Tuesday, November 11सत्यम खबर
Shadow

अनुगमनको क्रममा २ पसलमा भेटिए बालश्रमिक

नेपालगन्ज, २५ जेठ – नेपालगन्ज उपमहानगरपालिकाका वडा नम्बर १२ मा बालमैत्री वडा घोषणा कार्यानवयन अवस्थाको अनुगमन गरिएको छ । बालमैत्री वडा घोषणा पश्चात शुक्रबार वडाका बिभिन्न क्षेत्रमा बालश्रमिकको अनुगमन गरिएको हो ।


बालमैत्री स्थानीय शासनको अवधारणालाइ आत्मसाथ गर्दै २०७८ मा वडा नं. १२ बालमैत्री वडा घोषणा भएको थियो । बालमैत्री वडा घोषणा पश्चात वडाभित्र रहेका बिभिन्न होटेलहरु, ज्ञारेजहरु, फर्निचरहरु, सिरक, डसना पसल लगायतमा बालश्रमिक रहेनरहेको विषयमा अनुगमन गरिएको वडा अध्यक्ष तरुण बज्राचार्यले बताए । वडा अध्यक्ष तरुण बज्राचार्य, वडा सदस्यहरु राजकुमार बाल्मिकी, सुशिला पन्त, चन्दा चिडिमार, विनोदकुमार रस्तोगी, वडा सचिब नेवलाल घर्ति, खरिदार गोरखबहादुर नेपाली, स्वास्थ्यचौकी इन्चार्ज आरती थारु, युवा घरका अध्यक्ष मन भण्डारी, सदस्य शिवकुमार वर्मा, प्रहरी वरिष्ट हवलदार नरेन्द्र घर्तिमगर, शिक्षक जिवराज भण्डारी, स्वास्थ्य विमा प्रतिनिधि सामना खड्का सहितको टोलीले बालश्रमिकहरुको अनुगमन गरेका हुन् ।


अनुगमनको क्रममा नेपालगन्ज मेडिकल कलेज अगाडी रहेको एक बिरयानी पसल र विपीचोकमा रहेको फर्निचर पसलमा बालश्रमिक प्रयोग भएको पाइएको थियो । बिरयानी पसल फर्निचरमा १४ वर्षका बालक बालश्रमिकको रुपमा काम गरिरहेको भेटिएको युवा घरका अध्यक्ष मन भण्डारीले बताए ।
अनुगमनको क्रममा वडा अध्यक्ष बज्राचार्यले व्यवसायीहरुलाई १४ वर्षभन्दा मूनिका बालबालिकालाई श्रममा नराख्न अनुरोध गरेका थिए । बालश्रम अन्त्य होस् भन्ने उद्देश्यले गरिएको अनुगमनको क्रममा भेटिएका बालश्रमिकलाइ आफ्नो घर फिर्ता गर्न लगाइएको बताउँदै पुन बालबालिकालाई श्रममा राखिएको पाइएमा व्यवसायीलाई कानुनी दायरामा ल्याइने वडा अध्यक्ष बज्राचार्यको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *