छ ।
आफ्नो सार्वजनिक सञ्जालको प्रयोग गर्दै कानुन व्यवसायी अधिवक्ता रामकुमार दीक्षितले ‘सुरक्षाको नाममा भारतीय सुरक्षाकर्मीले राती १ ० बजेपछि नागरिकहरुले आवत–जावत र्न गर्न नपाउने गरी रुपैडिहा– नेपालगन्ज नाका बन्द गर्न कदापि पाउँदैनन्, भारतले राती आफ्ना सुरक्षाकर्मी परिचालन गरोस चेकजाँच गरोस तर नाका नै बन्द गर्नु खुला सीमानाको अवधारणाको खुल्लम खुल्ला अपमान हो । स्थानीय सुरक्षाकर्मीले आफ्नो सहजताको लागि राती बन्द गर्ने गरेका छन् वा संघीय नीति हो ? राती सीमाना नै बन्द गरेर सुरक्षाकर्मीलाई ब्यारेकमा सुताउनु संघीय नीति हुन सक्दैन । त्यसैले जहाँबाट भएपनि राती पनि आवश्यकतानुसार आवत–जावत को सहजताको लागि सबै जागरुक वर्गले पहल गर्न जरुरी छ ।’ भनी लेख्नु भएको छ ।
यसैगरी कशौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले बाँके जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर भेटेर सीमानाका सहज गराउनु पर्ने भनी सकारात्मक छलफल भयो भनी आफ्नो सार्वजनिक सञ्जालमा उल्लेख गरेका छन् ।
समाजका अध्यक्ष वैश्यले आफ्नो सार्वजनिक सञ्जाल प्रयोग गर्दै ‘आज हाम्रो बाँके जिल्लाको एसबी सन्तोष सिंह राठौर ज्यूसित राती नेपाल बार्डर जमुनाहामा आवत–जावत गर्न जनमानसमा सहजीकरण सम्बन्धी व्यापक छलफल गरियो, एसबी साब पनि पोजेटिभ हुनुहुन्छ, अब केही राम्रो परिणाम आउँछ कि’ भनी लेख्नु भएको छ ।
यसैगरी उक्त विषयलाई लिएर केन्द्रदेखि स्थानीय निकायका जनप्रतिनिधि, सुरक्षा प्रमुख, सम्बन्धित पक्षहरुले छिटो भन्दा छिटो पहलकदमी गर्नुपर्ने आवज समेत सार्वजनिक सञ्जालमा गुञ्जिएको छ ।
आउने दिनमा नेपालगन्ज वा नेपालका कुनै क्षेत्रमा शोकको घटना पुनः दोहोरिन नपरोस भनी यस तर्फ सम्बन्धी सबैको ध्यान केन्द्रित भएर छिटोभन्दा छिटो निकास होस भन्ने चाहना आम सर्वसाधारण नेपाली नागरिकहरुको रहेको सार्वजनिक सञ्जालबाट सहजै बुझ्न सकिन्छ ।
