Thursday, November 28सत्यम खबर
Shadow

कल्पना फाउन्डेसन नेपालद्वारा खप्तडबाबाको अवलोकन भ्रमण सम्पन्न

नेपालगन्ज, ३ बैशाख – कल्पना फाउन्डेसन नेपालले पश्चिम नेपालको पर्यटकीय स्थलको रुपमा परिचित रहेको “पर्यटन प्रवर्द्धनमा हाम्रो एकिबद्धता” भन्ने मूल मर्मका साथ खप्तडबाबाको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।
कल्पना फाउन्डेसन नेपालकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको सभापतित्वमा आयोजित फाउन्डेसनका सचिव लेकप्रसाद प्याकुरेलको संयोजकत्वमा साहित्य विभाग गठन गरिएको थियो । उक्त विभागका अन्य सदस्यहरूमा चरित्रा शाह, गीता अर्याल, बोधराज प्याकुरेल र इन्दिरा गौतम रहेका छन् ।


यसै गरी फाउन्डेसनका उपाध्यक्ष ऋषिराम सापकोटाद्वारा सम्पूर्ण उपस्थित साहित्यिक एवं योगकर्मी साधकहरूलाई शब्दगुच्छा सहित स्वागत गर्नु भएको । कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुका साथै फाउन्डेसनले आगामी दिनहरूमा कला र संस्कृति विभाग समेत गठन गर्ने योजना रहेका कुरा व्यक्त गरेका थिए । संयोजक चयन भए पश्चात् लेकप्रसाद प्याकुरेलले फाउन्डेसनले २०८१ को वैशाख महिना भित्रै प्रशिक्षणात्मक कार्यक्रम आयोजना गर्ने बताएका छन् ।
कल्पना फाउन्डेसन नेपालकी कल्पना पौडेल जिज्ञासुले छिटै नै फाउन्डेसनले रु. ५ लाख रुपैयाको अक्षय कोष जम्मा गर्ने र उक्त अक्षय कोषद्वारा साहित्य र समाजसेवामा लागेका व्यक्तित्वहरुलाई पुरस्कृत गर्दै लैजाने बिचार व्यक्त गरेकी थिइन् । सो कार्यक्रमको दोस्रो चरणमा खप्तड बाबाको अर्ध कदको शालिक अगाडी रचना वाचन गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।


भेरी साहित्य समाज केन्द्रीय समितिका सदस्य बोधराज प्याकुरेलले लघुकथा वाचन गरे पश्चात निरन्तरता पाएको उक्त रचना वाचनमा इन्दिरा गौतम, गीता अर्याल लगायतका स्रष्टाहरुले समेत रचनावाचन गरेका थिए । कार्यक्रममा सवैले नयाँ वर्ष २०८१ को शुभकामना आदान–प्रदान गर्नुका साथै नृत्य सहितको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुति समेत गरिएको थियो । ज्ञान योग केन्द्र खजुराका उपाध्यक्ष रविन शर्मा, सचिव रत्ना कार्की, कोषाध्यक्ष पद्मा शर्मा, सदस्यहरूमा निलम कुँवर, मन्दिरा निरौला, निशा शर्मा, हेमलता पौडेल, समाजसेवी परशुराम शर्मा, शिक्षक शरणहरि सापकोटा, सरस्वती सापकोटा लगायत २ दर्जन साहित्यकार एवं योग साधकहरूको उपस्थितिमा रहेको थियो । कार्यक्रमको सहजीकरण फाउन्डेसनका सचिव लेकप्रसाद प्याकुरेलले गर्नुभएको थियो ।
नयाँ वर्ष २०८१ को पूर्व सन्ध्यामा आयोजित पाँच दिने भ्रमणमा समुद्री सतहदेखि ३ हजार ८४ मीटर अग्लो स्थानमा रहेको खप्तड बाबाको आश्रम अगाडी फाउन्डेसनको विभाग विस्तार गरिनुका साथै रचना वाचन गरी कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *