
नेपालगन्ज, १५ पौष – राजनीतिमा महिलाको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले अखिल नेपाल महिला संघ नगर कमिटीको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ धम्बोजिमा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
अनेमसंघ वडा नं. १ का वडा अध्यक्ष जगतकुमारी बुढाको अध्यक्षतामा सम्पन्न बैठक तथा प्रशिक्षण कार्यक्रममा अनेमसंघ केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज अछरी पोख्रेलले अनेम संघको इतिहास, निति तथा कार्यक्रम, वडा कमिटीको काम, कर्तव्य र अधिकार जस्ता विषयमा प्रशिक्षण दिनु भयो । 
प्रशिक्षण कार्यक्रममा अनेमसंघ केन्द्रीय सदस्य, अनेमसंघ बाँके जिल्ला संयोजक मिना ढकाल, नेकपा एमाले नगर अधक्ष्य दत्तप्रसाद आचार्य, अनेमसंघ नगर अधक्ष्य रिना पौडेल, सचिव रूक्मिणी भारति, सदस्य प्रभा सुवेदी, चन्द्रकला राना लगायतको सहभागिता रहेको थियो । अनेमसंघ नगर कमिटिले यस अधि पनि विभिन्न वडामा बैठक तथा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ ।
