नयाँ पाकिस्तानी नीतिले दुरन्द लाइनमा बस्ने परिवारहरु विभाजित
काठमाण्डौ, १८ पौष – 'म कान्दाहारको घ्राकाली (पहाडी गाउँ) मा जन्मिएको हुँ, र हामी अचकजाइहरूको हाम्रो पुर्खाको जग्गा तोबा अचकजाईमा बस्यौं। सोभियत समर्थित क्रान्ति अघि नै हामीले हाम्रो घर चमनमा स्थान्तरण गरेका थियौं,' ६० वर्षकी जरीना बीबी भन्छिन्।
'मेरो बुबाले कान्दाहारमा [तेस्रो एंग्लो अफगान युद्धको सन्दर्भमा] अंग्रेजहरू विरुद्धको लडाईमा आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो - उहाँ १०० वर्षको उमेरमा मर्नुभयो। उहाँको जघुराई बन्दुकले हामीलाई अफगानिस्तानसँग जोड्ने हाम्रो बाल्यकालको इतिहासको पाठ थियो।'
राज्यले मानिसलाई एउटै संस्कृति, इतिहास, भूगोलको भएता पनि विभाजन गर्छ। र, यही कारणले गर्दा स्वतन्त्र मानव राजनीति, युद्ध, द्वन्दको विषय बनेको छ।
जरिनाकी छोरी जुलैखा (२८) ले आफ्नो जनजातिका सदस्य सादुल्लाह (३०) सँग विवाह गरिन् तर अफगानिस्तानको कान्दाहारको काठको पुल क्षेत्र तख्तापुलमा उनको पुर्...









