Friday, July 10सत्यम खबर
Shadow

आस्था

मंगल प्रसाद यु–१६ क्रिकेटको फाइनलमा

मंगल प्रसाद यु–१६ क्रिकेटको फाइनलमा

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ पौष – मंगल प्रसाद उच्च मावि प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।सोमबार भएको खेलमा मंगल प्रसादले आदर्श स्कुललाई ३८ रनले पराजित गदै फाइनलमा प्रवेश गरेको हो । मंगलबार प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपालगन्ज सेन्ट जेभियर्स र नेपालगन्ज मोडेल एकेडेमीले प्रतिस्पर्धा गर्ने छन् ।नेपालगन्ज स्थित मंगल प्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय २८ रन बनाएको थियो ।मंगल प्रसादका लागि मोहम्मद अबु साहेमा खानले २८ रन, साहिल शेख र सागर केवटले १८–१८ रन बनाए । आदर्शका जीवन बटाला र समिर थापाले २–२ विकेट लिएका थिए ।१ सय २९ रनको लक्ष्य सहित मैदानमा आएको आदर्श ९० रन मात्र बनाउँदै अलआउट भएको थियो । आदर्शका टोपेन्द्र रोकायले १८ रन र बिशाल खत्रीले १७ रन बनाएका थिए । मंगल प्रसादका अज...
‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाईयो

‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाईयो

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १७ पौष – नेपाली राजनीतिमा राष्ट्रिय एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेकोमा जोड दिइएको छ । नेपाली कांग्रेस बाँकेले सोमबार ४८ औं ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’को अवसरमा नेपालगन्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले लोकतान्त्रिक गणतन्त्रलाई अझ समुन्नत र सुदृढ बनाउँदै मुलुकमा आर्थिक विकास र समृद्धि हासिल गर्न अन्तर पार्टी एकता र मेलमिलापमा जोड दिइएको हो ।नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्व एवम् कांग्रेस नेता एवम् पूर्व पार्टी सभापति सनतकुमार रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बक्ताहरुले त्यो बेलाको मिसन र अहिलेको सन्दर्भ फरक रहे पनि आपसी एकता, विश्वास र मिलमिलाप अहिले पनि जरुरी रहेको बताए । कार्यक्रममा संविधानसभा सदस्य एवम् लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्...
फुल्टेक्रा माध्यमिक विद्यालयको व्यवस्थापन समिति चयन

फुल्टेक्रा माध्यमिक विद्यालयको व्यवस्थापन समिति चयन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ पौष – विगत लामोदेखि विवादमा रहँदै आएको फुल्टेक्रा माध्यमिक विद्यालयको व्यवस्थापन समितिको बैठक सोमबार अभिभावकहरु बीच सम्पन्न भएको छ ।फुल्टेक्रा माध्यमिक विद्यालयको अभिभावक भेलामार्फत विद्यालय व्यवस्थापन समिति समेत चयन गरिएको छ ।गुमा साहु, निशा हरिजन, अनिता प्रजापति तथा सुभराती जोलाहलाई फुल्टेक्रा माध्यमिक विद्यालय व्यवस्थापन समितिमा चयन गरिएको फुल्टेक्रा माध्यमिक विद्यालयको नयाँ भवन जग्गादाता माधवराम बर्माले जानकारी गराउनुभयो ।...
चिनियॅा बीआरआईले बढ्दो विश्वव्यापी समस्या, आदिवासी समुदायलाई बोझ

चिनियॅा बीआरआईले बढ्दो विश्वव्यापी समस्या, आदिवासी समुदायलाई बोझ

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ पौष – विज्ञहरूले चीनको विश्वव्यापी पूर्वाधार विकास परियोजना बेल्ट एण्ड रोड इनिसियटिभबाट हुने आर्थिक लाभको आँकलन गरिरहे पनि पछिल्ला केही वर्षयता त्यसको वातावरणीय प्रभाव प्रस्ट देखिन थालेको छ। चीनको नेतृत्वमा ठूला रेल र सडक निर्माण परियोजनाहरू विकासको विकृत धारणाहरू प्रकट गर्ने प्रायः पारिस्थितिक रूपमा संवेदनशील क्षेत्रहरूबाट गुज्रिरहेका छन्, जसले वन्यजन्तु र वनस्पतिको हानि र अत्यधिक प्रदूषणको कारणले अन्ततः आदिवासी समुदायहरूलाई बोझ पारेको छ। खनिज, कृषि वस्तुहरू र आफ्ना कम्पनीहरूका लागि लगानीका अवसरहरू प्राप्त गर्ने आफ्नो खोजमा, चीनले सडक, रेलमार्ग र जलविद्युत परियोजनाहरू निर्माण गरेर विश्वव्यापी वातावरणीय अवस्थाहरूमा अतुलनीय प्रभाव छोडिरहेको छ। दक्षिणपूर्वी एसियामा, बीआरआईको उपस्थितिले संरक्षण, जीविकोपार्जन र दिगोपनको सन्दर्भमा चिन्ताजनक चिन्ताहरू निम्त्याएको छ। २०१८ मा, इन्...
आर्दश र नेपालगन्ज सेन्ट जेभियर्स विजयी

आर्दश र नेपालगन्ज सेन्ट जेभियर्स विजयी

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ पौष – प्रथमकिशोर सिंह राठौर यु–१६ कपक्रिकेट प्रतियोगितामा आदर्श हाईस्कुलले १ रनको रोमाञ्चक जित हासिल गरेको छ । आईतबार भएको अर्को खेलमा नेपालगन्ज सेन्ट जेभियर्सले लगातार जित हासिल गर्ने क्रममा ९ विकेटले सफलता हासिल गरेको छ ।नेपालगन्ज स्थित मंगल प्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा आदर्शले आइडियल पब्लिक हाईस्कुललाई १ रनले हराउन सफल भएको हो ।सुरुआतमा ब्याटिङ गरेको आदर्शले १६.२ ओभरमा १ सय १४ रन बनाएर अलआउट भएको थियो । टोलीका लागि मयंक कृष्ण सौर्यले ३४ रन र धिरज थापाले ११ रन बनाए । आइडियलका लागि अनस कसगर र समिर अन्सारीले ३–३ विकेट लिए ।१ सय १५ रनको लक्ष्य लिएर मैदानमा आएको आइडियलले १९.३ ओभरमा अलआउट भएको थियो । आइडियलका लागि समिरले २२ रन र अनुराग वैश्यले १५ रन बनाएका थिए । आदर्शका जीवन खत्रीले ३ विकेट र मंयकले २ विकेट लिए । खेलमा आदर्शका मयंक म्यानअफ द म्याच घोषित भए ।यसैगरी आ...
चर्चित गायक दुर्गेश थापाको ‘हामी पनि नाच्नु पर्छ बिच बिचमा’ गीतले मचायो तहल्का

चर्चित गायक दुर्गेश थापाको ‘हामी पनि नाच्नु पर्छ बिच बिचमा’ गीतले मचायो तहल्का

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, समाचार
नेपालगन्ज, १६ पौष – चर्चित गायक तथा मोडल दुर्गेश थापाको ‘हामी पनि नाच्नु पर्छ बिच बिचमा’ गीतले नेपालगन्ज महोत्सवमा तहल्का मचाएको छ ।नेपालगन्जमा जारी छैठौं नेपालगन्ज महोत्सवको एघारौं दिन महोत्सवमा आउनुभएको चर्चित गायक तथा मोडल दुर्गेशको प्रस्तुतीले महोत्सवमा तहल्का मचाएको थियो । दुर्गेशले महोत्सवमा गाउनुभएको ‘भन भन केटा हो राम्ररी भन, घमण्डी केटी, बोम बोम भोले भोले, हामी पनि नाच्नु पर्छ बिच बिचमा, भाग भाग, जय सम्भु जय सम्भु’ लगायतका प्रस्तुतीमा महोत्सवका दर्शकहरु रमाई रमाई नाचेका थिए ।दुर्गेशको जोशसहितको एकपछि एक आफ्नो चर्चित चर्चित करिब आधा दर्जन प्रस्तुतीले दर्शर्क नाच्न बाध्य भएका थिए । दुर्गेशले चर्चित चर्चित गीतको प्रस्तुतीमा आफ्ना टिमसहित नाचेका तथा दर्शकलाई नचाएका थिए । गायक चन्द्र शर्माले गाउंनुभएको चर्चित गीत, बाच्छीले धान खायोमा दर्शकहरु झुमी झुमी नाचेका थिए । महोत्सवको एघा...
३ सय ८४ जना किशोरी तथा बालबालिका कहाँ हराए ?

३ सय ८४ जना किशोरी तथा बालबालिका कहाँ हराए ?

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ पौष – भारत लगायत तेस्रो मुलुकमा जोखिमपूर्ण काम गर्न पुगेका ३ सय ८४ जना किशोरी तथा बालबालिकाको अवस्था अज्ञात रहेको पाइएको छ । जोखिमपूर्ण काम गर्न पुगेका ६ सय ६२ जना किशोरी तथा बालबालिकाको विषयमा खोजतलास गरिदिन भनि परिवारबाट निवेदन परेकोमा २ सय ७८ जना मात्रै फेला परेका छन् ।माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले आइतबार बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै भने, ‘अज्ञात अवस्थामा रहेका ति किशोरी तथा बालबालिकाको अवस्था पत्ता लगाउन हामीले धेरै संयन्त्रलाई प्रयोग गर्यौं, केहीको अवस्था पत्ता लगायौैं, धेरैको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।’मानव बेचविखन तथा ओसार पसार विरुद्ध काम गर्ने अन्र्तराष्ट्रिय स्तरका संस्थासँग समन्वय गरेर खोजी गर्ने काम गरिएको कोइरालाले सुनाए । सम्बन्धित देशका सरकारी संयन्त्रमार्फत उद्धार कार्यलाई अगाडी बढाउन सकेको खण्डमा अज्ञात अवस्थामा रहेका किशोरी तथा ब...
जेसीज ४२ औं शाखा अध्यक्षमा आदित्य गुप्ता चयन

जेसीज ४२ औं शाखा अध्यक्षमा आदित्य गुप्ता चयन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ पौष – नेपालगन्ज जेसीज वार्षिक साधारण सभा तथा ४२ औं शाखा अधिवेशन शनिबार सम्पन्न भएको छ ।नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न जेसीज वार्षिक साधारण सभा तथा ४२ औं शाखा अधिवेशनबाट आदित्य गुप्ताको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको छ । जेसीज आदित्य गुप्ता एडीको नेतृत्वमा रहेको ४२ औं शाखामा कार्यकारी उपाध्यक्षद्वय जेसीज दिपक योगी, जेसीज अन्थास केसी रहेका छन् भने उपाध्यक्षहरुमा क्रमशी जेसीज बिष्णु बुढाथोकी, जेसीस मोहित बाबु शर्मा, जेसीज पंकज गुप्ता, जेसीज बिमल श्रेष्ठलाई चयन गरिएको छ । अन्य पदाधिकारीहरुलाई छिट्टै बैठक बसी चयन गर्ने जानकारी दिएका छन् । कार्यक्रममा निवर्तमान अध्यक्ष रोशनकुमार श्रेष्ठ, रतनकाजी शाक्य, रोशन चापागाई तथा राष्ट्रिय उपाध्यक्ष चिरञ्जीवि गौतमको सहभागिता रहेको थियो ।...
‘दर्शकको माग अनुसार हात्तीछाप चलचित्र बनेको छ’

‘दर्शकको माग अनुसार हात्तीछाप चलचित्र बनेको छ’

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १५ पाैष - माघ २६ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र हात्तीछापको टिमले शनिबार नेपालगन्जमा चलचित्र पत्रकारहरुसँग साक्षात्कार गरेको छ । साक्षात्कारमा हात्तीछाप चलचित्रमा प्रमुख भूमिका रहेका कलाकार सौगात मल्ल, कमलमणी नेपाल र निर्माता किरण नेपालीले दर्शकको मागअनुसार हात्तीछाप चलचित्र बनेको दाबी गरेका छन् । निर्माता किरण नेपालीले पछिल्लो समयमा पश्चिम क्षेत्रमा नेपाली सिनेमा हेर्ने दर्शकको संख्या बढ्दै गएको र नेपालगन्जमा नेपाली सिनेमाको व्यापार बढ्दै गएको जिकिर गरे । किरणले नेपालगन्जमा हात्तीछाप चलचित्रलाई पनि दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको बताए । ‘पछिल्लो चरणमा दर्शकहरुले कस्तो किसिमको चलचित्रको माग गर्नु भएको छ भन्ने कुरालाई हामीले अध्ययन गर्दै गएका छौं,’ निर्माता किरण भने,‘त्यसैले हात्तीछाप चलचित्र दर्शकको माग अनुसार बनेको छ ।’ साक्षात्कारमा कलाकार कमलमणी न...
अनेम संघद्धारा वडा नं. १ मा प्रशिक्षण

अनेम संघद्धारा वडा नं. १ मा प्रशिक्षण

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १५ पौष - राजनीतिमा महिलाको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले अखिल नेपाल महिला संघ नगर कमिटीको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ धम्बोजिमा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।अनेमसंघ वडा नं. १ का वडा अध्यक्ष जगतकुमारी बुढाको अध्यक्षतामा सम्पन्न बैठक तथा प्रशिक्षण कार्यक्रममा अनेमसंघ केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज अछरी पोख्रेलले अनेम संघको इतिहास, निति तथा कार्यक्रम, वडा कमिटीको काम, कर्तव्य र अधिकार जस्ता विषयमा प्रशिक्षण दिनु भयो । प्रशिक्षण कार्यक्रममा अनेमसंघ केन्द्रीय सदस्य, अनेमसंघ बाँके जिल्ला संयोजक मिना ढकाल, नेकपा एमाले नगर अधक्ष्य दत्तप्रसाद आचार्य, अनेमसंघ नगर अधक्ष्य रिना पौडेल, सचिव रूक्मिणी भारति, सदस्य प्रभा सुवेदी, चन्द्रकला राना लगायतको सहभागिता रहेको थियो । अनेमसंघ नगर कमिटिले यस अधि पनि विभिन्न वडामा बैठक तथा प्रशिक्षण कार्यक्रम गर्दै आए...