Sunday, February 9सत्यम खबर
Shadow

नैतिक संकटमा ओली, बालेनलाई जवाफ पनि दिन सकेनन्

काठमाण्डौ, २४ जेठ – एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरका मेयर बालेन शाहबीच नोकझोँक चलिरहेको छ।

बालेन फेसबुकबाट ओलीलाई प्रहार गर्दै आएका छन् भने ओली सार्वजनिक मञ्चबाट बालेनको आलोचना गर्दै आएका छन्।

पछिल्लो पटक सर्वाेच्च अदालतले गिरीबन्धू टि इस्टेट प्रकरणमा ओली नेतृत्वको गरेको निर्णय बदर गरिदिएपछि उनी नैतिक संकटमा छन्। बालेन भने यही मुद्दालाई जोडतोडका साथ उठाइरहेका छन्।

न्यूरोडमा महानगरले फुटपाथ विस्तार थालेपनि भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको सडक विभागले हस्तक्षेप गरेपछि आक्रोशित भएका बालेनले सोमबार मात्र ओलीलाई नै निसाना बनाए।

उनले भने ‘१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू।’ भन्दै चेतावनी दिएका थिए। भौतिक पूर्वाधार मन्त्रालय एमाले नेता रघुवीर महासेठले सम्हालेका छन्। केही दिन अघि मात्र ओलीले फुटपाथ विस्तारको आलोचना गरेका थिए।

त्यही भएर बालेनले ओलीप्रति निशाना मात्र साधेनन् गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्न चेतावनी दिए। ‘नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद,’ उनले भनेका छन्।

बालेनले निशाना साधेपछि ओली भने नैतिक संकटमा छन्। उनी जवाफसमेत दिन नसक्ने स्थितिमा पुगेका छन्।

सोमबार संसदबाट बाहिरिने क्रममा पत्रकारले गिरीबन्धु टी इस्टेट प्रकरणबारे जवाफ लिन खोजेका थिए। तर ओलीले बालेनसँग सोध्न आग्रह गरे। गिरीबन्धु टी इस्टेटबारे प्रश्न उठिरहेको छ नि भन्ने प्रश्न गरेपछि जवाफ दिँदै ओलीले त्यसबारे मेयर बालेनलाई सोध्नुहोस्। नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *