Thursday, May 7सत्यम खबर
Shadow

सामाजिक कार्यमा अग्रसर विधार्थी नेता शेखर

नेपालगन्ज, १३ भाद्र – धर्म गर्न हजारौ मिल जानू पर्दैन, आफ्नै वरपर रहेको दिन दुःखीहरुको सेवाभाव भोकोलाई भोजन र प्यास लागेकोलाई पानी दिन सके त्यों नै ठुलो धर्म हो ।

यसैका एक उदाहरणीय ब्यक्तित्व हुन शेखर जंग शाही । दिन दुःखीहरुको सेवा गरेर नथाक्ने शाही कहिले नेपालगन्ज स्थित रहेको निल आश्रम सेवा संस्थामा रहेका बृद्धबृद्धाहरुलाई भोजन गराउन पुग्छन त कहिले, कहिले आर्थिक अभावका कारण उपचार गराउन असर्मथहरुलाई सक्दो आर्थिक सहयोग गरि उपचार गराउँछन् ।

रगतको अभाबमा तड़पीएका बिरामीहरुलाई रगतको अभाव नहोश भनि रक्तदान कार्यक्रम गरि रेडक्रासमा रक्त जम्मा गराउनु जस्ता बिभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् ।

शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाहरुलाई बञ्चित हुन नपरोस भनि अभिभावक बिहीन बालबालिकाहरुलाई शैक्षिक सामग्री समेत बेलाबेलामा उपलब्ध गराउँदै आएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठनको अध्यक्ष समेत रहेका शाही सामाजिक कार्यका साथै धार्मिक कार्यमा समेत उत्तिकै सहभागिता जनाउँछन् । नेपालगन्जमा हुने हरेक धार्मिक कार्यक्रम पूजाआज भागवत भण्डारा र धार्मिक यात्राहरुमा उपस्थित हुने आफुले सक्दो सहयोग दान दक्षिणा समेत गर्दै आएका छन् ।

यसैगरि आज जानै पुर्णिमा को पूर्व संध्यामा नेपालगन्ज स्थिति रहेको समाज बिकास तथा प्रावर्धन केन्द्रमा रहेका अनाथ बाल बालिकाहरुलाई २२,०००/-(बाईस हजार) बराबरको राशन चामल, दाल, तेल, चीनी, घिउ, भुजा, चाउचाउ, बिस्कुट आदी वितरण गरेका छन् ।

२०५७ सालमा जन्मिएका शाह यति सानै उमेरदेखी नै सामाजिक कार्यमा अग्रसर हुनु समाजको लागी प्रेरणाको श्रोत समेत बनेका छन् । नेपालगन्ज वडा नं. ४ मा घर भएका शेखर जंग शाही आगामी दिनहरुमा माता बागेश्वरीको आशिर्वाद रहे सम्म यस्तो सामाजिक एवं धार्मिक कार्यहरू निरन्तर गर्दै जाने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *