Monday, July 13सत्यम खबर
Shadow

आस्था

बालबालिका खोजतलास सेवा (१०४)को प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक छः मन्त्री चौधरी

बालबालिका खोजतलास सेवा (१०४)को प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक छः मन्त्री चौधरी

आस्था, प्रदेश ४, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
इटहरी, २४ जेठ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले हराएका बालबालिकाको खोजतलास, बेवारिसे फेला परेका बालबालिकाको उद्धार, सडक बालबालिका मुक्त राष्ट्र अभियान, जोखिमपूर्ण श्रममा रहेका बालबालिकाको उद्धार र बेचबिखन तथा ओसारपसारमा परेका बालबालिकाको उद्धार, संरक्षण र व्यवस्थापनका लागि बालबालिका खोजतलास सेवा (१०४) को प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक रहेको बताउनुभएको छ । ‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय बाल अधिकार परिषद् नेपालको आयोजनामा इटहरीमा भएको कोशी प्रदेशस्तरीय बालबालिका खोजतलास सेवा (१०४) सञ्चालन तथा बाल संरक्षण घटना व्यवस्थापन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।नेपाल सरकारले राष्ट्रिय बालबालिका नीति २०८० स्वीकृत गरी कार्यान्वयन गरेको बताउँदै उहाँले सोह्रौ...
जिल्ला व्यापी नकआउट फुटबलमा नेपालगन्ज–११ च्याम्पियन

जिल्ला व्यापी नकआउट फुटबलमा नेपालगन्ज–११ च्याम्पियन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
कोहलपुर, २४ जेठ – नेपालगन्ज–११ स्पोटिङ क्लब बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगितामा च्याम्पियन भएको छ । नकआउट प्रतियोगिताको विजेता बन्दैं नेपालगन्ज–११ बाँके जिल्ला फुटबल संघको ए डिभिजन क्लबमा प्रवेश गरेको छ ।बुधबार कोहलपुर स्थित १३ बिगाह फुटबल मैदानमा नेपालगन्ज–११ ले न्यु दपर्ण युथ स्पोर्ट्स क्लबलाई ५–० ले पराजित गरेको छ । नेपालगन्ज–११ को जितमा विपिन थापामगरले २ गोल, सुमित थापा, प्रेमबहादुर सुनार, लक्ष्मण राना मगरले १–१ गोल गर्नु भएको थियो । सुमितले सुरुआतमै ७ मिनेटमा, प्रेमले १८ औं मिनेट, लक्ष्मणले ४९ औं मिनेट, विपिनले ६२ औं र ६८ औं मिनेटमा गोल गर्नु भयो ।प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई कोहलपुर नगरपालिका उपमेयर संगिता सुवेदी, कोहलपुर नगरपालिका वडा नम्बर १२ अध्यक्ष विरेन्द्र शाह, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाही...
सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्वारा सूचना मांग

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्वारा सूचना मांग

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाज, सूचना-प्रबिधि
नेपालगन्ज २४ जेठ – मोही जग्गाका विषयमा भुमि सुधार कार्यालय बाँकेसँग सूचना माग गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका सूचना अभियन्ता नेपालगन्ज–७ निवासी दुर्गा तिवारी र जिज्ञासा तिवारीले बुधबार सूचना माग गर्नुभएको छ । भुमि सुधार कार्यालय बाँकेमा मोही बाँडफाँट, नामसारी सम्वन्धी कति वटा मुद्दा विचाराधिन रहेको छ ? सोको विवरण र त्यस कार्यालयमा जग्गा सम्वन्धी फच्र्यौट तथा कानूनी प्रक्रियाका लागि इजलास छ कि छैन सोको बारेमा प्रमाणित प्रतिलिपी माग गरिएको हो ।नेपालको संविधान २०७२ र सूचनाको हक सम्वन्धी ऐन २०६४ को धारा २७ अनुसार सबैले थाहा पाउने अधिकार अन्तर्गत सूचना माग गरिएको हो ।...
प्रेस युनियनको प्रशिक्षण भेला सम्पन्न

प्रेस युनियनको प्रशिक्षण भेला सम्पन्न

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ जेठ – नेपाल प्रेस युनियन बाँके शाखाको प्रशिक्षण भेला सोमवार सम्पन्न भएको छ । भेलामा सहभागि भएका प्रेस युनियनकर्मीहरुलाई विभिन्न तीन वटा विषयमा प्रशिक्षण दिइएको थियो ।नेपाल प्रेस युनियन ः पत्रकार महासंघको सम्बन्धका विषयमा नेपाल प्रेस युनियनका परामर्र्श समिति सदस्य तथा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिका पूर्व उपसभापति हेमन्त कर्माचार्य, नेपाल प्रेस युनियनको संरचना र सांगठनिक अवस्थाका विषयमा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिका महासचिव नवीन गिरी र नेपाल प्रेस युनियन र पार्टी बीचको सम्बन्धका बिषयमा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य तथा नेपाली काँग्रेस बाँके प्रशिक्षण शाखा सचिव उमा थापाले प्रशिक्षण दिनुभएको थियो । ती प्रस्तुतीकरणमा नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्वअध्यक्ष तथा युनियनका अग्रज नेता नीरज गौतमले टिप्पणी गर्नुभएको थियो । नेपाल प...
२५० भन्दा बढी लायन्स लिडरले पाए विशेष प्रशिक्षण

२५० भन्दा बढी लायन्स लिडरले पाए विशेष प्रशिक्षण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौ, २१ जेठ – लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे को बागमती एरियामा रहेका क्लब अफिसर्सहरुको स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ ।काठमाण्डौमा आयोजित एक दिने स्कुलिङ कार्यक्रममा क्लबका प्रेसिडेन्ट, भाईस प्रेसिडेन्ट, सेक्रेटरी र ट्रेजररहरुले निर्वाह गर्नुपर्ने भूमिका, पदीय जिम्मेवारी र क्लबलाई उत्कृष्ट बनाउन के गर्ने भन्ने बारेमा प्रशिक्षण दिइएको थियो । स्कुलिङ कार्यक्रममा ६० भन्दा बढी क्लबका २३० भन्दा क्लब अफिसर्सहरुको सहभागिता थियो । कार्यक्रमका प्रमुख अतिथि जिएटी एरिया लिडर लायन खगेन्द्र सिटौलाले विश्वमा नेपालका लायन्स सदस्यहरुले गरेको सेवा कार्यहरुको सधैं चर्चा हुने गरेकाले यसलाई निरन्तरता सक्रियता कायमै राख्नुपर्नेमा जोड दिए ।लायन वर्ष २०२४÷२५ का लागि इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले आफ्नो थिम सेयरिङ ह्याप्पिनेसको बारेमा र आफूले ल्याएको विभिन्न कार्यक्रमहरुको बारेमा ...
एफसी संघारी र न्यु दर्पण सेमिफाइनलमा प्रवेश

एफसी संघारी र न्यु दर्पण सेमिफाइनलमा प्रवेश

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कोहलपुर, २१ जेठ – एफसी संघारी नेपालगन्ज र न्यु दर्पण युवा स्पोर्ट्स क्लब खजुरा बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।आईतबार बिहान भएको खेलमा एफसी संघारीले सिटी युथ क्लब कोहलपुरलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दैै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । बेलुका भएको खेलमा न्यु दर्पणले न्यु नलेज स्पोट्र्स क्लबलाई ४–० ले हरायो । अब सेमिफाइनलमा एफसी संघारीले सोमबार नेपालगन्ज–११ स्पोटिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । न्यु दपर्णले कंचनजंगा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।आइतबार कोहलपुर स्थित १३ बिगाह फुटबल मैदानमा एफसी संघारीका उमेश बुढाथोकीले ४० औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाउनु भएको थियो । तर सिटी युथका क्षितिज थापा मगरले ४८ औं मिनेटमा गोल गदै खेल बराबरी गनु भएको थियो । टाइब्रेकरमा एफसी संघारीका नरेन्द्र शाह, रोहन खत्री, नन्दलाल पुन मगर, अमर...
नेपाली सेनाद्वारा प्रकृतिक विपत्तिमा सुरक्षित रहन स्थानीयलाई तालिम

नेपाली सेनाद्वारा प्रकृतिक विपत्तिमा सुरक्षित रहन स्थानीयलाई तालिम

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
पोखरा, २१ जेठ – नेपाली सेनाले प्राकृतिक विपत्तिमा सुरक्षित रहनको लागि स्थानीय वासिन्दाहरुलाई सचेतना मुलक कार्यक्रम तथा तालिम प्रदान गरेको छ ।पोखरा फुलवारीमा रहेको श्री कृष्ण दल गणले प्राकृतिक विपदमा कसरी जोगिने भन्ने बारे“ अभ्यास मनसुन–४” यही जेठ १४ गतेबाट २० गतेसम्म १ हप्ता कार्यक्रम सञ्चालन गरेको हो । गणका क्या. उमङ्ग श्रेष्ठले पोखराका विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रमहरु गरिएको जानकारी गराए । “अभ्यास मनसुन–४” मा प्राकृतिक विपतमा कसरी आफु, आफ्नो परिवार र समाजलाई सुरक्षित राख्ने भन्ने विषयमा सचेतनात्मक कार्यक्रम गरिएको हो, उनले भने, ‘हामीले कार्यक्रम गरेको वडाका स्थानीय वासिन्दाहरुलाई समावेश गराई उनीहरुलाई विपदको दौरान ईप्रोभाईजेशन गरी बाढी तथा पहिरोमा प्रयोग गरिने सामाग्रीहरु रोप, पिकेट, कपडाबाट स्टेचर बनाउने तरिका, म्याट्रेसको प्रयोग गरि बोट बनाउने र बोतलको प्रयोग गरि लाईफ ज्य...
राधा सुवेदिकाे “अब तिमी उसैको भयौ “गीतको म्युजिक भिडियो सार्वजनिक

राधा सुवेदिकाे “अब तिमी उसैको भयौ “गीतको म्युजिक भिडियो सार्वजनिक

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
इटहरी, २१ जेठ – साहित्यकार राधा सुवेदिले स्वाेर दिएको अब तिमि उसैको भयौ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । साचाे प्रेममा धोका खाएपछि पाएको पिडालाई गीत मार्फत दर्साउँदै निकालिएको म्युजिक भिडियोलाई पूर्वेली इन्रटेनमेन्ट युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । इटहरीको पर्यटकीय स्थल तालतलैया, इप्पीलेन्ड लगायतका स्थानहरूमा गरिएको छायाङ्कनमा भोजपुरी तथा थार समुदायको सर्ट मुभीबाट डेब्यु गरेकी मोडल बेन्जु धामी, नाट्यकार प्रज्वल काफ्ले र सञ्चिता धमलाले अभिनय गरेका छन् । भिडियोलाई पूर्वेली न्युज तथा पूर्वेली इन्टरटेन्मेनका सञ्चालक सुरेश चन्द्र दाहाल र नागी डान्स सेन्टरका सञ्चालक वसन्त बस्नेतले निर्देशन गरेका छन् भने प्रडक्सन डिजाइन राजन क्षेत्रीले गरेका छन् । दि म्युजिक एरियामा रेकर्डिङ गरिएकाे गीतलाई राधा सुवेदी र गजलकार तथा साहित्यकार भरत गुरागाईँको कन्सेप्टमा म्युजिक भिडियो मार्फ...
जिल्लाव्यापी नकआउट फुटबल सुरु, नेपालगन्ज–११ को विजयी सुरुआत

जिल्लाव्यापी नकआउट फुटबल सुरु, नेपालगन्ज–११ को विजयी सुरुआत

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २० जेठ – बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगितामा नेपालगन्ज–११ स्पोटिङ क्लबले विजयी सुरुआत गरेको छ । शनिबार कोहलपुर स्थित १३ बिगाह फुटबल मैदानमा नेपालगन्ज–११ ले इजोन स्पोट्स क्लबलाई ३–० ले पराजित गरेको छ । नेपालगन्ज–११ को लागि सुमित थापाले २ गोल र भरतबहादुर घर्ती मगरले १ गोल गर्नु भएको थियो ।सुमितले खेलको २०औं मिनेट र ६१औं मिनेटमा गोल गर्नु भएको थियो । भरतले ६२औं मिनेटमा गोल गर्नु भएको थियो । बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा ७ वटा क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता क्लबले आगामी वर्ष हुने बाँके जिल्ला स्तरीय लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ । शनिबार एक कार्यक्रमका बिच कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । नगरप्रमुख आचार्यले कोलहपुरले पछिल्लो समय खेलकुद क्षेत्रको पुर्वाधारसँग...
गर्मीले उपमहानगर तथा डुडुवाका शैक्षिक संस्था बन्द

गर्मीले उपमहानगर तथा डुडुवाका शैक्षिक संस्था बन्द

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ जेठ – अत्याधिक गर्मी बढेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका तथा डुडुवा गाउँपालिकाले आज शुक्रबारदेखि पाँच दिनसम्म पालिका अन्तर्गतका सबै शैक्षिक संस्था बन्द गरेको छ ।केही दिनदेखिको लगातार बढ्दो क्रममा रहेको गर्मी हालसम्म कै तापक्रम ४४.५ डिग्री कायम रहेको अवस्थामा नेपालगन्ज उपमहानगरपालिकाले सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु बन्द गर्ने भएको छ । शैक्षिक क्यालेन्डर अनुसार विद्यालयहरुको गर्मी बिदा २०८१ जेठ २७ गतेदेखि असार १४ गते शुक्रबारसम्म भएकोमा यस उपमहानगरपालिका क्षेत्रमा अत्याधिक गर्मीका कारण विद्यालयहरुमा पठनपाठन हुन नसक्ने अवस्था रहेकोले मिति २०८१ जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा गर्ने र असार ९ गतेबाट नियमित रुपमा विद्यालयहरुमा पठनपाठन गर्ने भनी उपमहानगर शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाद्वारा जारी सूचनामा जनाईएको छ । यसैगरी डुडुवा गाउ...