शाहद्वारा जन्मदिनमा साईकल हस्तान्तरण
नेपालगन्ज, २३ श्रावण – बास नेपालका कार्यकारी निर्देशक तथा नाईस नेपालगन्जमा संस्थापक अध्यक्ष नमस्कार शाहले जन्मदिनको अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का १६ बर्षिय महेन्द्र ढुंगानालाई साईकल सहयोग गरेका छन् ।बुवा जन्मजात दृष्टी बिहिन र आमा मानशिक अपांगता भएका कारण सानै उमेरमा सम्पूर्ण परिवारको जिम्मेवारी सम्हाल्दै आउनु भएका ढुंगानाको दैनिक आवत जावतमा सहजता होस भन्ने उद्धेश्यले उनलाई उक्त सहयोग प्रदान गरेका हुन् ।सहयोग प्राप्त गर्ने ढुंगाना जय जनता माबि थपुवामा कक्षा १० मा अध्ययनरत छन् । सहयोग पश्चात ढुंगानाले साईकल नहँुदा घरदेखि नेपालगन्जसम्म पैदल आवत जावत गर्ने गरेको भन्दै साईकलले दैनिक कार्यमा ठुलो सहयोग पुग्ने बताए । उनले सहयोग गर्ने शाहलाई धन्यबाद ज्ञापन गरेका छन् ।...









