
नेपालगन्ज जेष्ठ २५ – नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को दोश्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनका प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य तथा पुर्ब संबिधान सभा सदस्य मैकुलाल बाल्मिकीले बाँके क्षेत्र नम्बर २ चरम गुटबन्दीका करण लक्ष्यमा पुग्न नसकेको र कार्यकर्तामा निराशाको बातावरण बन्दै जानु र आउने २०८४ को निर्वाचनमा पनि सुखद परिणाममा पुग्न नसकिने हो कि चिन्ता जाहेर गरेका छन स्वाभाविक हो एउटा समूहले गुटबन्दी गर्न थालेव भने अर्को समूह स्वतः गुटमा परिणित हुने बताउदै भाषणको प्रतिउत्तर भाषण नै नहुने सम्बादको बिकल्प पनि हुन सक्छ ।
तर बाँकेमा यो परिस्थितिले आन्तिम स्वास लिदै आएको बताउदै कार्यकर्ताको सहि मूल्याङ्कन नहुनु उम्मेदवार चयन प्रकृयामा पारदर्शिताका लागि अब आउने निर्वाचनमा तल्लो तह मै प्रिएलेक्शनको अवधारणा चर्चा गर्नु भएको छ ।
सम्मेलनमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह सिहं पुनले सबै नेता कार्यकर्तालाई पार्टीको बिधि बिधानले हिडनु पर्ने आग्रह गरदै ब्यवहारिकरुपमा नै समन्वय गरेर नै पार्टीलाई अगाडी बढाउनु पर्ने भन्दा बिकल्प नरहेको बताउदै आन्तरिक समस्याको समाधान पनि बाद सम्वाद वार्ताबाट नै हल गर्न सकिने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन महासमित सदस्य पुर्व मंत्री गजेन्द्र बहादर हमालले नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दुराष्ट्रको सवालमा महासमिति सदस्यहरुबाट राखिएका मत बिधि सम्मत प्रबेश नै नपाउनु लाखौ हिन्दु कार्यकर्ता र जनताको चाहना प्रति पार्टीले समयमै बुझ्न नसक्नु आशयका साथ ब्यापक रुपमा आफ्नो बिचार नेता कार्यकता मांझ राख्नु भएको थियो ।
नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा सम्पन्न सम्मेलनमा नेपालीकांग्रेस जि सभापति नारायणप्रसाद गौडेल पुर्व प्रदेश मंत्री महाधिवेशन प्रतिनिधि सुरेन्द्र बहादुर हमाल, महासमिति सदस्य निरन्जन सिंह सिजापति, महासमित सदस्य लक्ष्मीनारायण शाह,पुर्व संबिधान सभा सदस्य अब्दुल हमिद पुर्व प्रदेश सभासदस्य मो.याकुब अंसारी लगायतले पार्टी संगठन र निर्वाचित जनप्रतिनिधिहरुका काम कर्तव्य आउने दिनका चुनौति माथी प्रकाश पारेका थिए ।1
क्षत्रे नम्बर २ क र ख को सहकार्यमा सम्पन्न भएको सम्मेलनमा २०८०/८१को आर्थिक लगायतका प्रतिवेदन क्षेत्र कार्यसमिति र प्रदेश ख कार्यसमितिले प्रस्तुत गरि चर्चा परिचर्चा गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव सुनिलसिंह हमालले गर्नु भएको थियो ।