Friday, July 10सत्यम खबर
Shadow

आस्था

नेपाली रेल्वेलाई अयोध्यासम्म सञ्चालन गर्न माग

नेपाली रेल्वेलाई अयोध्यासम्म सञ्चालन गर्न माग

आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १५ पौष – भारत अयोध्याको राम मन्दिरको प्राण प्रतिष्ठालाई मध्यनजर गर्दै नेपाल रेल्वेलाई जनकपुरधाम–अयोध्या सञ्चालन गर्न माग गरिएको छ । राम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर नेपाली जनतमा उत्साहदेखिएको भन्दै सीता जीको जन्मभूमि जनकपुरधामदेखि रामको जन्मभूमि अयोध्या सम्म रेल सञ्चालन गर्नका लागि नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्र लिएर पुगेका छन् । पत्रमा राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा नेपाल रेल्वेलाई अयोध्या सम्म सञ्चलानको लागि भारतसँग अनुरोध गर्ने उल्लेख गरिएको छ । भारत सरकारले नेपालको रेललाई अयोध्या सम्म संचालन गर्न अनुमति नभएको खण्डमा भारतकै रेल्वेलाई जनकपुरधाम सम्म राम मन्दिरको प्राण प्रतिष्ठाको लागि विशेष रुपमा सञ्चालन गर्न पनि महाप्रबन्धक झाले भौतिक पूर्वाधार मन्त्रालय मार्फत भारतीय पक्षसँग आग्रह गरेका...
लद्दाखमा चीनको पछिल्लो दावी गलत, भारतलाई अस्वीकार्य

लद्दाखमा चीनको पछिल्लो दावी गलत, भारतलाई अस्वीकार्य

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ पौष – चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले लद्दाखमा चिनियाँ दाबीको इतिहासलाई जानाजानी विकृत गरेका छन् । वास्तविक स्थिति यो हो कि चीनले १९६२ को चीन-भारत युद्धदेखि नै लद्दाखका केही भागहरू अवैध रूपमा कब्जा गर्दै आएको छ र अप्रिल २०२० देखि ठूला क्षेत्रहरू कब्जा गर्ने प्रयास गरेको छ । जसले त्यस वर्ष जुनमा गलवान झडपको नेतृत्व गर्यो। डिसेम्बर १६ २०२३ मा, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दाबी गरे कि भारतको सर्वोच्च अदालतले जम्मू-कश्मीरको विभाजन र लद्दाखलाई केन्द्र शासित प्रदेश बनाउने निर्णयलाई समर्थन गरेको छ "चीनको पश्चिमी भागको वास्तविकता परिवर्तन भएको छैन। भारतको सिमाना सधैं चीनको हो। न त चीनले लद्दाखको केन्द्र शासित प्रदेशलाई मान्यता दिएको छ, उनले भने। लद्दाख र तिब्बत सँधै फरक देश रहेको र बेइजिङले लद्दाखको भूभाग दाबी गर्दै आएको तिब्बतमा चिनियाँ कब्जा गैरकानूनी छ भन्न...
अभिनेता पल शाहको आगमनले थाम्नै सकिएन नेपालगन्ज महोत्सवको भिड

अभिनेता पल शाहको आगमनले थाम्नै सकिएन नेपालगन्ज महोत्सवको भिड

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ पौष – अभिनेता पल शाहको आगमनले नेपालगन्ज महोत्सवमा थाम्नै नकिने भिड देखिएको छ । नेपालगन्जमा जारी छैठौं नेपालगन्ज महोत्सवको दशौं दिन महोत्सवमा आउनु भएको अभिनेता शाहको प्रस्तुतीमा थाम्नै नसकिने भिड देखिएको थियो ।महोत्सबमा अभिनेता शाहलार्ई हेर्न ठुलो संख्यामा दर्शकहरू टिकट काटेर आएका थिए । नेपालगन्ज महोत्सवमा शाह पहिलो पटक आएकोले पनि महोत्सवको उमंग बैग्लै देखिएको थियो । महोत्सवमा पल शाहले नमस्ते नेपालगन्ज मात्रै के भन्नु भएको थियो महोत्सव स्थलमा खटिएका सुरक्षाकर्मीले भिड थाम्नै सकेका थिएनन् । महोत्सव आवलोकन गर्न आएका दर्शकहरु शाहको आगमन हुनासाथ जालीलाई चिरेरै शाह नजिकै पुगेका थिए । अभिनेता शाहको भरखरै मात्र सार्वजनिक भएको लोकप्रिय म्युजिक भिडीयो एक दुई तीन चार स्वीकार मेरो नमस्कार बोलको प्रस्तुतीमा महोत्सवका दर्शकहरु रमाई रमाई नाचेका थिए । अभिनेता शाहको प्रस्तुतीले ...
स्वर्गीय श्री ५ बिरेन्द्रको ७८ औ जन्मजयन्तीमा दीप प्रज्वलन

स्वर्गीय श्री ५ बिरेन्द्रको ७८ औ जन्मजयन्तीमा दीप प्रज्वलन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १४ पौष – राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेको आयोजनामा आज शनिबार पौष १४ गतेका दिन स्वर्गीय श्री ५ बिरेन्द्र बिर विक्रम शाह देव (राजा) को ७८ औ जन्म जयन्तीको अवसरमा नेपालगन्जको बिरेन्द्र चौकमा राजा बिरेन्द्रको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । राप्रपा बाँके जिल्ला अध्यक्ष नरेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न गरिएको दीप प्रज्वलित कार्यक्रममा राप्रपा केन्द्रीय सहायक महामन्त्री ऋषिराज देवकोटा, आमन्त्रित केन्द्रीय सदस्य नन्दलाल बैश्य, केन्द्रीय जनजाति बिभाग प्रमुख बिन्दु चर्तीमगर, मुस्लिम बिभाग प्रमुख सलाउद्दीन जसगढ, लुम्बिनी प्रदेश उपाध्यक्ष नीतू चन्द, युवा लुम्बिनी प्रदेश संयोजक हुकुम केसी, युवा जिल्ला अध्यक्ष यूबराज शाही, क्षेत्रीय अध्यक्ष बिरेन्द्र गहतराज, नगर अध्यक्ष बिबेक गिरी, राप्रपा नेपालका जिल्ला अध्यक्ष दिपेन्द्र सिंह, लगायत केन्द्र, प्रदेश तथा जिल्ल...
मंगल प्रसाद उच्च मावि र आइडियल सेकेन्डरी स्कुल विजयी

मंगल प्रसाद उच्च मावि र आइडियल सेकेन्डरी स्कुल विजयी

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ पौष – मंगल प्रसाद उच्च मावि र आइडियल सेकेन्डरी स्कुलले शनिबार प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छन् ।नेपालगन्ज स्थित मंगल प्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा मंगल प्रसादले फुल्टेक्रा माविलाई १ सय ५३ रनले हरायो । अर्को खेलमा आडियलले मोर्डन पब्लिक स्कुललाई १ विकेटले हराएको छ ।शनिबार आफनो घरेलु मैदानमा सुरुआतमा ब्याटिङ गरेको मंगल प्रसादले २० ओभरमा ६ विकेटको नोक्सानीमा २ सय ९ रन बनाएको थियो । टोलीका लागि सुवास केवटले ४२ रन, साहिल शेखले ४१ रन र फरहान शेखले २८ रन बनाए । फुल्टेक्राका वलर बामदेव थापा, महेन्द्र हमाल र युवराज शाहीले १–१ विकेट लिएका थिए ।२ सय १० रनको विजयी लक्ष्य पाएको फुल्टेक्रा ११.४ ओभरमा ५७ रन बनाएर अलआउट भएको थियो । फुल्टेक्राका कुनै पनि खेलाडीले दोहोरो अंक जोडन सकेनन । खेलमा म्यान अफ द म्याच घोषित भएका मंगल प्रसादका वलर अजय...
विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्ने चार महिला नेतृ सम्मानित

विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्ने चार महिला नेतृ सम्मानित

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ पौष – महिला उद्यमी संघ नेपाल बाँके (वीन)ले लुम्बिनी प्रदेश खानेपानी तथा सहरी विकास मन्त्री कृष्णा केसी ‘नमुना’ सहित चार जना महिलालाई सम्मान गरेको छ ।शनिबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित संघको आप्mनै कार्यालयमा मन्त्री नमुनालाई स्वागत तथा सम्मान गरिएको थियो । राजनीति क्षेत्रमा संघर्ष गरेर आफ्नो छुटै पहिचान बनाउन सफल भएको भन्दैं केसीलाई सम्मान गरिएको हो ।बाँके वीनले शनिबार महिला उद्यमी महासंघ केन्द्रिय सदस्यमा निर्वाचत भएकी सरस्वती शर्मा पराजुली, नेपालगन्ज उद्योग वाणिज्य संघको महिला उपाध्यक्षमा निर्वाचित मन्दिरा पाण्डे र मारवाडी महिला मञ्च बाँके अध्यक्षमा निर्वाचित कुसुम दुगडलार्ई सम्मान गरेको थियो ।उनीहरुलाई बाँके वीन अध्यक्ष सावित्रा बस्नेत पोखरेल र अन्य पदाधिकारीले माला, दोसल्ला ओडाएर सम्मान गरेका थिए ।नेपालगन्ज उद्योग वाणिज्य संघको विधानमा पहिलो पटक महिला उपाध्...
उइगुर विद्वान इल्हाम तोहतीलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्न अन्तर्राष्ट्रिय अभियान सुरु

उइगुर विद्वान इल्हाम तोहतीलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्न अन्तर्राष्ट्रिय अभियान सुरु

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १४ पौष – नोबेल शान्ति पुरस्कारका लागि जेलमा परेका उइगुर विद्वान इल्हाम तोह्तीलाई मनोनयन गर्ने अन्तर्राष्ट्रिय अभियान सोमबार ब्रसेल्समा सुरु गरिएको थियो। उनकी छोरीले यस पुरस्कारले आफ्नो बुबा अझै जीवित छन् भनेर देखाउन बेइजिङमा 'दबाव ल्याउन' सक्ने बताएकी छन्। उइगुर अर्थशास्त्रका प्रोफेसर तोहतीलाई सन् २०१४ मा चीनलाई विभाजन गर्न खोजेको आरोपमा आजीवन जेल सजाय सुनाइएको थियो। उसलाई उइगुर- र चिनियाँ भाषाको वेबसाइटमा सिनजियाङको स्वतन्त्रताको प्रवर्द्धन गरेको आरोप लगाइएको थियो, जहाँ उनले यस क्षेत्रमा चीनको नीति समायोजन गर्न आह्वान गरे। उनले सबै आरोपहरू अस्वीकार गरे र त्यसपछि लाखौं जातीय उइगुरहरूको घर रहेको सुदूर-पश्चिमी चिनियाँ क्षेत्र सिनजियांगमा बेइजिङको क्र्याकडाउनको सबैभन्दा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त अनुहारहरू मध्ये एक बने। सन् २०१९ मा उनले विचार स्वतन्त्रता को लागि...
एआईले सकारात्मक प्रभाव पार्छ : प्रधानमन्त्री मोदी

एआईले सकारात्मक प्रभाव पार्छ : प्रधानमन्त्री मोदी

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १४ पौष – प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार नयाँ दिल्लीको भरत मण्डपममा आर्टिफिसियल इन्टेलिजेन्स (जीपीएआई) शिखर सम्मेलनको उद्घाटन गरेका छन्। जहाँ उनले एआईका नकारात्मक प्रभावहरूलाई रेखांकित गरे, जुन विश्वव्यापी विकासमा सबैभन्दा बलियो उपकरण भए पनि यसको विनाशमा निर्णायक भूमिका खेल्न सक्छ। उनले देशहरूलाई तत्काल आधारमा नैतिक एआई प्रयोगको लागि एक रूपरेखा बनाउन आह्वान गरे। शिखर सम्मेलनमा बोल्दै पीएम मोदीले विशेष गरी गलत जानकारी फैलाउन वा दुर्भावनापूर्ण उद्देश्यका लागि प्रयोग गर्न डिपफेकको प्रयोगलाई औंल्याए। 'एआईका धेरै सकारात्मक प्रभावहरू छन्, तर यसले धेरै नकारात्मक प्रभावहरू पनि छन्, जुन चिन्ताको विषय हो। एआई २१ औं शताब्दीको विकासमा सबैभन्दा ठूलो औजार बन्न सक्छ। तर यसले 21 औं शताब्दीलाई नष्ट गर्न पनि सबैभन्दा ठूलो भूमिका खेल्न सक्छ। 'डिपफेक सारा विश्वका लागि चुनौती हो… आतंक...
भारतीय बिदेश मन्त्री जनवरी ४ मा नेपाल आउने

भारतीय बिदेश मन्त्री जनवरी ४ मा नेपाल आउने

आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, १४ पौष – भारतीय विदेश मंत्री एस जयशंकरले जनवरी ४-५ मा नेपाल भ्रमणमा आउँदै छन। उनी संगै विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मंत्रालयका प्रवक्ता अरिंदम बागची, विदेश मंत्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरू पनि आउने छन्। भारतीय वायुसेनाको विशेष विमानले उनी बिहीवार बिहान १० बजे त्रिभुवन अन्तरराष्ट्रीय विमानस्थलमा अवतरण गर्ने छन्। विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूतले स्वागत गर्ने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्री एनपी साउदसंग भेटघाटसँगै नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुने छन्। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमंत्री पुष्पकमल दाहा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसंग शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको छ। परराष्ट्र मन्त्र...
सिद्धार्थ विद्या सदनको दोस्रो जित

सिद्धार्थ विद्या सदनको दोस्रो जित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ पौष – सिद्धार्थ विद्या सदनले प्रथमकिशोर सिंह राठौर यु–१६ कपक्रिकेट प्रतियोगितामा दोस्रोजितहासिल गरेको छ ।शुक्रबार नेपालगन्ज स्थित मंगल प्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा सिद्धार्थले नेपालगन्जमोडेल एकेडेमीलाई ९६ रनले पराजित गरेको छ । सुरुआतमा ब्याटिङ गरेको सिद्धार्थले २० ओभरमा १ सय ६० रन बनाएर अल आउट भएको थियो । टोलीका लागि आर्यन गुप्ताले २५ रन, सुमितनाँउले २१ रन, रियाजुदिन खानले १९ रन बनाए । नेपालगन्जमोडेलका समिर बस्नेत, अनुपबर्मा र रितेश ठकरीले २–२ विकेट लिए । जवाफमा नेपालगन्ज मोडेलले ११ ओभरमा ६५ रन मात्र बनाउन सक्यो । टोलीका लागि सुमित विष्टले १२ रन बाहेक अन्यले गतिलो स्कोर बनाउन सकेनन् ।सिद्धार्थका सुमितनाँउले ३ विकेट, प्रशान्त तामाङ र रितेश ठकुरीले २–२ विकेट लिएका थिए । खेलमा सिद्धार्थका सुमित नाँउ म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनलाई बाँके जिल्ला खेलकुद ...