सार्वजनिक पोखरी संरक्षण गर्न अदालतको अल्पकालिन अन्तरिम आदेश
नेपालगन्ज २२ चैत – बाँकेको नरैनापुरस्थित सार्वजनिक पोखरीलाई संरक्षण गर्नका लागि उच्च अदालतले आदेश जारी गरेको छ । अदालतले सार्वजनिक पोखरी रहेको जग्गामा निर्माण गर्न लागेको संरचनाका सम्वन्धमा के कस्तो निर्णय भएको बारेमा वडा कार्यालय र उक्त कित्ता जग्गाको सक्कल फिल्ड बुक नापी कार्यालय बाँकेसँग यही चैत २२ गतेभित्र झिकाउने आदेश गरिसकेको थियो ।उच्च अदालत तुलसीपुरका न्यायाधीश टंकप्रसाद गुरु· र गोबिन्द जोशीको सयुंक्त इजलासले आज विपक्षीको नाममा परमादेश, प्रतिषेध आदेश जारी गरेको छ ।आदेशमा भनिएको छ – ‘यसमा अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा छलफलका लागि निवेदनमा निवेदकका तर्फबाट उपस्थिति विद्वान वरिष्ठ अधिवक्ता विजयकुमार गुप्ता, अधिवक्ताहरु विश्वजित तिवारी, रामकुमार दीक्षित, केवल सिंह थारु, राकेश सोनी, पुनम श्रेष्ठ, विजयकुमार शर्मा विपक्षी नं. १ र २ को तर्फबाट उपस्थिति विद्वान सहन्याधिवक्ता उमाकान...









