Monday, July 13सत्यम खबर
Shadow

आस्था

चन्द्रमाको २ केजी माटो लिएर फर्किँदै चिनियाँ चाङ–इ–६ यान

चन्द्रमाको २ केजी माटो लिएर फर्किँदै चिनियाँ चाङ–इ–६ यान

आस्था, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २४ जेठ – चीनले गत मे ३ तारिखमा चाङ–इ–६ मुन ल्यान्डर प्रक्षेपण गरेको थियो । चिनियाँ अन्तरिक्ष मिसनले मुन ल्यान्डर चन्द्रमाको अँध्यारो भागबाट माटो निकाल्न सफल भएको जनाएकाे छ । उक्त यानले चन्द्रमाबाट २ केजी माटो लिएर आउँदैछ । चीन यस्तो गर्ने विश्वको पहिलो देश बनेको छ। चन्द्रमाको दक्षिणी भागबाट माटोको नमूनाहरू सङ्कलन गर्न, चन्द्रमा ल्यान्डरमा ड्रिल गर्न, खन्न र त्यसपछि भग्नावशेष उठाउन मेकानिकल हात स्थापना गरिएको थियो । चीनको अन्तरिक्ष एजेन्सी नेशनल स्पेस एडमिनिस्ट्रेसनले यो नमूनाको विश्लेषण गरेर अन्तरिक्ष वैज्ञानिकहरूले चन्द्रमा, पृथ्वी र सौर्यमण्डलको निर्माण र विकाससँग सम्बन्धित सुराग प्राप्त गर्न सक्ने बताएको छ। यो डाटा चीनको आगामी चन्द्रमा मिसनहरूमा पनि प्रयोग गरिनेछ । चन्द्रमाबाट माटो सङ्कलन गरेपछि चाङ–इ–६ ले पहिलो पटक चन्द्रमाको दक्षिणी भागमा चिनियाँ झण्डा फहराएको ...
आप्रवासीलाई सीमाबाट फर्काउने वाइडेन नीतिको तरङ्ग

आप्रवासीलाई सीमाबाट फर्काउने वाइडेन नीतिको तरङ्ग

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य
मनोज घिमिरे२४ जेठ २०८१, बिहीबारअमेरिकी राष्ट्रपति जो वाइडेनले मेक्सिको सीमा क्षेत्रबाट प्रवेश गर्ने गरेका आप्रवासी तथा शरणार्थीको चाहना राख्नेका लागि नयाँ नीति तर्जुमा गर्ने बताएका छन्। सीमा क्षेत्रमा आप्रवासीको सङ्ख्या बढ्दै गएको समयमा यो नीति तय भएको हो। सीमा क्षेत्रबाट अवैध आप्रवासी रोक्न नसकेको भन्दै वाइडेन प्रशासनको आलोचना भइरहेको बेला उनले यो नीति ल्याएका हुन्। अप्रवासी रोक्न नसकेको आरोपले उनलाई आसन्न निर्वाचनमा कमजोर बनाएको अनुमान गरिएको थियो।यो नयाँ नीति अनुसार अवैध आप्रवासीलाई शरणार्थीको प्रक्रिया अघि बढाउन नदिएर अमेरिकी अधिकारीले सिधै फर्काउन सक्नेछन्। यो नयाँ अमेरिकी नीतिको उद्देश्य अमेरिकी आप्रवासी अदालतमा दबाब कम गर्नु पनि हो। उनले मंगलबार साँझ नै सीमा क्षेत्रमा धेरै सहरका मेयरलाई यो नयाँ नीतिका बारे जानकारी गराएका छन्। यो नीतिले सीमामा आप्रवासीको चाप कम हुने अनुमान गरिएको छ। ...
भारतको अरुणाचल र सिक्किम विधानसभामा सत्तारुढ दललाई फराकिलो बहुमत

भारतको अरुणाचल र सिक्किम विधानसभामा सत्तारुढ दललाई फराकिलो बहुमत

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ जेठ – भारतको उत्तरपूर्वी दुई राज्यहरू अरुणाचल प्रदेश र सिक्किम दुवै राज्यमा सत्तारुढ दलले भारी बहुमत ल्याउने देखिएको छ । अरुणाचल प्रदेशमा भाजपा नेतृत्वको एनडीए गठबन्धन अहिलेसम्म ६० मध्ये ४५ सिटमा अगाडि छ । त्यस्तै, सिक्किममा सत्तारुढ एसकेएम पार्टीले ३२ सिटमध्ये ३१ सिटमा अग्रता लिएको छ । यसैबीच दुबै प्रदेशका मजदुरहरुले उत्सव मनाउन थालेका छन् । दुवै प्रदेशका मुख्यमन्त्री र राज्यपालबीच आजै दिउँसो भेटवार्ता हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दुवै राज्यमा मुख्यमन्त्रीले आ–आफ्नो सिट जितेका छन् । २०१९ अरुणाचल प्रदेश विधानसभा चुनावमा, बीजेपीले ४१ सीट जित्यो र पेमा खान्डु मुख्यमन्त्री बने । कांग्रेसले ४ सिट मात्र जितेको थियो भने जनता दल युनाइटेड (जेडीयू) र एनपीपीले क्रमशः ७ र ५ सिट जितेका थिए । यसअघि २०१४ मा भएको अरुणाचल प्रदेश विधानसभा चुनावमा कांग्रेसले ४२ सिट ज...
मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री बन्ने भएपछि चीनको ग्लोबल टाइम्समा छापियो प्रशंसाले भरिएको लेख

मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री बन्ने भएपछि चीनको ग्लोबल टाइम्समा छापियो प्रशंसाले भरिएको लेख

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ जेठ – नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री बन्ने निश्चित रहेको एग्जिट पोलले देखाएको छ। प्रारम्भिक नतिजामा पनि भारतीय जनता पार्टी नै अगाडि छ। यसै सन्दर्भमा चीनको मुखपत्र ग्लोबल टाइम्समा एउटा लेख छापिएको छ, जसमा पनि भनिएको छ, मोदी तेस्रो पटक जित्ने सम्भावना छ। मोदी राष्ट्रिय र विदेश नीतिलाई पहिलेजस्तै नै राख्ने र भारतको आर्थिक वृद्धिलाई बढवा दिने लेखमा उल्लेख छ। लेखमा उल्लेख भएअनुसार चिनियाँ एक्सपर्टहरुले पनि भारत र चीनबीचको सहयोगमा जोड दिएका छन् भने मतभेद कम गर्न खुला संवाद हुनुपर्ने बताएका छन्। बेइजिङको सिन्घु विश्वविद्यालयको राष्ट्रिय रणनीतिकार अनुसन्धान विभागका निर्देशक कियान फेंगले भनेका छन्, ‘चुनाव जितेपछि मोदीको ध्यान केही वर्ष देशलाई अमेरिका र चीनपछि तेस्रो अर्थ व्यवस्था बनाउनमा हुनेछ। मोदी रणनीतिक दृष्टिकोणमा कुटनीतिक माध्यमबाट भारतलाई विश्वमा ...
ट्रम्प र बाइडेन बाहेक अमेरिकामा तेस्रो राष्ट्रपति उम्मेद्वार ओलिभर को हुन् ?

ट्रम्प र बाइडेन बाहेक अमेरिकामा तेस्रो राष्ट्रपति उम्मेद्वार ओलिभर को हुन् ?

आस्था, राजनीति, विदेश, समाचार
काठमाण्डौ, २४ जेठ – जब मतदाताहरू अमेरिकी राष्ट्रपतिको चुनावको लागि मतदान गर्न जान्छन्, उनीहरूले मतदान केन्द्रमा उम्मेद्वारको रूपमा कम चिनिने व्यक्तित्व पनि देख्न सक्छन्, त्यो चेज ओलिभर हो । चेज ओलिभर यस वर्ष लिबर्टेरियन पार्टीको राष्ट्रपति पदका उम्मेदवार हुन् । राष्ट्रिय स्तरमा झन्डै एक प्रतिशत मत जित्ने यो सानो राजनीतिक दल हो । साथै, यो पार्टी नागरिक स्वतन्त्रताको प्रवर्द्धनका लागि परिचित छ । अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार बन्नको लागि न्यूनतम उमेर ३५ वर्ष, चेज ओलिभरको उमेर ३८ वर्ष छ । उनी यस वर्षको चुनावमा अहिलेसम्मकै कान्छो उम्मेदवार हुन् । उनी खुलेर आफूलाई समलिङ्गी भनेर बोलाउने एकमात्र उम्मेदवार पनि हुन् । उनको यो कदमले समलिङ्गी नेताहरुका लागि उदाहरण बस्ने विश्वास छ । जर्जियाका पूर्व कङ्ग्रेसका उम्मेदवार चेजले यस चुनावमा आफूलाई तेस्रो पक्ष भेट्टाए, जहाँ इतिहास आफैं दोहोरिन...
नैतिक संकटमा ओली, बालेनलाई जवाफ पनि दिन सकेनन्

नैतिक संकटमा ओली, बालेनलाई जवाफ पनि दिन सकेनन्

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २४ जेठ – एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरका मेयर बालेन शाहबीच नोकझोँक चलिरहेको छ। बालेन फेसबुकबाट ओलीलाई प्रहार गर्दै आएका छन् भने ओली सार्वजनिक मञ्चबाट बालेनको आलोचना गर्दै आएका छन्। पछिल्लो पटक सर्वाेच्च अदालतले गिरीबन्धू टि इस्टेट प्रकरणमा ओली नेतृत्वको गरेको निर्णय बदर गरिदिएपछि उनी नैतिक संकटमा छन्। बालेन भने यही मुद्दालाई जोडतोडका साथ उठाइरहेका छन्। न्यूरोडमा महानगरले फुटपाथ विस्तार थालेपनि भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको सडक विभागले हस्तक्षेप गरेपछि आक्रोशित भएका बालेनले सोमबार मात्र ओलीलाई नै निसाना बनाए। उनले भने ‘१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू।’ भन्दै चेतावनी दिएका थिए। भौतिक पूर्वाधार मन्त्रालय एमाले नेता रघुवीर महासेठले सम्हालेका छन्। केही दिन अघि मात्र ओलीले फुटपाथ विस्तारको आल...
वातावरण दिवसमा भारतीय दूतावासले ललितपुरमा गर्‍यो वक्षारोपण

वातावरण दिवसमा भारतीय दूतावासले ललितपुरमा गर्‍यो वक्षारोपण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २४ जेठ – नेपालस्थित भारतीय दूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा विश्व वातावरण दिवसका अवसरमा बुधबार वृक्षारोपण कार्यक्रम गरेको छ। ललितपुर-१ स्थित संकटा पुल, चारधाम मन्दिर परिसर नजिकै आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी, ललितपुर महानगरका चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए।कार्यक्रममा वातावरणको संरक्षण र जर्गेना हेतु साझा प्रतिवद्धतामा विशेष जोड दिइएको थियो। नेपालका लागि भारतीय राजदूतले आफ्नो सम्बोधनमा वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्ने बारे व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्न विश्व वातावरण दिवसको अवसरमा यो विशेष कार्यक्रमको आयोजना गरिएको बताए। वनमन्त्री सुडी र ललितपुरका मेयर महर्जनले भावी पुस्ताका लागि पृथ्वीको संरक्षण...
कंग्रेससहितका दलहरू गठबन्धन गरेर उत्रिदा पनि विजेपीलाई भेट्टाउन सकेनन्, फेरि मोदी नै प्रधानमन्त्री

कंग्रेससहितका दलहरू गठबन्धन गरेर उत्रिदा पनि विजेपीलाई भेट्टाउन सकेनन्, फेरि मोदी नै प्रधानमन्त्री

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ जेठ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालमा पनि प्रधानमन्त्री बन्ने भएका छन्। लोकसभा निर्वाचनको मतपरिणाम अनुसार भारतीय जनता पार्टी (विजेपी) नै पहिलो दल बनेको छ। सन् ०१४ देखि लगातार भारतको प्रधानमन्त्री रहेका मोदी आगामी कार्यकालमा पनि नेतृत्व गर्ने निश्चित बनेको हो। भारतमा भारतीय जनता पार्टी नेतृत्वमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) र भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको इन्डियन नेसनल डेभलपमेन्टल इन्क्लुसिब अलायन्स (आइएनडिआइए) गठबन्धन थियो। तर, कंग्रेससहितका दलहरु गठबन्धन गरेर उत्रिदा पनि विजेपीलाई भेट्टाउन सकेका छैनन्। ५४३ सिटका लागि भएको निर्वाचनमा विजेपी २४० निर्वाचन क्षेत्रमा विजयी भएको छ। तर, तर विपक्षी गठबन्धनको २३४ सिट मात्र छ। एनडिए गठबन्धनका सहयोगी दलहरूसँग मिलेर विजेपी नेतृत्वको गठबन्धनले २९६ सिट ल्याएको छ, जुन सहज बहुमत हो। भारतमा ...
तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

आस्था, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य
– शालिग्राम पाण्डे२०८१ जेठ २४ गते, बिहिबार नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन २०८१ जेठ २६ गते एकसाथ गर्ने कार्यतालिका सार्वजनिक भएलगत्तै सो निर्वाचनमा प्रत्यक्ष सरोकार राख्ने विभिन्न समूहले महासङ्घको कार्यालयमा तालाबन्दी गरे । शुद्धीकरणको विषय टुङ्गो नलागी निर्वाचन गर्न नदिने अडानसहित नेपाल प्रेस युनियनको अगुवाइमा भएको तालाबन्दीले केन्द्रदेखि जिल्ला शाखासम्मका निर्वाचनलक्षित गतिविधि प्रभावित भयो । यद्यपि शुद्धीकरणका नाममा हटाइएका केही सदस्यका नाम समावेश गरी अन्तिम मतदाता नामावली प्रकाशित गर्ने सम्झौतापछि ताला खोलियो । तर सो तालाबन्दीको लक्ष्य (नियत) श्रमजीवी पत्रकार तथा स्वरोजगारमूलक सञ्चारमाध्यमको हकहित होइन, केवल केही पदलोलुप र सत्ता–राजनीति निर्देशित पत्रकारको स्वार्थ साँध्न भएको कसैबाट लुकेको छैन ।सबै विचार समूह र तह–तप्काका पत्रकारहरूको छाता सङ्गठन...
हिंसा र विभेदको अन्त्य गर्न बालिकाहरूलाई सेल्फ डिफेन्स तालिम दिनुपर्छः मन्त्री चौधरी

हिंसा र विभेदको अन्त्य गर्न बालिकाहरूलाई सेल्फ डिफेन्स तालिम दिनुपर्छः मन्त्री चौधरी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २४ जेठ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विभेद, हिंसाको अन्त्य गर्नका निम्ति बालिकाहरूलाई विद्यालय तहमै सेल्फ डिफेन्सको प्रशिक्षण÷तालिम दिनुपर्ने बताउनुभएको छ ।राष्ट्रिय महिला अधिकार दिवस र जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको सन्दर्भमा दलित महिला संघ (फेडोले) आयोजना गरेको अन्तरजातीय विवाहले दलित तथा महिलालाई पारेको असर अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । ‘महिलाहरूका निम्ति ‘सेल्फ डिफेन्स’ तालिम÷प्रशिक्षणहरू पनि सञ्चालन गर्न आवश्यक छ । सबै बालिकाहरूका निम्ति स्कुल तहमै सेल्फ डिफेन्सका तालिमहरू सञ्चालन गर्नुपर्छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘विभेदको अन्य गर्न, हिंसाको अन्त्य गर्न स्कुल तहमै सेल्फ डिफेन्स तालिमहरू दिनुपर्छ ।’कतिपय ऐन, कानूनका विषयमा जानकारी नभएका कारणले पनि विभेद तथा ज...