सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै
काठमाण्डौ, १६ असार – काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा असार १७ गतेदेखि नाटक ‘पूर्णविराम’ मञ्चन हुँदैछ । नाटकले केहि जटिल प्रश्नहरू उठाएको छ । बढ्दो पर्यावरणीय परिवर्तनले भविष्यको कस्तो स्वरूप देखाउने हो ? विज्ञानको दुरुपयोगले कतिसम्म भयावह अवस्था सिर्जना गर्न सक्छ ? लगायतका विभिन्न चिन्ताजनक प्रश्नहरू उठाइएको छ । राजनीतिज्ञको दोहोरो चरित्र, सर्वसाधारणले आधारभूत आवश्यकता पुरा गर्न भोग्नुपर्ने कठिनाइ आदि नाटकमा प्रस्तुत गरिएको छ ।
नाटकलाई कवितामा समेत कलम चलाउँदै आएका कवि सुरज पराजुलीले लेखेका हुन् । प्रकृतिको विनास गरि विकासको बाटो खुलाउने आधुनिक मानवहरु शहरमा बसेर शान्ति र आनन्द खोज्दै शहरदेखि टाढा वनवोज खान जाने तथा प्रकृतिमा रमाउन चाहने मानव प्रवृतिप्रति लेखक रुष्ट देखिन्छन् । उनी भन्छन् कंक्रिटको जंगलमा रुमल्लिएका म जस्ता करोडौँ मानिसहरू केहि दिनलाई नै सहि शान्ति खोज्द...









