Sunday, July 12सत्यम खबर
Shadow

आस्था

जेष्ठ नागरिकलाई कानूनी अभिमुखीकरण

जेष्ठ नागरिकलाई कानूनी अभिमुखीकरण

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ बैशाख – नेपालगन्जको उपमहानगरपालिका ३ वडाका जेष्ठ नागरिकहरुलाई कानूनी अभिमुखीकरण तथा क्षमता विकास तालिम दिइएको छ ।नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा, मेरो प्लानेट बाबुगाउँमा सञ्चालित जेष्ठ नागरिकका लागी कानूनी अभिमुखीकरण तथा क्षमता विकास तालिममा वार्ड नं. १४, १५ र २३ का ५५ जना जेष्ठ नागरिकहरुले भाग लिएका थिए । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१५ का वडा सदस्य मेराज अलीको अध्यक्षतामा, नेपालगन्ज उपमहानगरपालिका वाडं न(२३ का वडाध्यक्ष जब्बर अलीको प्रमुख आतिथ्यमा सम्पन्न, नेपालगञ्ज उपमहानगरपालिका वार्ड नं.१४ का वडाध्यक्ष मजहर अली साईको आतिथ्यमा सम्पन्न भएको थियो । उद्घाटन समारोहमा राष्ट्रिय गान, परिचयका कार्यक्रमका साथै जेष्ठ नागरिकहरुको हक अधिकार सम्बन्धि प्रशिक्षण अधिवक्ता चित्र बहादुर केसीले दिनुभएको थियो । कार्यक्रम सञ्चालन तथा स्वागत मन्तव्य नेपालगन्ज नगर स्तरीय ...
काठमाडौं नजिकै भेटियो डाँफे जोडी (तस्बिरसहित)

काठमाडौं नजिकै भेटियो डाँफे जोडी (तस्बिरसहित)

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १९ बैशाख – काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो । हामीलाई पनि यस्तै लागेको थियो । तपाईँले देख्नुभएको डाँफे जोडीको तस्बिर दोलखाको डाँङडुँगे डाँडा पनि भनिने लाकुँरीडाँडमा खिचिएको हो । जहाँ काठमाडौंबाट मोटरबाटो हुँदै करिब चार घण्टामै पुग्न सकिन्छ । लामोसाँघु–जिरी सडक खण्डमा रहेको खरिढुङ्गा बजारबाट ६ किलोमिटरको दूरीमा छ, दोलखाको डाँङडुँगे डाँडा । समुन्द्री सतहबाट करिब ३२ सय मिटर उचाइमा रहेको यो क्षेत्रमा डाँफे पाइने जानकारीमा भए पनि तस्बिर भने पहिलो पटक खिचिएको भीमेश्वर नगरपालिका–९ का वडा अध्यक्ष हिमाल श्रेष्ठ बताउँछन् । डकुमेन्ट्री प्रोडक्सनमा सक्रिय राइज मिडियाको टोलीले सो क्षेत्रमा भाले र पोथी डाँफेको तस्बिर पहिलो पटक खिचेको हो । सोही वडाका स्थानीय बासिन्दा जीत बहादुर श्रे...
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिक महिला रक्षा सघंको ¥याली

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिक महिला रक्षा सघंको ¥याली

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १९ बैशाख – आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा राजधानीमा आज श्रमिक महिला रक्षा सघंले ¥याली निकालेको छ । मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरुको हकहितका लागि विभिन्न नाराका साथ उनीहरूले ¥याली निकालेका हुन् ।ठमेल सञ्चय कोष अघिबाट सुरु भएको ¥याली दरबारमार्ग, रत्नपार्क, सहिदगेट, सुन्धारा हुँदै पुन शान्तिबाटिका आइपुगेको हो ।यस वर्ष दिवसको नारा ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ तय गरिएको छ । यो दिवस हरेक वर्ष मे १ तारिकका दिन विश्वभर मनाउने गरिन्छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घण्टा आराम र आठ घन्टा मनोरञ्जनको नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा श्रमिक दिवस मनाउन थालिएको हो ।...
हैदारावादमाथि चेन्नईको सानदार जित

हैदारावादमाथि चेन्नईको सानदार जित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १७ बैशाख – चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादमाथि सानदार जित निकालेको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नईले हैदरावादविरूद्ध ७८ रनको सानदार जित निकालेको हो। २१३ रनको लक्ष्य पछ्याएको हैदरावाद १८.५ ओभरमा १३४ रन बनाएर अल आउट भयो। हैदरावादलाई अल आउट गर्ने क्रममा तुसार देशपाण्डेले ४ विकेट लिए। मुस्ताफिजुर रहमान र मथिशा पाथिरनाले २/२ तथा रविन्द्र जडेजा र शार्दुल ठाकुरले १/१ विकेट लिए। चेन्नईको कसिलो बलिङमा हैदरावादका ट्राविस हेड १३, अभिषेक शर्मा १५, हेनरिच क्लासेन २०, नितिश कुमार रेड्डी १५, अब्दुल शामद १९ र अनमोलप्रीत सिंह शून्य रनमा आउट भए। ऐडेन मक्रमले सर्वाधिक ३२ रन बनाए। २६ बल खेलेका उनले ४ चौका प्रहार गरे। घरेलु मैदानमा पहिले ब्याटिङ गरेको चेन्नईले तीन विकेटको क्षतिमा २१२ रनको योगफल तयार पारेको थियो। त्यसक्रममा कप्तान रूतुराज ...
यही आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात हुन्छ: प्रधानमन्त्री

यही आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात हुन्छ: प्रधानमन्त्री

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ बैशाख – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बंगलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिने बताएका छन्। मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसनको उद्घाटन गर्दै प्रधाननमन्त्री प्रचण्डले गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले बजार सुनिश्चित गरेको बताएका हुन्। ‘उक्त सहमतिलाई मूर्तरुप दिन अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छ । यो नेपालको जलविद्युत् विकास र बजार सुनिश्चिताका लागि अर्को महत्त्वपूर्ण र ऐतिहासिक खुड्किलो हुने मैले विश्वास लिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल, भारत र बंगलादेशका निकायहरूबीच त्रिपक्षीय सम्झौता छिट्टै हुँदै छ । यसले नेपालको जलविद्युत्को बज...
मासिक ६० लाख अफगानीलाई विश्व खाद्य कार्यक्रमद्वारा सहयोग

मासिक ६० लाख अफगानीलाई विश्व खाद्य कार्यक्रमद्वारा सहयोग

आर्थिक, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १७ बैशाख – अफगानिस्तान मानवीय संकटसँग लडिरहेको बेला विश्व खाद्य कार्यक्रमले त्यहाँ हरेक महिना ६० लाख मानिसहरूलाई खाद्यान्न र नगद वितरण गरिरहेको खामा प्रेसले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायले प्रेस विज्ञप्तिमार्फत, अफगानिस्तानमा यस वर्ष दुई करोड ३७ लाख मानिसहरूलाई मानवीय सहायताको आवश्यकता पर्ने बताएको छ । संयुक्त राष्ट्रको अनुमान अनुसार अफगानिस्तानमा करिब एक करोड ५८ लाख मानिसहरूले खाद्य असुरक्षा संकट र आपतकालीन स्तरहरू अनुभव गर्नेछन् । त्यहाँका मानिसका आधारभूत आवश्यकता पूरा गर्न संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला समन्वय कार्यालयले तीन अर्ब ६० करोड अमेरिकी डलरको बजेट माग गरेको खामा प्रेसले जनाएको छ । यसैबीच, पाकिस्तान, इरान र टर्कीजस्ता सीमा जोडिएका छिमेकी देशबाट जबरजस्ती निर्वासनका प्रतिवेदन आएको र यसले मानवीय सङ्कटलाई अझ बढाएको छ । अफगानिस्तान केही समयदे...
दुबईद्वारा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल टर्मिनलको निर्माण सुरु

दुबईद्वारा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल टर्मिनलको निर्माण सुरु

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ बैशाख – अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्सका शासकले करिब ३५ अर्ब डलरको लागतमा बन्ने उक्त टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने बताए । दुबईका शासक तथा संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मकतुमले सामाजिक सञ्जाल एक्समा भने, “हामीले मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ यात्री टर्मिनको डिजाइनलाई स्वीकृति दिएका छौँ, एक खर्ब २८ अर्ब एइडी ९३४ अर्ब ८५ करोड अमेरिकी डलर० को लागतमा भवनको निर्माण सुरु भइरहेको छ ।” एक पटक पूर्णरूपमा सञ्चालन भएपछि विमानस्थलले ‘वार्षिक २६ करोड यात्री क्षमताको व्यवस्थापन गर्ने’ सरकारले एक विज्ञप्तिमा जनाएको छ । शेख मोहम्मदका अनुसार विमानस्थल ‘विश्वको सबैभन्दा बढी क्षमता’ को हुनेछ र ‘हालको दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आकारको पाँच ग...
४३ जनाले गरे रक्तदान

४३ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ बैशाख – नेपालगन्जमा नेपाल राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा शनिवार आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ४३ जनाले रक्तदान गरेका थिए ।६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखाका उपनिर्देशक रामकुमार कार्कीले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्राविधिक राजेन्द्र महतरालाई संयुुक्त रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखाका सहायक निर्देशक किरण दिक्षितको संयोजकत्वमा ६९ औं वार्षिकोत्सवको अवसरमा पुष्पराज जोशी, सरोज सुवाल, नेत्र बोगटी, सुवेश श्रेष्ठ, मनकुमारी रोका, सागर अधिकारी, दिलबहादुर थारु, हिमाल पाण्डे, रोशन गुरुङ्ग, संगीता बराल, सीता खडका, ममिता कुवँर, सोनु रिजाल, सन्दिप लामिछाने, गीताकुमारी भुषाल, ममता रावत, रेणु सुनाल, बिन्दु पन्थी...
लगानी सम्मेलनमा सरकारी हेल्चेक्य्राइँ : तयारी नगर्दा पौने दुई खर्बका परियोजनामा सम्झौता असम्भव

लगानी सम्मेलनमा सरकारी हेल्चेक्य्राइँ : तयारी नगर्दा पौने दुई खर्बका परियोजनामा सम्झौता असम्भव

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ बैशाख – तेस्रो लगानी सम्मेलनमा लगानीकर्तालाई आश्वस्त पार्नेगरी सरकारले पूर्वतयारी र वार्ता प्रकृया अघि बढाउन नसक्दा महत्वपूर्ण चार परियोजनामा कुनै सम्झौता नहुने भएको छ । सम्मेलन आयोजनाको तयारीदेखि नै सरकारले जोडतोडले प्रचार गरेका पौने दुई खर्बका चार परियोजनामा तत्काल कुनै सम्झौता नहुने भएको हो । प्रधानमन्त्री अध्यक्षताको लगानी बोर्ड कार्यालयले आवश्यक पूर्वतयारी नगर्दा चीन-नेपाल मैत्री ‍औद्योगिक पार्क, अप्पर मर्स्याङदी – २ जलविद्युत् आयोजना, २५० मेगावाटको ग्रीड कनेक्सन (२५० मेगावाट) र डाबर नेपालसँग सम्झौता नहुने भएको हो । यी आयोजना विकास गर्न सरकारले प्रवर्द्धकहरूसँग परियोजना विकास सम्झौता (पीडीए) र परियोजना लगानी सम्झौता (पीआइए) गर्ने जनाएको थियो । चीन-नेपाल मैत्री औद्योगिक पार्क, अप्पर मर्स्याङ्दी-२ जलविद्युत आयोजना र ग्रीड कनेक्टेड सोलार आयोजनासँग पीडीए र डा...
नेपाल-भारत संयुक्त सुरक्षा बैठक सम्पन्न

नेपाल-भारत संयुक्त सुरक्षा बैठक सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
भारतको श्रावस्ती जिल्लामा आगामी मे २५ तारिखका दिन हुन गइरहेको लोकसभा निर्वाचनलाई दृष्टिगत गर्दै सुरक्षा व्यवस्थाका बारेमा छलफल गर्न श्रावस्ती जिल्लाको सदरमुकाम भिङ्गामा नेपाल र भारतका सीमा क्षेत्रका सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । भारतीय सीमावर्ती जिल्ला श्रावस्तीका डिष्ट्रिक मजिष्ट्रेट कृतिका शर्माको निमन्त्रणमा बाँके र दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी प्रमुखहरूको एक दिने समकक्षी समन्वय बैठक बिहीबार सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । श्रावस्ती जिल्लामा मे २५ तारिखका दिन हुन गइरहेको लोकसभा निर्वाचनमा दुवै देशका सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने बैठकको मुख्य एजेन्डा रहेको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार दुई देशका सीमा क्षेत्रमा ...