Friday, July 10सत्यम खबर
Shadow

आस्था

भारतलाई दाहालको जवाफ- आफ्नाे देशलाई हिन्दु राष्ट्र बनाए भैगो नि !

भारतलाई दाहालको जवाफ- आफ्नाे देशलाई हिन्दु राष्ट्र बनाए भैगो नि !

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ मंसिर – प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधान सन्तुलित भएकाले धर्म निरपेक्षताबाट पछाडि फर्कन नसकिने स्पष्ट पारेका छन् । उनले देशभित्र मात्र होइन, देश बाहिरबाट पनि संविधानमा रहेको धर्म निरपेक्षता हटाउने आवाज उठ्ने गरेको खुलाए । प्रधानमन्त्री दाहालले सोमबार साँझ सिंहदरबारमा सम्पादकहरुसँग कुराकानी गर्दै भने, ‘देशभित्र र बाहिरका शक्तिहरुलाई हामीले भन्ने गरेको के छ भने नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक देश हो भन्ने कुरा स्वीकार्नुपर्‍यो ।’ प्रधानमन्त्री दाहालले भारतको नाम नलिई त्यहाँका बीजेपी नेताहरुतर्फ संकेत गर्दै भने, ‘विदेशका कतिले हामीलाई भन्दा जवाफ दिने गरेका छौं, तपाईकैमा ८० प्रतिशत हिन्दुहरु छन्, गरे भैगो नि त हिन्दुराष्ट्र, अर्कालाई किन भन्नुपर्यो ? हामी त सानो देशमा छौं ।’ प्रधानमन्त्री दाहालले नेपालमाथि हिन्दुराष्ट्रका लागि दबाव दिने भारतीय...
दशगजाका ७१ सीमा स्तम्भको मर्मत सुरु

दशगजाका ७१ सीमा स्तम्भको मर्मत सुरु

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २१ मंसिर – बाँकेको जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको मर्मतसम्भार र पुनःस्थापना सुरु गरिएको छ । बुधबार नेपालगञ्ज उपमहानगरपालिका–१६ जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रका ६५१, ११ (३१) नम्बरको सीमास्तम्भमा रङरोगन गरिएको छ । नापी विभागका अधिकृत पवनकुमार खत्रीले सीमास्तम्भमा गरिने रङरोगनका बारेमा प्राविधिक सहयोगसम्बन्धी जानकारी बाँकेका सशस्त्र प्रहरीलाई गराइएको बताए । विभागबाट प्रतिनिधिका रुपमा आएका अधिकृत खत्रीले सीमा क्षेत्रमा ढलेका र हराएका स्तम्भको काम हाल नहुने बताउँदै उक्त कार्य गर्नका लागि दुवै देशका संयुक्त सीमा प्राविधिक टोलीद्वारा सीमास्तम्भको स्थितिको पहिचान गरिसकेपछि मात्र गरिने जानकारी दिए । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले राज्यले सुम्पिएको सीमा मर्मत र पुनःस्थापनामा सशस्त्र प्रहरीबल सीमा नं. ३० गणका सशस्त्र प्रहरीले आफ्नो जिम्मेव...
गौरव स्मृतिद्वारा ३४८ जनाको निःशुल्क आँखा जाँच, १५ जनालाई मोतियाबिन्दु अप्रेशनको लागि रिफर

गौरव स्मृतिद्वारा ३४८ जनाको निःशुल्क आँखा जाँच, १५ जनालाई मोतियाबिन्दु अप्रेशनको लागि रिफर

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ मंसिर – प्रत्येक वर्ष झैं यस वर्ष पनि गौरव स्मृति तथा वी योर सेल्फ फाउण्डेशनले श्री १००८ हडिया बाबा आश्रममा आयोजित परम्परागत धार्मिक मेलामा सहभागी साधु सन्धहरुको निःशुल्क आँखा, कान चेकजाँच गराई सराहनीय कार्य गरेको छ ।यस वर्ष पनि हडिया बाबा आश्रममा आयोजित परम्परागत धार्मिक मेलाको चौथौं दिन गौरव स्मृति तथा वी योर सेल्फ फाउण्डेशनले निःशुल्क आँखा, कान चेकजाँचको आयोजना गरी आँखा जाँच तर्फ ३ सय ४८ जना तथा कान तर्फ २ सय ५ जनालाई सेवा उपलब्ध गराएको छ । त्यसैगरी हडिया बाबा आश्रममा निःशुल्क आँखा कान शिविरमा सहभागी साधु सन्तहरुमा देखिएको थप समस्या मोतिया बिन्दुको लागि फत्तेबाल आँखा अस्पतालमा रिफर गरिएको थियो । रिफर हुनेहरुमा मोतिया बिन्दुको अप्रेशन तर्फ १५ जनालाई फत्तेबाल आँखा अस्पतालमा तथा कान आप्रेशनको लागि ब्रिनोज स्वास्थ्य स्याहार केन्द्रमा ७ जनालाई रिफर गरिएको गौरव स्मृतिका स...
चीनको सहयोग लिन अहिलेको सरकार डराउँछ: ओली

चीनको सहयोग लिन अहिलेको सरकार डराउँछ: ओली

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १८ मंसिर – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन्। दैलेखमा सोमबार आठ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष ओलीले चीन सरकारले कुनै पनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको बताए। ‘अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन, किनभने डराउँछ। चीनसँग डराएको होइन, अरु को-कोसँग कहाँ-कहाँ डराउँछ,’ ओलीले भने। दलले कुरा गरेर मात्र नहुने र विकासका लागि राजनीति गर्नुपर्ने उनले बताए। नेताहरू राजनीतिका मात्रै नभई विकासका नेता हुनुपर्ने उनको भनाइ छ।विकासको लागि काम थाल्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। ‘अबका पार्टीहरुले राजनीति मात्रै गरेर हुँदैन। विकासका नेता हुनुपर्दछ। उनीहरले विकासको बारेमा जानकारी राख्नुपर्छ। कसर विकास हुनसक्दछ, ...
नेपालमा टिकटक बन्द गरेकोप्रति चीन असन्तुष्ट

नेपालमा टिकटक बन्द गरेकोप्रति चीन असन्तुष्ट

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, १८ मंसिर – सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको हो। टिकटक चिनियाँ कम्पनी बाइट डान्सले बनाएको एप हो। छोटो(छोटो भिडियोमार्फत् शिक्षा र मनोरञ्जन प्रदान गरेर समाजमा सकरात्मक सन्देश दिन सकिने भए पनि नेपालमा टिकटक अश्लिल हुँदै गइरहेको थियो। सरकारले पिन टिकटकबाट भइरहेको विकृति रोक्न उक्त एप बन्द गरेको बताउँदै आएको छ। टिकटक बन्द भएपछि औपचारिक र अनौपचारिकरूपमा चिनियाँ अधिकारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत सरकारका उच्च अधिकारीसँग सो निर्णयप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन्। नेपालका लागि चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री दाहाललाई भेटेरै टिकटक बन्द गर्ने निर्णयबाट आफू दुःखी भएको बताएका थिए। भूराजनीतिक प्रभावले हो वा सामाजिक...
नेपालीलाई भर्ती नलिन रुस र युक्रेनलाई सरकारको पत्र

नेपालीलाई भर्ती नलिन रुस र युक्रेनलाई सरकारको पत्र

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १८ मंसिर – नेपाली नागरिकहरु युक्रेन विरुद्ध लडिरहेको रुसको सेनामा भर्ती भएको र छ जना नेपालीहरु मारिएको खबर आएपछि नेपाल सरकारले दुबै देशलाई पत्राचार गर्ने निर्णय गरेको छ । नेपाल सरकारले रुस र युक्रेन दुबै देशलाई पत्र पठाएर नेपाली नागरिकलाई सेनामा भर्ती नलिन औपचारिक आग्रह गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल यसै साता कोप सम्लेलनमा भाग लिन युएई हिँड्ने बेलामा रुसस्थित नेपाली दूताबासले ६ जना नेपालीको मृत्यस भएको सूचना परराष्ट्र मन्त्रालयमार्फत सरकारलाई दिएको थियो । लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानसेनापति, प्रहरीका प्रमुख, मन्त्रालयका सचिवसमेतको बैठक बोलाएर छलफल गरेका थिए । सो छलफलमा रुसी सेनामा कति नेपाली गएका छन्, पढ्न जाने अनुमति लिनेहरु त्यसरी सेनामा भर्ना भएका हुन् कि वा कुन स्रोतबाट गएका हुन् भन्नेबारे रुसी राजदूतसँग छलफल गर्ने निर्णय गरेको थियो ।...
पाकिस्तान, इरान, टर्कीका निर्वासितद्वारा शरणार्थी निष्कासन रोक्न आह्वान

पाकिस्तान, इरान, टर्कीका निर्वासितद्वारा शरणार्थी निष्कासन रोक्न आह्वान

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १८ मंसिर – पाकिस्तान, इरान र टर्कीबाट निर्वासित अफगानहरूले शरणार्थीहरूलाई निष्कासन नगर्न आह्वान गरेका छन्। उनीहरूले अफगान शरणार्थीहरूप्रति आयोजक देशका प्रहरीले गरेको दुर्व्यवहारप्रति पनि चिन्ता व्यक्त गरे। तीन सन्तानकी आमा नाजियाले आफूलाई हालै इरानबाट निकालिएको बताइन्। नाजियाले उनका श्रीमानलाई पनि इरानी प्रहरीले पक्राउ गरेको बताएकी छन्। 'उनीहरूले इरानमा हामीबाट ६० लाख [इरानी मुद्रा] लगे। उनीहरूले हामीलाई बलुचिस्तान प्रान्तको नजिक ल्याए र हामी निजी यातायातबाट यहाँसम्म आइपुग्यौं,' उनले भनिन्। यसैबीच, पाकिस्तान र टर्कीबाट निष्कासन गरिएका अफगानीहरूले पनि प्रहरीले दुर्व्यवहार गरेको गुनासो गरेका छन्। पाकिस्तानबाट निर्वासित अफगान शरणार्थी जावादले भने, 'म उनीहरूलाई शरणार्थीहरूलाई विचलित नगर्न र जाडोमा महिला र बालबालिकालाई निर्वासन नगर्न आग्रह गर्दछु।' 'टर्की पुलिसल...
अनेमसंघद्धारा लैंगिक हिंसा विरुद्ध प्रशिक्षण

