Friday, May 16सत्यम खबर
Shadow

कंग्रेससहितका दलहरू गठबन्धन गरेर उत्रिदा पनि विजेपीलाई भेट्टाउन सकेनन्, फेरि मोदी नै प्रधानमन्त्री

काठमाण्डौ, २४ जेठ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालमा पनि प्रधानमन्त्री बन्ने भएका छन्। लोकसभा निर्वाचनको मतपरिणाम अनुसार भारतीय जनता पार्टी (विजेपी) नै पहिलो दल बनेको छ।

सन् ०१४ देखि लगातार भारतको प्रधानमन्त्री रहेका मोदी आगामी कार्यकालमा पनि नेतृत्व गर्ने निश्चित बनेको हो।

भारतमा भारतीय जनता पार्टी नेतृत्वमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) र भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको इन्डियन नेसनल डेभलपमेन्टल इन्क्लुसिब अलायन्स (आइएनडिआइए) गठबन्धन थियो। तर, कंग्रेससहितका दलहरु गठबन्धन गरेर उत्रिदा पनि विजेपीलाई भेट्टाउन सकेका छैनन्।

५४३ सिटका लागि भएको निर्वाचनमा विजेपी २४० निर्वाचन क्षेत्रमा विजयी भएको छ। तर, तर विपक्षी गठबन्धनको २३४ सिट मात्र छ। एनडिए गठबन्धनका सहयोगी दलहरूसँग मिलेर विजेपी नेतृत्वको गठबन्धनले २९६ सिट ल्याएको छ, जुन सहज बहुमत हो।

भारतमा सरकार बनाउन २७२ सिट चाहिन्छ। विजेपीले अब बिहारकेन्द्रित नीतीश कुमार नेतृत्वको जनता दल युनाइटेड र आन्ध्र प्रदेशकेन्द्रित चन्द्रबाबु नायडु नेतृत्वको तेलुगु देसम पार्टीलाई साथमा लिएर सरकार गठन गर्नेछ। नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *