Sunday, July 12सत्यम खबर
Shadow

आस्था

खेलकुदमा भारतका युवा स्टारको उदय

खेलकुदमा भारतका युवा स्टारको उदय

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
चेसमा १७ वर्षका गुकेशको सनसनी मनोज घिमिरे १३ बैशाख २०८१, बिहीबार चेसका १७ वर्षीय गुकेश डमराजु र क्रिकेटका मंयक यादव । तस्बिर : भारतीय सञ्चार माध्यम विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ। सन् २०२१ को टोकियो ओलम्पिकमा संसारका ठुला शक्तिलाई माथ खुवाउँदै ज्याभलिन स्टार चोपराले स्वर्ण पदक जितेका थिए। अहिले पनि संसारका शीर्ष खेलाडीको कोटीमा चोपरा यथावत छन्। तीन वर्षपछि भारतीय खेलकुदमा एउटा नयाँ स्टारको उदय भएको छ। १७ वर्षीय गुकेश डमराजुले हिकासु नाकामुरासँगको अन्तिम खेलमा बराबरी गर्दै वर्तमान च्याम्पियन डिङ लिरेनसँगको विश्व च्याम्पियनसिप भिडन्त पक्का गरे। विश्व चेसमा एकछत्र राज गरेका म्याग्नस कार्लसनले गत संस्मरण नखेल्ने निर्णय गरेपछि डिङ लिरेन विश्व च्याम्पियन बनेका हुन्। चेस खेलमा गहिराइसम्म भने भारतीय युवा खेलाडीकै प्रभाव देख...
नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ बैशाख – नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासले आज जनाएको छ । बैठकमा परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने, परियोजनाहरुको प्रारुप छनोट, कार्यान्वयन एवं अनुगमनबारे विचारविमर्श भएको थियो । दुवै पक्षले यो वर्षको मध्यतिर दुईपटक बैठक गर्ने तथा अन्त्यमा परियोजना कार्यान्वयनको समीक्षा गर्न सहमति जनाएका छन् । बैठकमा दुवै पक्षले तिब्बतसँग सिमाना जोडिएका नेपाली भूभागका जनताको जीवनस्तर सुधारमा सहयोग बढाउन पनि सहमति जनाएको उक्त महावाणिज्य दूतावासले जनाएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह...
श्री हनुमान जन्मोत्सवमा शोभा यात्रा (फोटोफिचरसहित)

श्री हनुमान जन्मोत्सवमा शोभा यात्रा (फोटोफिचरसहित)

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ बैशाख – श्री सुन्दरकाण्ड मित्र मण्डल नेपालगन्जद्वारा श्री हनुमान जन्मोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ ।मित्र मण्डलको आयोजनामा प्रत्येक वर्ष झै यस वर्ष पनि भगवान श्री हनुमान ज्यूको जन्मोत्सवलाई भब्य–सब्य तरिकाले मनाउने क्रममा अखण्ड रामायण पाठ, अष्टयास संकीर्तन एवं निशान पूजन सम्पन्न गरिएको थियो । यसैगरी बालाजीको रात्री जागरण एवम् झाँकी कार्यक्रममा भारतको विभिन्न स्थानहरुबाट आएका कलाकारहरुमार्फत भजन, किर्तन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो । रात्री जागरणमा भारतको गोण्डाका विनय म्यूजिकल ग्रुपको प्रस्तुतिमा भजन गायक गोण्डाका आदर्शले सहभागी भक्तजनहरुलाई आफ्नो गायनबाट मुन्त्रमुग्द गरेका थिए ।यसैगरी कानपुरकी भजन गायिका शेफाली, मटेराका भजन गायक बन्टी सरदारलगायतको धार्मिक साँस्कृतिक प्रस्तुतिका साथै मोन्टी नटराजन ग्रुप दिल्लीद्वारा धार्मिक नाटक मञ्च...
यादव समाजको क्यालेन्डर बिमोचन

यादव समाजको क्यालेन्डर बिमोचन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ बैशाख – यादव सेवा समाज केन्द्र केन्द्रिय समितिद्वारा एक कार्यक्रमका बिच नयाँ वर्षको क्यालेन्डर बिमोचन गरिएको छ ।यादव सेवा समाज केन्द्र केन्द्रिय समिति नेपालगन्ज बाँकेका अध्यक्ष सूर्यलाल यादवको अध्यक्षता, लुम्बिनी प्रदेशका निर्वतमान कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल यादवको प्रमुख आतिथ्यमा बिमोचन कार्यक्रम सम्पन्न भएको थियो । केन्द्रिय समितिका सचिव रमेशकुमार यादवद्वारा सञ्चालित महेन्द्र पुस्तकालयको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका निर्वतमान कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल यादव, बिशिष्ट अतिथि जानकी गाउँपालिका उपाध्यक्ष राम प्यारी यादव, सल्लाहकारद्वय शिक्षा विकास तथा समन्वय इकाई नेपालगन्जका प्रमुख रामसुरेश यादव, महेन्द्र पुस्तकालय नेपालगन्ज व्यवस्थापन समितिका अध्यक्ष बलराम यादव, जानकी गाउँपालिका वार्ड नं.६ का पूर्व वडाध्यक्ष सुरेश...
श्री माध्यमिक बिद्यालय जोगागाउँमा बिद्यार्थी भर्ना अभियान शुरु

श्री माध्यमिक बिद्यालय जोगागाउँमा बिद्यार्थी भर्ना अभियान शुरु

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, १०  बैशाख – जानकी वैशाख २ गते बाँकेको जानकी गाउँपालिका वडा नं. २ स्थित श्री माध्यमिक बिद्यालय जोगागाउँले बिद्यार्थी भर्ना अभियान शुरु गरेको छ ।बिद्यालयका प्रधानाध्यापक जीतबहादुर बर्माका अनुसार सरकारले तोकेको मितिदेखि बिद्यालयमा भर्ना अभियान शुरु भएको हो । सबै बालबालिकालाई बिद्यालय ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्ति सुनिश्चितता’ भन्ने नाराका साथ यस वर्षको भर्ना अभियान सञ्चालन गरिएको छ । भर्ना अभियानका क्रममा बिद्यालयले १ देखि ९ कक्षासम्म अध्ययन गर्ने आफ्ना बालबालिकालाई समय मै बिद्यालयमा भर्ना गर्न अभिभावक तथा परिवारलाई अनुरोध गरिएको प्राधानाध्यापक बर्माले बताउनुभयो । माध्यमिक कक्षासम्मको अध्ययन अध्यापन गरिरहेको बिद्यालयले अनुभवी प्रअ र शिक्षकहरुमार्फत कक्षा सञ्चालन तथा बिषयगत शिक्षकहरुको व्यवस्था रहेको प्रअ बर्माले जानकारी दिनुभयो । ...
गाैहत्या गर्नेमाथि कार्यवाहीकाे मांग गर्दै ज्ञापनपत्र बुझाईयाे

गाैहत्या गर्नेमाथि कार्यवाहीकाे मांग गर्दै ज्ञापनपत्र बुझाईयाे

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० बैशाख - ५ महिनाकी गर्भवती गाईको हत्या भएको खबर बाहिर आएपछी राष्ट्रिय एकता अभियानले सो को विरुद्धमा नेपालगन्जमा प्रदर्शन गरेको छ । अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवको नेतृत्वमा भएको सो प्रदर्शनमा हत्यारालाई कार्वाहीको मांग गरिएको छ। अध्यक्ष यादब गौहत्याले हिन्दु समुदायको धार्मिक आस्थामा चोट पुर्‍याउने र धार्मिक सहिष्णुता माथी प्रहार गरेको बताए । अभियानले सो जघन्य कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई तुरुन्त र कडा कानुनी कारबाहीको मांग गरेको छ। साथै, अभियानले हिन्दू समुदायको आस्था र भावनामा जानीजानी प्रहार गरिएकोले सो घटनालाई देशैभरी जारी जिहादको एक अंगका रूपमा रहेको समेत दावी गर्दै जिल्ला प्रशाशन कार्यालय पुगी अपराधीलाई कार्यवाहीको मांग गर्दै प्रमुख जिल्ला अधिकारी श्रावणकुमार पोखरेललाई ज्ञापन पत्र समेत बुझाएको छ। अभियानका बाँके जिल्ला संयोजक राजकुमार रौनियार द्वारा...
सबैको सम्मान हुने गरी महासंघको विवाद टुंगियोस् : मन्त्री चौधरी

सबैको सम्मान हुने गरी महासंघको विवाद टुंगियोस् : मन्त्री चौधरी

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ९ वैशाख – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुने गरी पत्रकार महासंघको संस्थापकको विवाद टुंगो लाग्नुपर्ने बताउनु भएको छ ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आयोजना गरेको नेपाल पत्रकार महासंघको स्थापना दिवस र र सत्यनारायण बहादुर श्रेष्ठको योगदान विषयक संवाद कार्यक्रम तथा फोनिज युके पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।चौथो अंगको रूपमा सबैले स्वीकार गरेको पत्रकारिता क्षेत्रको साझा संस्थालाई सबैले अपनत्व गर्ने संस्थाको रूपमा विकास गर्न उहाँले आग्रह गर्नुभयो । पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराई सबैले मान्ने राष्ट्रको नेता भएको भन्दै मन्त्री चौधरीले नेता भट्टराईलाई त्यागी नेताका रूपमा बुझ्ने गरिएको बताउनुभयो । ‘पत्रकार महासंघको स्थापनाका सन्दर्भमा महासंघ आ...
मिस नेपालको अडिसनको लागि आवेदन दिन आमन्त्रण

मिस नेपालको अडिसनको लागि आवेदन दिन आमन्त्रण

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ बैशाख – द हिडन टे«जरले अति प्रतीक्षित मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला गरेको छ । यस प्रतिष्ठित प्रतियोगिताको लागि नेपाली इच्छुक युवतीहरुलाई आवेदन दिन आमन्त्रण गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जनाईएको छ ।मिस नेपाल २०२४ को ग्रान्ड फिनाले श्रावण १९ गते गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ भने ग्रान्ड फिनालेको प्रत्यक्ष प्रशारण कान्तिपुर भिटीबाट हुने आयोजकद्वारा जनाईएको छ । oplus_0 मिस नेपाल विजेताहरु अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गरेर फर्किएका छन् । जुन नेपालका लागि गौरवणीय पक्षहरु हुन । मिस नेपाल इन्टरनेशनल २०२३–प्रसिद्धि टोकियोमा अक्टोबर २६, २०२३ मा सम्पन्न मिस इन्टरनेशनलमा, मिस नेपाल अर्थ २०२३– रैना मजगैया भियतनाममा डिसेम्बर २०, २०२३ मा सम्पन्न मिस अर्थमा र मिस नेपाल वल्र्ड २०२२– प्रियंका रानी जोशी भारतमा मार्च ९, २०२४ मा सम्पन्न मिस वल...
वार्षिकोत्सवमा २७ जनाले गरे रक्तदान

वार्षिकोत्सवमा २७ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ बैशाख – सिटिजन्स बैंक इन्टरनेशनलको १७ औं वार्षिकोत्सवको अवसर विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसराम शुक्रवार बैंक कर्मचारी व्यवसायी, बिद्यार्थी लगायत २७ जनाले रक्तदान गरेका छन् ।सिटिजन्स बैंक इन्टरनेशनल नेपालगन्ज शाखाको आयोजनामा वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेशनलका क्षेत्रीय उपप्रबन्धक बिनय गौतम र नेपालगन्ज शाखाका प्रबन्धक गोबिन्द पन्तले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्राविधिक सोम प्रकाश सापकोटा, होमराज गिरीलाई संयुुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । १७ औं वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंक इन्टरनेशनल क्षेत्रीय उपप्रबन्धक बिनय गौतम, गुलरिया शाखाकी तेजिता आचार्य, लमही शाखाका प्रबन्धक मोहन सिग्देल, कोहलपुर शाखाका प्रबन्धक दिनेश कुमार ढुंगाना, सुशान्त पन्थी, गणेश...
भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक काठमाडौं – भारतमा आजदेखि आम निर्वाचन सुरु भएको छ । सात चरणमा हुने लोकसभा चुनाव आजदेखि सुरु भएको हो । पहिलो चरणमा नेपालसँग सीमा जोडिएका पाँचवटै राज्यहरु- सिक्किम, पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्डसमेत २१ राज्यमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ । पहिलो चरणमा २१ राज्यका केही मतदान केन्द्रहरु र केन्द्र शासित प्रदेशका समेत गरी १०२ सिटमा मतदान हुँदैछ । लोकसभाका कुल ५४३ सिटका लागि हुने निर्वाचन ८० दिनसम्म चल्ने छ । पहिलो चरणमा अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय र मिजोरममा मतदान भइरहेको छ । आज पहिलो चरणमै नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तरप्रदेश, उत्तराखण्ड, पश्चिम बंगालमा पनि मतदान भइरहेको छ । केन्द्र शासित अण्डमान निकोबार, जम्मू कश्मीर, लक्षद...