Tuesday, April 21सत्यम खबर
Shadow

दुई महिला सहित ३२ जनाले रक्तदान गरे

नेपालगन्ज, १६ भाद्र – जनमत अद्र्ध साप्ताहिकको आयोजनामा गरिएको त्रैमासिक रक्तदान कार्यक्रममा दुई महिला सहित ३२ जनाले रक्तदान गरेका छन् ।
आज शनिवार भएको रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, विद्यार्थी, समाजसेवी, स्वास्थ्यकर्मी लगायत नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको हो ।
नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा जनमत अद्र्ध साप्ताहिक पत्रिकाका सम्पादक पूर्णलाल चुके र अवधी पत्रकार संघ बाँकेका अध्यक्ष प्रहलाद विश्वकर्माले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक होमराज गिरीलाई रक्त संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुरु गरिएको थियो ।


जनमतको रजत वर्षको अवसरमा २०६३ वैशाख २९ गतेदेखि “रक्तदान जीवनदानु को उद्देश्यका साथ शुरु गरी नियमित रुपमा सञ्चालित “त्रैमासिक रक्तदान कार्यक्रम”को ५७ औं श्रृङ्खलामा रक्तदान गर्नेहरुमा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके उपाध्यक्षका मनबहादुर केसी (निशान), अन्नपूर्ण पोष्ट दैनिकका प्रदेश प्रमुख तथा मेरो खुशी डटकमका सम्पादक शंकरप्रसाद खनाल, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार सेवी माधवराम वर्मा, नियमित रक्तदाताहरु सेन्टथोमस हाईस्कुलकी निमित्त प्रिन्सिपल स्वेता बज्राचार्य, सत्यमखबर डटकमका चन्द्रेश्वरराज त्रिपाठी, योग प्रशिक्षक कञ्चन बिसी, नीरजमान श्रेष्ठ, लक्ष्मणकुमार वैश्य, पवनकुमार वैश्य, गौतमप्रसाद पौडेलले रक्तदान गर्नु भएको छ ।


रक्तदान कार्यक्रमका संयोजक पत्रकार पवन जायसवालका अनुसार दिनेशकुमार तमोली, पप्पुकुमार तमोली, घनश्याम कौशल, प्रशान्त तिवारी, धर्मेन्द्र सिंह, जियालाल धोबी, सञ्जय बढई, धर्मेन्द्र सिंह, जानकी गाउँपालिका वार्ड नं.–५ का पूर्व वडाध्यक्ष रमेशकुमार वर्मा, जवाहरलाल वर्मा, राजेशकुमार वर्मा, शिक्षक देवेन्द्रकुमार यादव, अशोक मौर्य, राधेश्याम अहिर, तिरथराम कुम्हार, कुलराज कुर्मीले रक्तदान गरेका छन् ।
त्यसैगरि बसन्तकुमार श्रेष्ठ, अफजल खान, ललितराम चौधरी, विवेक थारु, गोविन्द सोनी, डम्बर थापा लगायत ३२ जनाले रक्तदान गर्नु भएको छ ।


सो कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा सुनिल थापामगर, सोमप्रसाद सापकोटा, होमराज गिरी, सञ्जय बढही, सुनिता कुमाई, प्रशान्त तिवारी, ज्ञानुराज बिसी, हिक्मत नेपाली, केशर सिंह डाँगीले प्राविधिक सहयोग र आकाश जायसवाल र नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मनमोहन वर्माले रक्तदान कार्यक्रममा सक्रिय सहयोग गर्नु भएको थियो ।
वि.सं.२०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा ५७ औं श्रृङ्खलासम्म करीब तीन हजार पिन्ट भन्दा स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।


स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुन जान्छ र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ ।
त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *