Monday, July 13सत्यम खबर
Shadow

आस्था

राष्ट्रिय एकता अभियानद्वारा पोखरा विमानस्थलको विषयमा सार्वजनिक बहस: भ्रष्टाचार छानबिनको माग

राष्ट्रिय एकता अभियानद्वारा पोखरा विमानस्थलको विषयमा सार्वजनिक बहस: भ्रष्टाचार छानबिनको माग

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १५ असार – राष्ट्रिय एकता अभियानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा विभिन्न मुद्दामा राजधानी काठमाडौँमा सार्वजनिक बहसको आयोजना गरेको छ। बहसका क्रममा तीन प्रमुख निष्कर्षहरुमा सहमति भएको छ। जसमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरूपमा सञ्चालनमा ल्याउनुपर्ने, विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानबिन गरिनुपर्ने, र बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने समावेश छ। यस बहस कार्यक्रमको अध्यक्षता अभियानका केंद्रीय अध्यक्ष विनय यादवले गरेका थिए। कार्यक्रममा प्रमुख वक्ताका रूपमा नेकपा एमालेका नेता माननीय योगेश भट्टराईले आफ्नो मन्तव्य राखे। उनले बीआरआई ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने आवश्यकता औंल्याए। यसबाहेक पूर्व मन्त्री ओमप्रकाश यादव गुलाजारी, संविधान सभा सदस्य एवं अभियानका वरिष्ठ नेता वीपी यादव, वरिष्ठ पत्रकार एवं विश्लेषक युगनाथ शर्मा पौ...
असार मसान्त अगावै १८ नं. वडाको विकास निर्माण कार्य सम्पन्न

असार मसान्त अगावै १८ नं. वडाको विकास निर्माण कार्य सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ असार – असार मसान्त शुरु भएपछि विकास निर्माणका कार्यहरुको थालनी हुन्छ भन्ने परम्परालाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाअध्यक्ष दिपककुमार बर्माले निर्वाचित भएर आएदेखि नै तोड्दै आएका छन् ।नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका २३ वटै वार्डहरुमा २०७४ देखि निर्वाचन सम्पन्न भई निर्वाचित भएर आएदेखि नै बिनियोजित गरिएको बजेट मध्ये ३० प्रतिशतभन्दा बढी बजेटहरु फ्रिज हुँदै आईरहेको अवस्थामा उसको ठिक विपरित नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार बर्माले थप बजेट संघ तथा प्रदेश सरकारबाट ल्याएर आफ्नो वार्ड विकासमा खर्च गर्दै आएको वडाबासीहरुको भनाई रहेको छ । गत आर्थिक वर्ष जस्तै यस आर्थिक वर्ष २०८०÷०८१ मा बिनियोजित वडाको बजेट करीब १ करोड ७० लाख तथा संघ, प्रदेशबाट ल्याएको करीब ३ करोड बढी बजेट असार मसान्त पूर्व नै योजना सम्पन्न गरी खर्च गरेका छन् ।वडा नं. १८ ...
धम्बोझी क्लब ‘ए’ डिभिजन जिल्ला लिग च्याम्पियन

धम्बोझी क्लब ‘ए’ डिभिजन जिल्ला लिग च्याम्पियन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कोहलपुर, १४ असार – धम्बोझी क्लब नेपालगन्जले बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता– २०८१ को उपाधि जितेको छ ।बिहिबार कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको फाइनल खेलमा धम्बोझीले कोहलपुर रेसिङ सहारा क्लबलाई २–० ले हराउँदैं च्याम्पियन बनेको हो । जितसँगै धम्बोझी लुम्बिनी प्रदेश स्तरीय लिग फुटबलमा बाँके जिल्लाको प्रतिनिधित्व गर्नेछ ।धम्बोझीको जितमा क्षितिज थापा मगर र मनिष सुनारले १–१ गोल गरे । क्षितिजले खेलको १२ औं मिनेट र मनिषले ६५ औं मिनेटमा गोल गरेका थिए । फाइनलमा खेलमा प्लेयर अफ द म्याच धम्बोझीका क्षितिज थापामगर भए । उनलाई महिला उद्यमी संघ नेपाल बाँके सचिव नितु चन्दले ट्रफी प्रदान गरिन् । च्याम्पियन बनेको धम्बोझीले १ लाख र उपविजेता कोहलपुर रेसिङ सहारा क्लबका खेलाडीहरुले ५१ हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गरेको छन् । बिहिबार विजेता तथा उप विजेता ख...
श्रेष्ठद्वारा आमाको माया छात्रावासलाई आर्थिक सहयोग

श्रेष्ठद्वारा आमाको माया छात्रावासलाई आर्थिक सहयोग

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ असार – जनजाति कल्याण आश्रम नेपालमा आश्रित रहेका बालबालिकाहरुलाई आर्थिक सहयोग गरिएको छ ।राप्रपा केन्द्रीय सदस्य, वातावरण विभाग प्रमुख पवित्रा सुब्बा श्रेष्ठद्वारा जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास नेपालगन्ज परसपुर १७ लाई रु. २५००० आर्थिक सहयोग गरी एक जना विद्यार्थीको अभिभावकत्व लिनु ग्रहण गरिएको छात्रावासका कृष्णादेवी पाण्डे जानकारी गराउनु भएको छ । पाण्डेका अनुसार आमाको माया छात्रावासमा रहेका बालिबालिकाहरुको कोही नभएको अवस्थामा सहयोगी मनहरुद्वारा गरिएको आर्थिक सहयोग सराहनीय हुनुका साथै थप कोही सहयोगी मनहरु सहयोग र सहकार्य गर्न चाहे अन्य बालकालिकाहरुको शिक्षामा समेत टेवा पुग्ने बताउँदै सहयोगी मनहरुलाई अगाडी आउन आग्रह गर्नुभयो ।...
चलचित्र स्वीकारको शुभ–मुहुर्त सम्पन्न

चलचित्र स्वीकारको शुभ–मुहुर्त सम्पन्न

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ असार – नेपाली कथानक चलचित्र स्वीकारको आजदेखि शुभ–मुहुर्त भएको छ । सगरमाथा गन्तव्य मिडिया प्रालि एवं सगरमाथा ई.बोडिङ स्कूलको संयुक्त प्रस्तुतीमा नेपाली कथानक चलचित्र स्वीकारको आज बिहिबार एक कार्यक्रमका विच शुभ–मुहुर्त भएको हो ।नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले स्वीकार फिल्मको व्यानर खोलेर शुभमुहुर्त गर्नुभएको छ । शुभ–मुहुर्त कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न स्थाना गरिने छायाङकनको लागि प्राविधिक तथा चाहिने सहयोग आफुले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपालगन्जमा धार्मिक, शिक्षा, स्वास्थ्य लगायतका विषयबस्तुमा आधारित फिल्मले स्थानिय कलाकारहरुलाई जोड दिएर फिल्म निर्माण गर्न लागिएको हो । नेपालगन्जको सेरोफेरोमै छायाङ्कन गर्ने र स्थानिय कलाकारहरु कै सहभागितामा फिल्म निर्माण गरिने भएको हुनाले फिल्मले सफलता कायम गर्ने ...
चन्द्रमाबाट चट्टान लिएर चिनियाँ चाङ्गे–६ पृथ्वीमा अवतरण

चन्द्रमाबाट चट्टान लिएर चिनियाँ चाङ्गे–६ पृथ्वीमा अवतरण

आस्था, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १३ असार – चीनको मुन मिसन चन्द्रमाको सतहबाट माटोसहितको चट्टान लिएर पृथ्वीमा अवतरण गरेकाे छ । योसँगै चीन चन्द्रमाको अँध्यारो दिशाबाट नमूना ल्याउने पहिलो देश बनेको छ । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनको चाङ्गे–६ ल्यान्डर नमूना लिएर ५३ दिनपछि पृथ्वीमा फर्किएको हो । चीनले मे ३ तारिखमा चाङइ-६ मिसन प्रक्षेपण गरेको थियो । न्यूयोर्क टाइम्सका अनुसार यस अनुसन्धानको लक्ष्य चन्द्रमाको सबैभन्दा टाढाको भागमा गएर नमूना संकलन गरी पृथ्वीमा पठाउने थियो । चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानिस पठाउने लक्ष्य राखेको छ । यो मिसन पनि त्यही लक्ष्यको हिस्सा हो । अहिलेसम्म चन्द्रमामा गएका सबै १० चन्द्र अभियानहरू नजिकैको भागमा मात्र पुगेका छन् । यसमा भारत र अमेरिका पनि परेका छन् । यस्तो अवस्थामा चीनले चन्द्रमाको टाढाको भागबाट नमूना ल्याएर अन्तरिक्ष दौडमा अमेरिकालाई कडा चुनौती दिएको छ । सीएन...
अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा

अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ असार – आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनल प्रवेश गरेको छ। टस जितेर सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले दिएको ५७ रनको सामान्य चुनौती दक्षिण अफ्रिकाले ८.५ ओभरमा ६० रन बनाउँदै पूरा गरेको हो। सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रन मात्र जोडेको थियो। दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक नटआउट २९ रन बनाए। उनले २५ बलको सामना गरेर तीन चौका र एक छक्का प्रहार गरेका हुन्। कप्तान एडेन मार्करामले नटआउट २१ बलमा चार चौकाको मद्दतमा २३ रन जोडे। दक्षिण अफ्रिकाले क्विन्टन डी ककलाई ८ बलमा पाँच रन बनाउँदा गुमाएको थियो। अफगानिस्तानका लागि एक विकेट फजलहक फारुकीले लिए। सुरुमा ब्याटिङ गरेको अफगानिस्तानलाई ११.५ ओभरमा ५६ रनमा समेट्न दक्षिण अफ्रिकाका लागि मार्को जोन्सेन र तबरेज शम्सीले तीनत...
केजरीवाललाई जमानत दिने तल्लो अदालतको आदेश उच्च अदालतद्वारा खारेज

केजरीवाललाई जमानत दिने तल्लो अदालतको आदेश उच्च अदालतद्वारा खारेज

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १३ असार – दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको जमानतलाई दिल्लीको उच्च अदालतले खारेज गरेको छ । दिल्लीको राउज एभिन्यू अदालतको फैसलालाई उल्टाउँदै उच्च अदालतले अरविन्द केजरीवालको जमानत खारेज गरेको छ । जुन २० मा दिल्लीको राउज एभिन्यू अदालतले यस मामिलामा अरविन्द केजरीवाललाई जमानत दिएको थियो । तर सोही दिन ईडीको निवेदनमा उच्च अदालतले राउज एभिन्यू अदालतको निर्णयमा रोक लगाएको थियो । उच्च अदालतले जमानत निवेदनको सुनुवाइका क्रममा यसअघिका कागजातमा ध्यान नदिएको जनाएको छ । यसबाहेक सम्पत्ति शुद्धीकरण निवारण ऐनमा तोकिएका जमानतका सर्तहरू पनि उच्च अदालतका न्यायाधीशले राम्ररी छलफल नगरेको पनि उच्च अदालतले जनाएको छ । अरविन्द केजरीवालले यस प्रतिबन्धलाई सर्वोच्च अदालतमा चुनौती दिएका थिए तर सर्वोच्च अदालतले उच्च अदालतलाई यस विषयमा निर्णय दिन भनेको थियो । अब हाईकोर्टको फैसलापछि सर्वोच्च अ...
एमाले र चीनलाई कांग्रेस युवा नेता ठाकुरको प्रश्नः चीनले मधेशीमाथि विश्वास गर्न सकेको छैन ?

एमाले र चीनलाई कांग्रेस युवा नेता ठाकुरको प्रश्नः चीनले मधेशीमाथि विश्वास गर्न सकेको छैन ?

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १३ असार – कांग्रेसका युवा नेता विकास ठाकुरले एमाले र चीनलाई एकसाथ प्रश्न गरेका छन्। एमाले उपमहासचिव विष्णु रिमाल नेतृत्वको ३० सदस्यीय टोली चीन भ्रमणमा गइरहेका बेला ठाकुरले सामाजिक सञ्जालमार्फत् प्रश्न सोधेका हुन्। ३० सदस्यीय टोलीमा मधेशी समुदायबाट चन्द्रेश्वर मण्डल मात्र छन्। ठाकुरले प्रश्न गरेका छन्, ‘अब प्रश्न उठछ कि एमालेले मधेशीलाई चीनमा चिनाउन चाहेको छैन या चीनल्े मधेशीमाथि विश्वास गर्न सकिरहेको छैन? यी दुबै अवस्थामा मधेशीलाई सजग हुन आवश्यक छ।’ मधेश र मधेशीलाई हेर्ने एमाले र चीनको नजर सुरुदेखि नै हेपाहा नै रहेको उल्लेख गर्दै ठाकुरले भनेका छन्, ‘जुन कि अहिले पनि बदलिएन, यो दुखद विषय हो। नेपाल पाना...
चीनसँगको बिआरआई सम्झौता संसदलाई औपचारिक जानकारी गराउन रास्वपाको माग

चीनसँगको बिआरआई सम्झौता संसदलाई औपचारिक जानकारी गराउन रास्वपाको माग

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १३ असार – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनसँगको बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) सम्झौताबारे संसदलाई औपचारिक जानकारी दिन माग गरेको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले सन् २०१७ मा नेपाल र चीनबीच बिआरआईको ढाँचामा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भए पनि यसबारे संसदलाई औपचारिक जानकारी नदिइएकोमा असन्तुष्टि जनाए। ‘सन् २०१७ मा हस्ताक्षर भएको थियो, तर, उक्त सहमति सम्झौताबारे सदनलाई जानकारी गराइएको छैन, औपचारिक छलफल नभएकाले बाहिर बढी चर्चा भएको छ,’ उनले भने, ‘औपचारिक रुपमा सदनलाई जानकारी गराएर छलफल गराउन सरकारसँग माग गर्दछु।’ नेपालले सन् २०१७ को मे महिनामा बीआरआइ सम्झौतामा हस्ताक्षर गरेपनि त्यसयता कुनै प्रगति हुन सकेको छैन। महत्वाकांक्षी विकास सम्वन्धि सम्झौता भएपनि अझै परियोजना टुंगो लागेको छैन । ऋण वा अनुदानमध्ये कुन सर्तमा परियोजन...