Thursday, November 28सत्यम खबर
Shadow

विश्व युवा सम्मेलन थाइल्यान्डमा सम्पन्न, प्रतिष्ठित युवाहरू सम्मानित

काठमाण्डौ, ३ बैशाख – विश्व युवा सम्मेलन थाइल्यान्डमा सम्पन्न भएकाे छ । ग्लाेबल युथ पार्लियामेन्टद्वारा बैंककमा आयाेजित दुई दिने द याेङ्ग एचिभर्स समिट एण्ड अवार्ड २०२४ आइतबार सम्पन्न भएकाे हाे ।

बैंककस्थित सुकुम्बितमा आयाेजित समारोहमा थाइल्यान्डकाे प्रतिनिधिसभा सांसद सुपाकाेन तांगटिफाईबुँतना र डिफेन्स कमिसनका अध्यक्ष वीराेज लाखनाडिसाेरान, याेंग जेनेरेसन नेटवर्क (वाइजिएन) काे संयाेजक नाथाकृत छाइछनाकुल, विभिन्न देशका युवा प्रतिनिधि सहभागी थिए ।

ग्लाेबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालकाअनुसार सम्मेलनमा विभिन्न देशमा प्रतिष्ठित २० जना बढी युवाहरूलाई याेंग एचिभर्स अवार्ड प्रदान गरिएकाे छ । थाइल्यान्ड निवासी लाेकेन्द्र ओली, अमेरिका निवासी अशाेक नेगी, युवा उद्यमी सुनिल खड्कालगायत नेपाली युवा पनि अवार्डबाट सम्मानित भए ।

ग्लाेबल युथ पार्लियामेन्ट अवार्ड सन् २०१७ देखि सुरूवात भएकाे हाे । याे हरेक वर्ष हुँदै आएकाे छ । युवा सम्मेलनमा ८२ भन्दा बढी देशका युवाले सहभागिता जनाइसकेका छन् ।

युथ पार्लियामेन्ट युवाहरूले आफ्नाे आवाज बुलन्द गर्ने प्लेटफर्म हाे । नेतृत्व विकास, युवा सशक्तीकरण, जलवायु परिवर्तनले युवामा पारेकाे असरलगायत वैश्विक समस्याबारे छलफल हुने गर्छ ।

यसपटक एआई प्लेटमफर्म र डिप्लाेमेसी तथा जलवायु परिवर्तनले युवाहरूमा पारेकाे प्रभावबारे छलफल भएकाे उपाध्यक्ष कैलाश श्रेष्ठले जानकारी दिए । नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *