
नेपालगन्ज, १५ पौष – नेपालगन्ज जेसीज वार्षिक साधारण सभा तथा ४२ औं शाखा अधिवेशन शनिबार सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न जेसीज वार्षिक साधारण सभा तथा ४२ औं शाखा अधिवेशनबाट आदित्य गुप्ताको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको छ ।

जेसीज आदित्य गुप्ता एडीको नेतृत्वमा रहेको ४२ औं शाखामा कार्यकारी उपाध्यक्षद्वय जेसीज दिपक योगी, जेसीज अन्थास केसी रहेका छन् भने उपाध्यक्षहरुमा क्रमशी जेसीज बिष्णु बुढाथोकी, जेसीस मोहित बाबु शर्मा, जेसीज पंकज गुप्ता, जेसीज बिमल श्रेष्ठलाई चयन गरिएको छ ।

अन्य पदाधिकारीहरुलाई छिट्टै बैठक बसी चयन गर्ने जानकारी दिएका छन् । कार्यक्रममा निवर्तमान अध्यक्ष रोशनकुमार श्रेष्ठ, रतनकाजी शाक्य, रोशन चापागाई तथा राष्ट्रिय उपाध्यक्ष चिरञ्जीवि गौतमको सहभागिता रहेको थियो ।

