भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सम्पन्न
कपिलबस्तु, १४ मंसिर – कपिलबस्तुको बुद्धभुमि नगरपालिकामा भारतको तीन करोड ३२ लाख रुपैयाँ आर्थिक सहयोगमा विद्यालय भवन निर्माण गरिएको छ । गौतम बुद्ध माध्यमिक विद्यालयको लागि आवश्यक भवन र प्रयोगशाला निर्माण गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।उक्त भवनमा सोमबार एक कार्यक्रमबीच भारतीय दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गतको भारत सरकारको अनुदान सहयोगमा दुईतले विद्यालय भवन, तीनतले प्रयोगशाला भवनको निर्माण र फर्निचर एवं प्रयोगशाला उपकरण खरिद गरिएको दूतावासले जनाएको छ । “भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोज...









