
काठमाण्डौ, २४ जेठ – नेपालस्थित भारतीय दूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा विश्व वातावरण दिवसका अवसरमा बुधबार वृक्षारोपण कार्यक्रम गरेको छ।
ललितपुर-१ स्थित संकटा पुल, चारधाम मन्दिर परिसर नजिकै आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी, ललितपुर महानगरका चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए।
कार्यक्रममा वातावरणको संरक्षण र जर्गेना हेतु साझा प्रतिवद्धतामा विशेष जोड दिइएको थियो।

नेपालका लागि भारतीय राजदूतले आफ्नो सम्बोधनमा वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्ने बारे व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्न विश्व वातावरण दिवसको अवसरमा यो विशेष कार्यक्रमको आयोजना गरिएको बताए।
वनमन्त्री सुडी र ललितपुरका मेयर महर्जनले भावी पुस्ताका लागि पृथ्वीको संरक्षणमा सहकार्य र साझेदारीको महत्वमाथि जोड दिए। उक्त कार्यक्रममा सहभागीले १५० वटा वृक्ष रोपेका थिए। नेपाल पाना