Thursday, November 28सत्यम खबर
Shadow

श्री हनुमान जन्मोत्सवमा शोभा यात्रा (फोटोफिचरसहित)

नेपालगन्ज, १२ बैशाख – श्री सुन्दरकाण्ड मित्र मण्डल नेपालगन्जद्वारा श्री हनुमान जन्मोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ ।
मित्र मण्डलको आयोजनामा प्रत्येक वर्ष झै यस वर्ष पनि भगवान श्री हनुमान ज्यूको जन्मोत्सवलाई भब्य–सब्य तरिकाले मनाउने क्रममा अखण्ड रामायण पाठ, अष्टयास संकीर्तन एवं निशान पूजन सम्पन्न गरिएको थियो ।


यसैगरी बालाजीको रात्री जागरण एवम् झाँकी कार्यक्रममा भारतको विभिन्न स्थानहरुबाट आएका कलाकारहरुमार्फत भजन, किर्तन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो । रात्री जागरणमा भारतको गोण्डाका विनय म्यूजिकल ग्रुपको प्रस्तुतिमा भजन गायक गोण्डाका आदर्शले सहभागी भक्तजनहरुलाई आफ्नो गायनबाट मुन्त्रमुग्द गरेका थिए ।
यसैगरी कानपुरकी भजन गायिका शेफाली, मटेराका भजन गायक बन्टी सरदारलगायतको धार्मिक साँस्कृतिक प्रस्तुतिका साथै मोन्टी नटराजन ग्रुप दिल्लीद्वारा धार्मिक नाटक मञ्चन गरिएको थियो ।

oplus_0


यसैगरी सोको बिहान अर्थत मंगलबार बिहान ७ बजे शोभा यात्रा निकालिएको थियो । शोभा यात्रामा करीब ५ हजार भन्दा बढी भक्तजनहरुको सहभागिता रहेको शोभा यात्रालाई उपमहानगरको विभिन्न स्थानमा परिक्रमा गराईएको थियो । शोभा यात्रा हनुमान गौशालादेखि हनुमानगढी, धम्बोझी चौक, पुष्पलाल चोक, न्यूरोड, सदरलाईन, त्रिभुवन चौक, बीपी चौक हुँदै हनुमान गौशाला पुगि बिर्सजन गरिएको थियो ।


त्यस लगत्तै भगवान श्री हनुमानको पाठ बाचनका साथै श्राद्धलुहरुलाई प्रसाद (भण्डारा) को व्यवस्थापन गरी बृहत भण्डारा कार्यक्रम सञ्चालन गरिएको थियो । आयोजकद्वारा दिईएको जानकारी अनुसार करीब १५ हजार श्रद्धालू भक्तजनहरुले हनुमत गौशालामा पुगि भगवानको प्रसाद ग्रहण गरेका थिए ।


यसैगरी खाटु श्याम मन्दिरमा समेत भगवान श्री हनुमानको जन्मोत्सवलाई भब्य–सब्य रुपले मनाईएको थियो । खाटु श्याम मन्दिरबाट निकालिएको मोटरसाईकल तथा पैदल ¥यालीलाई नगरको विभिन्न स्थानमा परिक्रममा गराउँदै सीमानाका रुपैडिहासम्म पुगेका थिए । भगवानको रामको नारासहित हनुमानजीको विभिन्न नामको बाचन गर्दै सहभागीहरुले नारा लगाएका थिए ।


सोही अनुसार मंगलबार रात्री जागरण कार्यक्रम सम्पन्न गरिएको थियो । रात्री जागरण कार्यक्रममा विभिन्न भजन–किर्तन गायकहरुद्वारा धार्मिक प्रस्तुति प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा समेत करीब १० हजार बढी श्रद्धालू भक्तजनहरुको सहभागिता रहेको जनाईएको छ ।


यसैगरी नेपालगन्ज उपमहानगरपालिका भित्र प्रशासनले विगतका गतिविधिले गर्दा सुरक्षा अवस्था चुस्त–तुरुस्त राखेको थियो । शोभा यात्राको तय रुटमा प्रहरीहरु परिचालन गर्नुका साथै सम्वेदनशिल मानिएको बिपि चौकदेखि त्रिभुवन चौकसम्म विभिन्न घरको छतमाथि सुरक्षाकर्मी तैनाथ गरि सुरक्षा प्रदान गरेका थिए । प्रशासनको यस्तो सतर्थकतालाई उपमहानगरबासीहरुले सराहनीय कार्य गरेको बताएका छन् । विगतमा लगाईएको बैरीकट बारे जति आलोचना प्रहरी प्रशासनको गरे पनि नगरबासीले यसपटकको शोभा यात्रामा प्रहरी प्रशासनले गरेको कार्यलाई साधुवाद दिएका छन् ।


यसैगरी शोभा यात्राको समयमा श्रद्धालूहरुलाई विभिन्न स्थानमा स्वागत गर्दै जलपानको व्यवस्थापन समेत गरिएको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य उक्त कार्यमा आफै खटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *