Sunday, July 12सत्यम खबर
Shadow

आस्था

कवि अस्तुको अध्यक्षतामा स्रष्टा समाजको नयाँ कार्यसमिति

कवि अस्तुको अध्यक्षतामा स्रष्टा समाजको नयाँ कार्यसमिति

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ चैत्र – कवि विपी अस्तुको अध्यक्षतामा मध्यपश्चिम स्रष्टा समाज नेपालगन्जको नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन भएको छ ।शनिबार नेपालगन्जमा भएको समाजको पाँचौ साधारण सभाले अस्तुको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सभाले अध्यक्षमा अस्तुसहित सदस्यमा अस्मिता शाह, छत्रपति सिंह, निर्मल सुवेदी, विनोद देवकोटा, जयकेश सिंह, सावित्री गिरी, जहीरुल हक जीनु र भागवत पौडेललाई चयन गरेको निर्वाचन अधिकृत देवीदत्त देवकोटाले जानकारी दिए । समाजको विधानमा साधारणसभाले अध्यक्ष र सदस्यहरुको चयन गर्ने र पदाधिकारीको चयन अध्यक्षले निर्वाचित सदस्यहरुबाट गर्ने व्यवस्था रहेको छ ।मध्यपश्चिम स्रष्टा समाजले नेपालगन्जको इतिहास समेटिएको पुस्तक सद्भावको सहर नेपालगन्ज, प्रेम प्रकाश मल्लको अभिनन्दन ग्रन्थ पीडाको सगरमाथा, सनत रेग्मी सृजन सन्दर्भ, भोजराज शर्मा नादिरको गजल संग्रह अलिअ िमुर्छन्ना अलिअलि ...
सार्वजनिक पोखरी संरक्षण गर्न पुनः अदालतको आदेश

सार्वजनिक पोखरी संरक्षण गर्न पुनः अदालतको आदेश

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज १८ चैत – बाँकेको नरैनापुरस्थित सार्वजनिक पोखरीलाई संरक्षण गर्नका लागि उच्च अदालतले आदेश जारी गरेको छ । अदालतले सार्वजनिक पोखरी रहेको जग्गामा निमार्ण गर्न लागेको संरचनाका सम्वन्धमा के कस्तो निर्णय भएको बारेमा वडा कार्यालय र उक्त कित्ता जग्गाको सक्कल फिल्ड बुक नापी कार्यालय बाँकेसंग यही चैत २२ गतेभित्र झिकाउने आदेश गरेको छ ।उच्च अदालतका न्यायधिस किरणकुमारी गुप्ता र पुनमसिंह चन्दको सयुुंक्त इजलासले विपक्षीको नाममा सक्कल प्रमाणसहित उपस्थित हुन अन्तरिम आदेश जारी गरेको छ ।अदातलले उक्त सार्वजनिक पोखरीमा माटो लगायत अन्य सामाग्री पटान नगर्नु, नगराउनु, र कुनै पनि संरचना निमार्ण नगर्नु नगराउनु भनि विपक्षीको नाउँमा आदेश जारी गरेको छ । सो मुद्दामा आज वरिष्ठ अधिबक्ता विजयकुमार गुप्ता, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी अधिबक्ताहरु राकेशकुमार सोनी, पुनम श्र...
अकसमा सामेल हुने जापानको चाहनाले चीन चिन्तित

अकसमा सामेल हुने जापानको चाहनाले चीन चिन्तित

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ चैत – जापानले इन्डो-प्यासिफिक क्षेत्रका लागि अमेरिका, अष्ट्रेलिया र बेलायतको नेतृत्वमा रहेको अकसमा सामेल हुन इच्छुक देखाएपछि चीन चिन्तित बनेको छ। पछिल्लो समय टोकियोको योजनाबद्ध कदमबाट विचलित भएको चीनले अकसमा सामेल हुने जापानको चाहनाले थप चिन्तित बनेको हो। राष्ट्रपति जो बाइडेनको नेतृत्वमा अमेरिकी प्रशासनले चीनलाई रोक्न र इन्डो-प्यासिफिक रणनीतिलाई बलियो बनाउने उद्देश्यका साथ आर्थिक वर्ष २०२५ सम्मका लागि ८९५.२ बिलियन रक्षा बजेट प्रस्ताव गरेको छ। बेलायतले जापानसँग अकस सुरक्षा साझेदारी अन्तर्गत रक्षा प्रविधिमा सहकार्य गर्न आग्रह गरेको छ। जापान सरकारले इन्डो-प्यासिफिक क्षेत्रमा अकसको प्रयासलाई समर्थन गर्ने र अमेरिका, बेलायत र अष्ट्रेलियासँगको सहकार्यलाई कसरी गहिरो बनाउने भनेर वार्ता गरिरहेको पनि बताइएको छ। जापानी प्रधानमन्त्री फुमियो किशिदाले अप्रिल १० मा वासिङ्टन डिसी...
चीनको शीर्ष नेतृत्व महिला शून्य, विश्‍व समुदायद्वारा आलोचना

चीनको शीर्ष नेतृत्व महिला शून्य, विश्‍व समुदायद्वारा आलोचना

आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ चैत – चीनको नेशनल पिपुल्स कंग्रेस (एनपीसी) मा महिलाको कमजोर प्रतिनिधित्वले चीनमा महिलाको सहभागीतालाई निरुत्साहित गरेकोमा विरोध भइरहेको छ। चीनले अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदा पनि चीनको शीर्ष राजनीतिक सर्कलमा महिला प्रतिनिधित्व नभएकोमा विश्वव्यापी समुदायले प्रश्‍नहरु उठाएको हो। हालको पोलिटब्युरोमा २४ पुरुष छन् र महिलाको संख्या शून्य छ। साउथ चाइना मर्निङ पोष्टमा प्रकाशित रायका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व कम छ, जसमा महिलाको सहभागिता बढाउने भन्दा पनि कम गर्नेतर्फ नीतिहरु केन्द्रति देखिन्छन्। लेखक आन्द्रेई लुङ्गुले सत्ताको उच्च तहमा पदोन्नतिको कुरा गर्दा महिलाहरू प्रायः उत्तीर्ण भएको र चीनको वर्तमान प्रान्तीय पार्टीका सचिवहरू र गभर्नरहरूमध्ये केही मात्रै महिलाहरू रहेको औंल्याएका छन्। उनले चिनियाँ महिलाले पुरुषसँगै क...
चिनियाँ राज्य नियन्त्रित उद्यमहरूको चरम अव्यवसायिक

चिनियाँ राज्य नियन्त्रित उद्यमहरूको चरम अव्यवसायिक

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ चैत – विश्वव्यापी वाणिज्यको दायरामा, व्यावसायिकता सफल व्यापार लेनदेनको लागि महत्वपूर्ण आधार हो। यद्यपि, युएईमा रहेको ग्लोबल एरोस्पेस लजिस्टिक (जीएएल) र चाइना नेशनल एरो-टेक्नोलोजी इम्पोर्ट एन्ड एक्स्पोर्ट कोअपरेसन (सीएटीआईसी) बीचको भर्खरको विवादले केही चिनियाँ राज्य उद्यमहरूमा व्याप्त कमजोरीहरूको स्पष्ट चित्र चित्रण गर्दछ। जीएएल र सीएटीआईसी बीचको विवादपूर्ण सम्बन्धले व्यावसायिकताको कमी, व्यापार सञ्चालनमा असक्षमता, र खराब उद्योग मापदण्डहरूलाई संकेत गरेको छ, जसले चीनका केही क्षेत्रहरूलाई थप संकटको स्थिति सिर्जना गरेको छ। जीएएलद्वारा सीएटीआईसीविरुद्ध आवाज उठाइएका गुनासोहरू चिनियाँ राज्य उद्यमहरूमा व्यावसायिकतालाई कमजोर बनाउने प्रणालीगत समस्याहरूको प्रतीक हुन्। जीएएलले डेलिभरीमा अत्याधिक ढिलाइको सामना गर्नु परेको छ। २०० दिनभन्दा बढीको औसत ओपन अर्डरको ५४ प्रतिशत ओभरड्य...
अरुणाचल प्रदेश सुरुङबारे ‘बेतुका’ र ‘निराधार’ टिप्पणी गरेको भन्दै भारतद्वारा चीनको चर्को आलोचना

अरुणाचल प्रदेश सुरुङबारे ‘बेतुका’ र ‘निराधार’ टिप्पणी गरेको भन्दै भारतद्वारा चीनको चर्को आलोचना

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ चैत – भारतीय विदेश मन्त्रालयले अरुणाचल प्रदेशका सम्बन्धमा चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताले गरेको टिप्पणी 'बेतुका' र 'आधारहीन' भएको भन्दै आलोचना गरेको छ। भारतीय विदेश मन्त्रालयले भारतको उत्तरपूर्वी राज्य, जसले चीनसँग सिमाना साझा गर्दछ, सधैं 'भारतको अभिन्न र अविभाज्य भाग' रहेकोमा स्पष्ट पारेको छ। चीनले अरुणाचल प्रदेश दक्षिणी तिब्बतको हिस्सा भएको आरोप लगाएको छ। यद्यपि, नयाँ दिल्लीले अरुणाचल प्रदेश सधैं भारतको हिस्सा रहेको भन्दै त्यस्ता निराधार दावीहरूलाई कडाइका साथ अस्वीकार गर्दै आएको छ। एक आधिकारिक विज्ञप्तिमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, 'हामीले चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताले भारतीय राज्य अरुणाचल प्रदेशको भूभागमा बेतुका दावीहरू अगाडि बढाएको टिप्पणीलाई ध्यान दिएका छौं।' 'यस सम्बन्धमा निराधार तर्कहरू दोहोर्याउँदा त्यस्ता दाबीहरू...
भारतसँगका हरेक सम्झौता संसद पुग्ने, एमसिसी संसदले पास गर्नुपर्ने अनि चीनसँगको बिआरआई सम्झौता सात वर्षसम्म किन लुकाइयो ?

भारतसँगका हरेक सम्झौता संसद पुग्ने, एमसिसी संसदले पास गर्नुपर्ने अनि चीनसँगको बिआरआई सम्झौता सात वर्षसम्म किन लुकाइयो ?

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ चैत – नेपालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सम्झौतामा हस्ताक्षर गरेको सात वर्ष पुगिसकेको छ। अहिले फेरि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणमा यो विषय उठेको छ। तर, सात वर्ष अघि सम्झौता भएको बिआरआईमा के छ ? सार्वजनिक गरिएको छैन। सम्झौताताका केही बुँदा सार्वजनिक गरिए पनि सम्झौताको पूर्ण पाठ बाहिर ल्याइएन, अझ सम्झौता गर्नुअघि संसदमा लगिएन। गत वर्ष मात्र अमेरिकाको अनुदान कार्यक्रम एमसिसीसमेत संसदबाट पारित गरिएको थियो, अझ सम्झौतामा भएका बुँदालाई ब्याख्या गर्नेगरी व्याख्यात्मक टिप्पणी गरियो। भारतसँगका हरेक सम्झौता संसदमा पुग्ने गरेका छन्। हालै मात्र भारतले उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजनाको अनुदान वृद्धि र कार्यक्षेत्र विस्तार गर्दा नेपालमा निकै आलोचना भयो, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमै जवाफ दिन ...
‘भुटान–भारत मित्रता अमर रहोस्’ भन्‍ने पोस्टरले सजियो भुटान

‘भुटान–भारत मित्रता अमर रहोस्’ भन्‍ने पोस्टरले सजियो भुटान

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ चैत – प्रधानमन्त्री नरेन्द्रको भुटानको दुई दिने राजकीय भ्रमण अघि हिमाली राष्ट्र भुटानमा ‘भुटान–भारत मित्रता अमर रहोस्’ भन्‍ने पोस्टरले सजिएको छ। प्रधानमन्त्री मोदीले मार्च २१-२२ मा भुटान भ्रमण गर्दै दुई छिमेकी राष्ट्रहरूबीच विभिन्न क्षेत्रहरूमा बहुआयामिक सहयोगलाई अझ सुदृढ बनाउने विषयमा छलफल गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा प्रधानमन्त्रीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक र भुटानका चौथो राजा जिग्मे सिङ्ये वाङ्चुकसँग श्रोतासँग भेटघाट गरेका छन्। प्रधानमन्त्रीले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग पनि वार्ता गरेको विदेश मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री मोदीको पुग्नुअघि विमानस्थल र सडकलाई प्रधानमन्त्री मोदी र भुटानी राजा जिग्मे खेसर नामग्याल वाङ्चुकको पोस्टरले सजाइएको थियो। यसअघि भुटानका प्रधानमन्त्रीले प्रधानमन्त्री मोदीलाई यही महिनाको भ...
कृष्णसार एफएमद्वारा निलसागरमा केक उत्सव मनाईयो

कृष्णसार एफएमद्वारा निलसागरमा केक उत्सव मनाईयो

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १५ चैत – कृष्णसार एफएम ९४ मेगाहर्जले १६औँ वर्षमा प्रवेश गरेको अवसरमा बुधबार नेपालगञ्जस्थित निलसागर सेवाआश्रममा रहेका बालबालिका तथा अभिभावकहरुसंग केक उत्सव मनाएको छ ।खुल्ला आकाशलाई छाना र धर्तीलाई बिच्छ्यौना बनाई सडकजीवन बिताउन विवश बुवाआमा तथा अभिभावकविहीन बालबालिकाहरुलाई आश्रय दिइरहेको आश्रममा पुगेर एफएमले जन्मोत्सव केक काट्नुका साथै फलफूल वितरण गरेको छ ।त्यस अवसरमा निलसागर आश्रमका संस्थापक अध्यक्ष सरिता खनालले आश्रममा रहेका अनाथ बालबालिका अभिभावकहरुको उद्धार, रहन–सहन, समस्यालगायत अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले आश्रममा अभिभावकहरुको संख्या थपिदै जाँदा आर्थिक हिसाबले व्यवस्थापन गर्न चुनौति भएको भन्दै यसको व्यवस्थापनमा सरकारले खासै चासो नदिएको गुनासो गर्नुभयो । आश्रमका उपाध्यक्ष अमन निलसागरले आर्थिक अवस्थाको अभावले निमार्णाधिन भवन समेत अलपत्र अवस्थामा रहे...
वाटरपार्कमा जारी सातौं प्रादेशिक महोत्सव सम्पन्न

वाटरपार्कमा जारी सातौं प्रादेशिक महोत्सव सम्पन्न

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज १५ चैत – नेपालगन्जको वाटरपार्कमा जारी सातौं प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सव सम्पन्न भएको छ ।यही चैत्र ६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव आठौं दिन बुधबार समापन गरिएकोछ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति (महिला उद्यमी समिति) बाँकेको बसेको आपतकालिन बैठकले यस्तो निर्णय गर्दै महोत्सव समापन गरेको जनाएकोछ ।दिनहुँ स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुती भइरहेको महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता हुन नसक्दा आयोजकलाई दिनहुँ ३ लाखको आर्थिक क्षति व्यहोर्नु परेको थियो । आयोजक महासंघकी अध्यक्ष मधुकुमारी खड्काका अनुसार एसईइ लगायत विद्यालयको वार्षिक परीक्षाको समय हुनु, महोत्सव स्थल नजिक भएपनि सबैलाई पाएक नपरेको, बढ्दै गएको गर्मी र मौसमको चुनौती तथा दर्शकको उल्लेख्य सहभागिता हुन नसक्नु लगायतका विविध कारण द...