Monday, April 27सत्यम खबर
Shadow

६५ जना सुत्केरी महिलालाई पौष्टिक आहार बितरण

नेपालगन्ज, २४ फागुन – अखिल नेपाल महिला संघ बाँकेले भेरी अस्पतालका सुत्केरी महिलालाई पौष्टिक आहार बितरण गरेको छ ।

अखिल नेपाल महिला संघको स्थापना दिवस तथा ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर भेरी अस्पतालमा रहेका ६५ जना सुत्केरी महिलालाई पौष्टिक आहार बितरण गरिएको हो । सुत्केरी महिलाका लागि पौष्टिक आहारको निकै आवश्यकता पर्ने भएकाले अखिल नेपाल महिला संघ बाँकेले सुत्केरी अवस्थामा रहेका महिलाहरुलाई पौष्टिक आहार दिने उद्देश्यले भेरी अस्पतालमा रहेका सुत्केरी महिलाहरुलाई पौष्टिक आहार बितरण गरिएको अखिल नेपाल महिला संघ बाँकेकी संयोजक मिना ढकालले बताईन् ।

उनले भेरी अस्पतालमा सुत्केरी अवस्थामा रहेका महिलाहरुका लागि छोहरा, किसमिस, गुँड, काजु, ओखर जस्ता पौष्टिक आहार बितरण गरिएको बताईन् । बिभिन्न जिल्लाबाट आई भेरी अस्पतालमा सुत्केरी अवस्थामा रहेका ६५ जना महिलाहरुलाई पौष्टिक आहार बितरण गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य सुनिता तिवारी, बिशेष अतिथि भेरी अस्पतालकी प्रमुख नर्सिङ प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठको सहभागितामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *