Thursday, March 20सत्यम खबर
Shadow

मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री बन्ने भएपछि चीनको ग्लोबल टाइम्समा छापियो प्रशंसाले भरिएको लेख

काठमाण्डौ, २४ जेठ – नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री बन्ने निश्चित रहेको एग्जिट पोलले देखाएको छ। प्रारम्भिक नतिजामा पनि भारतीय जनता पार्टी नै अगाडि छ।

यसै सन्दर्भमा चीनको मुखपत्र ग्लोबल टाइम्समा एउटा लेख छापिएको छ, जसमा पनि भनिएको छ, मोदी तेस्रो पटक जित्ने सम्भावना छ।

मोदी राष्ट्रिय र विदेश नीतिलाई पहिलेजस्तै नै राख्ने र भारतको आर्थिक वृद्धिलाई बढवा दिने लेखमा उल्लेख छ।

लेखमा उल्लेख भएअनुसार चिनियाँ एक्सपर्टहरुले पनि भारत र चीनबीचको सहयोगमा जोड दिएका छन् भने मतभेद कम गर्न खुला संवाद हुनुपर्ने बताएका छन्।

बेइजिङको सिन्घु विश्वविद्यालयको राष्ट्रिय रणनीतिकार अनुसन्धान विभागका निर्देशक कियान फेंगले भनेका छन्, ‘चुनाव जितेपछि मोदीको ध्यान केही वर्ष देशलाई अमेरिका र चीनपछि तेस्रो अर्थ व्यवस्था बनाउनमा हुनेछ। मोदी रणनीतिक दृष्टिकोणमा कुटनीतिक माध्यमबाट भारतलाई विश्वमा प्रभाव पार्नेछन्।’ नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *