Monday, July 13सत्यम खबर
Shadow

आस्था

एसइईमा ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण

एसइईमा ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ असार – माध्यामिक शिक्षा परीक्षा (एसइई) को २०८० को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले विहीबार बिहान नतिजा सार्वजनिक गरेको हो।सार्वजनिक नतिजाअनुसार ४७.८६ प्रतिशतमात्रै विध्यार्थी उत्तिर्ण भएका छन्। एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए।१८६ जनाको ४.० जिपीए आएको छ। ५२.१४ प्रतिशत विद्यार्थी नन ग्रेडिङमा परेका छन्। अर्थात् २ लाख ४२ हजार ९२ जना विद्यार्थीले कक्षा ११ पढ्न पाउने छैनन्। परीक्षामा सहभागी २२१ जनाको नतिजा रद्द भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।परीक्षा बोर्डले यसपालि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ। उक्त निर्देशिकामा सैद्धान्तिक र आन्तरिक मूल्यांकन फरक-फरक गर्ने व्यवस्था छ।विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ...
‘सीमा सुरक्षाको नाममा मधेशमा सैनिकीकरण भइरहेको छ’

‘सीमा सुरक्षाको नाममा मधेशमा सैनिकीकरण भइरहेको छ’

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
वीरगन्ज, १२ असार – खुला सीमा नेपाल–भारतबीचको सुमधुर सम्बन्धको सेतु रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल–भारत खुला सीमा सम्वाद समूह, पर्साको आयोजनामा वीरगन्जमा बुधबार “खुला सिमा– सुमधुर सम्बन्धको सेतु” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।नेपाल–भारत खुला सीमा सम्वाद समूहका राष्ट्रिय अध्यक्ष डा.राजीव झाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा दुवै देशका अगुवाहरुको उपस्थिति रहेको थियो । समुहका राष्ट्रिय अध्यक्ष डा. झाले इपीजी रिपोर्ट बनाउने समिति समावेशी नभएको र नेपाल–भारत सीमा सम्बन्धि ज्ञान नभएका व्यक्तिहरुले बनाएकोले नमान्ने बताएका छन् । उनले वल्र्ड ग्लोबलाइजेसन तर्फ अग्रसर भैरहेको बेला सीमामा तारबार लगाउने कुरा असान्दर्भिक र हा“स्यासपद रहेको बताएका हुन् ।यस्तै, अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले दुई देशबीच बहुआयामिक सम्बन्ध रह...
इन्सेक र एडभोकेसी फोरमद्धारा संयुक्त रुपमा नेपालगन्ज कारागार अनुगमन

इन्सेक र एडभोकेसी फोरमद्धारा संयुक्त रुपमा नेपालगन्ज कारागार अनुगमन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ असार – अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र एडभोकेसी फोरमद्धारा संयुक्त रुपमा मंगलबार नेपालगन्ज स्थित कारागार कार्यालय बाँकेको अनुगमन गरेको छ ।अनुगमनका क्रममा नेपालगन्ज कारागारमा क्षमता भन्दा दोब्बर बढी कैदी बन्दी रहेको पाईएको छ । क्षमता भन्दा बढी कैदी बन्दी हुँदा कैदी बन्दीहरु कोचाकोचाको स्थितिमा बस्न बाध्य छन् । बाँकेको नौवस्तामा क्षेत्रीय कारागार कार्यालय स्थापना भैसकेको भएता पनि नेपालगन्जको कारागारमा अझै क्षमता भन्दा बढी कैदी रहेका छन् । नौवस्ता क्षेत्रीय कारागार स्थापनासंगै १३० जना स्थानान्तरण गरिए पनि बाँकी नेपालगन्ज कारागार मै छन् । क्षमता भन्दा कैदी बन्दी बढी भएता पनि आन्तरिक रुपमा कैदी कैदी–बीच, कैदी–थुनुवा बीचको समझदारीमा ब्यवस्थापन गर्न नियम पालना गर्दै गराउँदै चुनौतीको सामना गर्दै आएको कारागार प्रमुख अर्जुन जंग शाहले जानकारी दिए ।नेपालगन्ज कारागारमा असार...
माछा मार्न गएका बर्दियाका सुनारलाई भारतीय वन रक्षकले अपहरण गरेर खुट्टा भाँचिदिए: रघुजी पन्त

माछा मार्न गएका बर्दियाका सुनारलाई भारतीय वन रक्षकले अपहरण गरेर खुट्टा भाँचिदिए: रघुजी पन्त

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
'नेपालमा बसेर भारतीय वन रक्षकलाई किन पैसा तिर्नुपर्ने?'काठमाण्डौ, ११ असार – सत्तारूढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले माछा मार्न गएका बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९ का खगेन्द्र सुनारलाई भारतीय वन रक्षकहरूले कुटपिट गरी खुट्टा भाँचिदिएको बताएका छन्। सुनारलाई केही दिनअघि भारतीय वन रक्षकहरूले अपहरण गरी कुटपिट गरेको सा‌ंसद पन्तको भनाइ छ। ‘सुनारलाई बन्दी बनाएर राखेका थिए, गाउँलेहरू गएर बल्लबल्ल छुटाएर ल्याए,’ प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद पन्तले भने, ‘छुटाउँदा ५० हजार रुपैयाँ दिउँला भन्न उनीहरूलाई बाध्य पारे। तर ५० हजार दिन सक्ने त्यो विपन्न परिवारको अवस्था छैन।’ अहिले रातको समयमा फोन गरेर उनीहरूले छुटाउन जानेहरूलाई पठाउने कि गोली चलाऔं भन्ने धम्की दिने गरेको उनको भनाइ छ। ‘कुन बेला अपहरणमा पर्ने हो परिवार त्रसित छ,’ उनले भने। विगतमा पनि यस्तै घटना भएको उनले स...
तीन दिने नेपाल भ्रमणमा आइपुगे चिनियाँ उपविदेशमन्त्री सुन

तीन दिने नेपाल भ्रमणमा आइपुगे चिनियाँ उपविदेशमन्त्री सुन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ११ असार – जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि सोमबार बिहान आइपुगेका छन् । उपविदेशमन्त्री सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालले स्वागत गरे । भ्रमणका क्रममा उनी यही असार ११ गते काठमाडौंमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परामर्श संयन्त्रको बैठकमा नेपालकातर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छिन् । प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी हुने छन् । भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द...
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ११ असार – नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक मंगलबार बस्ने भएको छ।बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल र चीनका तर्फबाट उपविदेशमन्त्री सुन वेइतोङले गर्दैछन्। यसअघि संयन्त्रको बैठक २०७९ चैतमा बेइजिङमा भएको थियो।बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। यो संयन्त्रको सोह्रौं बैठक हो। बैठकमा सहभागी हुन उपविदेशमन्त्री सुन सोमबार काठमाडौं आइसकेका छन्। सोमबार नै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरेका छन्।बुधबारसम्म नेपालमा रहने सुनले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेट्ने कार्यक्रम रहेको छ।...
ट्रम्पको बाचा- अमेरिकामा स्नातक गर्ने विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिन्छु

ट्रम्पको बाचा- अमेरिकामा स्नातक गर्ने विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिन्छु

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १० असार – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कलेजबाट स्नातक गरेका विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने वाचा गरेका छन् । एक पोडकास्टमा ट्रम्पले यो कदमले यीदेशका प्रतिभाशाली विद्यार्थीहरूलाई अमेरिकामा बस्न अनुमति दिने बताएका छन् । ट्रम्पलाई उनको आफ्नो सरकार गठन भएमा टेक कम्पनीहरूलाई विदेशी प्रतिभाशाली विद्यार्थीहरूलाई अमेरिकामा राख्न के गर्नु हुन्छ भनेर सोधिएको थियो । यसमा ट्रम्पले भने- 'म यो गर्न चाहन्छु र म यो गर्नेछु । मलाई लाग्छ कि अमेरिकी कलेजहरूबाट स्नातक गर्ने विद्यार्थीहरूलाई तुरुन्तै ग्रीन कार्ड दिइनुपर्छ । यसबाट उनीहरु अमेरिकामा बसेर यहाँको विकासमा सहयोग गर्न सक्नेछन् ।' ट्रम्पले अमेरिकाले उच्च दक्ष विद्यार्थीहरूलाई यहाँ रोक्ने प्रयास गर्नुपर्ने बताए । उनको योजनाबाट देशले फाइदा लिनेछ । ट्रम्पले अमेरिकाबाट ग्रेजुएट भएका तर ग्रीन कार्ड नभएका कारण यहाँ...
नेपाल–भारतका सुरक्षा अधिकारी तथा जनप्रतिनिधि बीच भेटवार्ता

नेपाल–भारतका सुरक्षा अधिकारी तथा जनप्रतिनिधि बीच भेटवार्ता

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० असार – लागु औषध ओसारपसार र अवैध कारोबार रोक्ने उद्देश्यले सीमा क्षेत्रका सुरक्षा अधिकारी र नागरिक समाजका जनप्रतिनिधि बीच भेटवार्ता भएको छ ।सोमबार नेपाल–भारत सीमा क्षेत्र दासगजामा लागुऔषध ओसारपसार रोक्न र अलपत्र परेका युवालाई मूलधारमा ल्याउन बैठक आयोजना गरिएको थियो ।लागु औषध सम्बन्धी कार्यक्रमको सञ्चालन सुधार गृहका निर्देशक अधिराज क्षेत्री, कार्यक्रम संयोजक काजी महर्जन र भारत नेपाल मैत्री संघका अध्यक्ष पूर्णलाल चुकेले गरेका थिए ।औषधि माग न्यूनीकरण महासंघ नेपाल बाँके शाखाले भारत–नेपाल सीमामा सीमावर्ती सशस्त्र बल र भारत–नेपालका प्रशासनिक अधिकारीहरुको गोष्ठी आयोजना गरेको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार सहायक जिल्ला मजिस्ट्रेट बाँके नेपालगन्ज नेपाल लालबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।कार्यक्रमको प्रमुख अतिथि रुपैडिहा नगर पञ्चायतका अध्यक्ष डा. उमाशंकर वैश्य रहेका थि...
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर

अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर

आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० असार – अमेरिकाको फ्लोरिडा राज्यमा एक परिवारले अन्तरिक्ष एजेन्सी नासा विरुद्ध ८० हजार डलर क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेको छ । मार्च ८, २०२१ मा, ७०० ग्राम तौलको टुक्रा अन्तरिक्षबाट उनको घरमा कसेको थियो र सो टुक्राका कारण उनको घरको छतमा प्वाल परेको थियो । यस घटना पछि, नासाले यो टुक्रा प्रयोग गरिएको ब्याट्रीको कार्गो प्यालेटको भाग भएको र यो २०२१ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट फोहोरको रूपमा छोडिएको बताएको छ । नासाले यो टुक्रा वायुमण्डलमा प्रवेश गरेपछि पनि पूर्ण रूपमा नष्ट हुन नसकेको बताएको छ । द गार्डियनको रिपोर्टका अनुसार कानून फर्म क्र्यानफिलले समनर परिवारको मुद्दा लडिरहेको छ । फर्मले आफ्नो ग्राहक एलेजान्ड्रो ओटेरोको नेपल्स, फ्लोरिडामा घर रहेको बताएको छ । भग्नावशेष खसेकाले छतमा प्वाल परेको थियो । फोहोरको टुक्रा घरमा खसेको बेला ओटेरोका छोरा डेनियल घरमै रहेको...
‘ॐ’ अक्षर लोप बनाउने माओवादी मन्त्रीको निर्णय सर्वाेच्चले गर्‍यो बदर

‘ॐ’ अक्षर लोप बनाउने माओवादी मन्त्रीको निर्णय सर्वाेच्चले गर्‍यो बदर

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० असार – ‘ॐ’ अक्षरकाे नामनिसान मेटाउने सरकारको निर्णय बदर भएको छ। सर्वोच्च अदालतले अक्षर टुक्र्याएर लेख्नुपर्ने गरी पाठ्यक्रम विकास केन्द्रले तयार पारेको वर्णविन्यासको नियम खारेज गरिदिएपछि ‘ॐ’ जोगिएको हो। न्यायाधीशद्वप सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले भाषा विकासको आफ्नै स्वाभाविक गति हुने भएकाले कुनै प्रशासकीय टिप्पणी वा आदेशका भरमा चलाउन नपाउने ठहर गरिदिएको हो। तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले ०६९ सालमा पाठ्यक्रम विकास केन्द्रले तयार गरेको ‘सम्पादन तथा प्रकाशन शैली पुस्तिका’ सदर गरेका थिए। स्थापित वर्ण विन्यास र व्याकरणको नियमलाई भत्काउने गरी भाषामा टिप्पणी आदेशका भरमा गरिएको सो निर्णय बदर गर्न माग गर्दै भाषा अभियन्ता बलदेव शर्मा अधिकारी, पत्रकार टपेन्द्र कार्कीलगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनीहरूले परिवर्तित व्याकरणअनुसार प्रकाशन गर...