अनेमसंघद्धारा लैंगिक हिंसा विरुद्ध प्रशिक्षण

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ मंसिर - अखिल नेपाल महिला संघ नेपालगन्ज उपमहानगरपालिका नगर कमिटिको आयोजनामा वडा नं.१२ मा १६ दिने लैगिक हिंसा विरुद्धको अभियान अन्तर्गत लैेंगिक हिंसा सम्बन्धि प्रशिक्षण सम्पन्न भयाे ।वडाको बैठक तथा प्रशिक्षण कार्यक्रममा अनेमसंघ वडा अध्यक्ष शुशीला शर्माको अध्यक्षता र अनेमसंघ केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेलको प्रमुख आथित्यतामा सम्पन्न भयो ।१६ दिने लैगिक हिंसा विरुद्धको अभियानमा प्रशिक्षण दिँदै अनेमसंघ केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेलले अनेमसंघको काम कर्तव्य र अधिकार, सांगठनीक नीति विधि र पद्धतिका बारेमा प्रशिक्षण दिदै लैंगिक हिंसा हुनुका कारण, प्रकार र समाधानका उपायको बारेमा प्रशिक्षण दिनु भयो । यसैगरी वडा नं. १२का वडा अध्यक्ष जनकराम भण्डारीले लैंगिक हिंसा महिलाले मात्र नभइ पुरुषले पनि खेप्ने गरेका कारण जनचेतना जगाउन आश्यक रहेको बताउनु भयो । यसैगरी नग...
नरैनपुरमा पारिवारिक मूल्यमान्यता सम्बन्धि एक दिवसीय गोष्ठी सम्पन्न

नरैनपुरमा पारिवारिक मूल्यमान्यता सम्बन्धि एक दिवसीय गोष्ठी सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, १४ मंसिर - बाँकेको नरैनपुर गाउँपालिकामा एक दिने पारिवारिक मूल्यमान्यता सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । फेमिलि पीस एसोसिएशन नेपाल र नरैनपुर गाउँपालिकाको संयुक्त आयोजनामा सम्मन्न ठोष्ठीमा ३६ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा ककार्यपालिकाका सदस्यहरु, विद्यालयका शिक्षक, बुद्वजिवी र समाजसेवीहरुको सहभागिता रहेको थियो । कार्यक्रमा फेमिलि पीस एसोसिएशन नेपालका महासचिव निरन्जन थापा र कार्यक्रम संयोजक भुपेन्द्रबहादुर भण्डारीले आ–आफ्नो प्रस्तुति राख्नुभएको थियो । महासचिव थापाले नयाँ नेतृत्वको ढाँचा र कार्यक्रम संयोजन भण्डारीले पारिवारिक मूल्यमान्यताका विषयमा प्रस्तुति दिनुभएको हो । विद्यमान परिवेशमा द्वन्द्वरहित सामज निर्माणमा परिवारिक महत्व कस्तो हुन्छ भन्ने विषयमा रहेर फेमिलि पीस एसोसिएशन नेपालका कार्यक्रम संयोजक भुपेन्द्रबहादुर भण्डारीले आफ्नो प्रस्तुति राख्नु भएको थियो । संय...
विश्व एड्स दिवसमा दिप प्रज्वलन

विश्व एड्स दिवसमा दिप प्रज्वलन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ मंसिर - बिश्व एड्स दिवसको पूर्वसन्ध्या तथा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा नेपालगन्जमा दिप प्रज्वलन गरिएको छ । २५ नोभेम्बरदेखि शुरु भएको १६ दिने अभियान तथा शुक्रबार मनाइने बिश्व एड्स दिवसको अवसरमा माइती नेपालको आयोजनामा बिहीबार साँझ नेपालगन्जको बीपी चोकमा दिप प्रज्वलन गरिएको हो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख महिला बिकास अधिकृत मञ्जु पाण्डेय, महिला बालबालिका तथा जेष्ठ नागरिक सेलकी प्रमुख प्रहरी निरीक्षक महेश्वरी बिष्ट, नेपालगन्जकी निवर्तमान उपमेयर उमा थापा, साथी संस्थाकी केन्द्रीय सदस्य सरस्वती शर्मा, ए एच एफ नेपालका कार्यक्रम संयोजक सञ्जय पौडेल, शक्ति समूहकी कार्यक्रम संयोजक निर्मला पौडेल, साना हात नेपालकी कार्यक्रम संयोजक अम्बिका थापा, महिला अधिकारकर्मी साहिला शाह वाहिदी, आइ एन एफ संस्थाका प्रतिनिधिलगा...