Monday, July 13सत्यम खबर
Shadow

आस्था

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित कार्यक्रममा ४० जनाले रक्तदान गरे

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित कार्यक्रममा ४० जनाले रक्तदान गरे

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
प्रमोद सहनीदाङ, २७ असार – केन्द्रीय आयुर्वेद विद्या पीठ, बेलझुण्डी, दाङ अनेरास्ववियु क्याम्पस कमिटिद्वारा आयोजन गरिएको रक्तदान कार्यक्रममा विद्यार्थीहरु, शिक्षकहरु तथा कर्मचारीहरु गरी ४० जना रक्तदान गरेका हुन् । कार्यवाहक अध्यक्ष लक्ष्मण ज्ञवालीको अध्यक्षतामा केन्द्रिय विद्या पिठमा “रक्तदान जिवनदान” कार्यक्रम सम्पन्न गरिएको छ ।सो कार्यक्रमको अतिथी माधव वली विशिष्ठ अतिथि डाक्टर रामचन्द्र अधिकारी, सर्जन परियार, अतिथी गोविन्द बस्नेत, गणेश खडका केन्द्रीय आयुर्वेद विद्या पीठका शिक्षक वर्ग, कर्मचारी वर्ग, स्ववियु अध्यक्ष हेमन्त बन्जाडे, कोषाध्यक्ष कुन्दन जयसवाल तथा सातौँ ब्याच, आठौं ब्याच, नौवौं ब्याच, दशौँ ब्याच, एघारौं ब्याच, बाह्रौं ब्याच, तेरहौँ ब्याचका विद्यार्थीहरुको उपस्थित रहेको थियो ।...
हामी सच्चिएर आउनुपर्छ : प्रेस काउन्सिल अध्यक्ष बस्नेत

हामी सच्चिएर आउनुपर्छ : प्रेस काउन्सिल अध्यक्ष बस्नेत

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, २६ असार – नेपाल पत्रकार महासंघ बाँके शाखाको संयोजन तथा प्रेस काउन्सिल नेपालको आयोजनामा एक दिने ‘पत्रकारितामा युट्युबसहित सामाजिक सञ्जालको प्रभाव’ कार्यक्रम आज बुधबार नेपालगन्जमा सम्पन्न भएको छ ।प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आज हाम्रो काम गराईले अन्य निकायले हाम्रो कमि कमजोरी निकाल्ने काम गरिरहेको अवस्था विद्यमान रहेको पाईन्छ । हामीले गर्दै आईरहेको पत्रकारिता तथा सामाजिक सञ्जालमा देखिएको अवस्थालाई हेर्ने हो भने हामी सच्चिएर आउनु पर्ने अवस्था रहेको बताउनुभयो । oplus_0 हामी सधै नकारात्मक रुपमा सोच राख्नु भन्दा सकारात्मक सोचका साथ सुझावसहित प्रस्तुत हुने अवस्था आईसकेको छ । हामीले अरुमाथि प्रश्न उठाउनुका साथै सुझावसमेत दिन सकेको अवस्थामा सुधार गर्न सकिन्छ, हामीले पत्रकारिताको ट्रेक चेन्ज गर्नुपर्ने बेला आएको छ, के हो, किन हुन सकेन जस्तो विचार गरी कन्टेन्ट तया...
बंगलादेशी प्रधानमन्त्री चीनतिर, भुटानका राजा मंगोलियातिर

बंगलादेशी प्रधानमन्त्री चीनतिर, भुटानका राजा मंगोलियातिर

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य
काठमाण्डौ, २४ असार – बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार चीन भ्रमणमा जाने भएकी छन् । यसअघि भारत भ्रमणमा गइसकेकी उनी सोमबार बेइजिङ यात्रामा निस्किन लागेकी हुन् । लगातार चौथो पटक सरकारको प्रमुखका रूपमा कार्यभार सम्हालेपछि उनको यो दोस्रो विदेश यात्रा हो । यसअघि शेख हसिना द्विपक्षीय वार्ताका लागि गतज जुन २१-२२ मा भारत पुगेकी थिइन् । भारत सरकारसँग उनले रेल यातायातसमेत कयौँ अलग-अलग मुद्दामा करिब १० सम्झौतामा हस्ताक्षर गरिन् । भारत भ्रमणको दुई सातापछि उनी चीन भ्रमणमा जान लागेकी हुन्। शेख हसिनाको चीन भ्रमण बंगलादेशका लागि कूटनीतिक र आर्थिक रुपमा अहम् मानिएको छ । समाचार अनुसार यो भ्रमणका क्रममा चीनले ठूला परियोजना सक्नका लागि अर्बौँ रुपैयाँ ऋण दिन सक्ने छ । साथै यसबाट बंगलादेश सरकारलाई बजेट घाटा पूरा गर्न पनि सहयोग मिल्नेछ । पछिल्ला १५ वर्षमा चीनले बंगलादेशमा कयौँ मेग...
रसिया भ्रमणमा निस्किए भारतीय प्रधानमन्त्री मोदी, पुटिनसँग वार्ता गर्ने

रसिया भ्रमणमा निस्किए भारतीय प्रधानमन्त्री मोदी, पुटिनसँग वार्ता गर्ने

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ असार – तेस्रो कार्यकाल प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रसिया भ्रमणमा निस्किएका छन् । नयाँ दिल्लीबाट मस्कोतर्फ प्रस्थान गर्नुअघि उनले सामाजिक सञ्जाल एक्समा निकट मित्र भ्लादिमिर पुटिनसँग आपसी सहयोगको अवस्थाबारे समीक्षा गरिने बताएका छन् । मस्कोतिर उड्नुअघि उनले आफ्ना मित्र राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय सहयोगका सबै पक्षहरूको समीक्षा गर्न उत्सुक रहेको बताएका छन् । रूसका अलावा मोदी अस्ट्रिया भ्रमणमा पनि जाने छन् । मोदी सोमबार मस्कोतिर जानुअघि अमेरिकासँग भारतको सम्बन्ध चिसिँदै गएको छ । अमेरिकाले कयौँ भारतीय हिरा व्यापारीको अर्बौं डलर रुपैयाँ फ्रीज गरिदिएको छ । यसका कारण दुई देशबीचको सम्बन्धमा तनाव देखिएका बेला मोदी रूस निस्किएका हुन् । उनी मस्कोबाट सिधै अस्ट्रियाको भियान पुग्नेछन् । यो भ्रमणअघि मोदीले भारत-रूसबीच सम्बन्धका ...
हार स्वीकार गर्दै ऋषि सुनकले भने- ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरे’

हार स्वीकार गर्दै ऋषि सुनकले भने- ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरे’

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ असार – बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले आफ्नो हार स्वीकार गरेका छन् । उनले लेबर पार्टीका नेता कियर स्टारमरलाई विजयको लागि बधाई दिएका छन् । उनले भने, ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन् । यसबाट धेरै कुरा सिक्न आवश्यक छ । हारको जिम्मेवारी लिन्छु । ऋषि सुनकले योर्कशायरको रिचमण्ड सिटबाट भने जितेका छन् । सिट जितेपछि उनले आफ्नो मन्तव्यमा भने, ‘चुनावमा लेबर पार्टीले जितेको छ । मैले कियर स्टारमरलाई उनको जितमा बधाई दिएँ ।' सन् २०१९ को चुनावमा कन्जरभेटिभ पार्टीले ६५० सिट भएको संसदमा ३६४ सिट जित्यो र बोरिस जोनसन प्रधानमन्त्री बने । अघिल्लो पटकको तुलनामा ४७ सिट बढेको थियो । तर यसपटक अवस्था बिल्कुल उल्टो छ । बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ । अहिलेसम्म परिणाम अनुसार लेबर पार्टीले ३९२ सिट जितिसकेको छ । त्यस्तै कन्जरभेटिभले...
बाइडेनलाई उम्मेदवारी छोड्न चन्दादाताको दबाब

बाइडेनलाई उम्मेदवारी छोड्न चन्दादाताको दबाब

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ असार – अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आगामी राष्ट्रपति पदको उम्मेदवारी छोड्न दबाब बढिरहेको बेला उनले आफ्नो उम्मेदवार नछोड्ने जिकिर गरिरहेका छन् । एबीसी न्यूजसँगको अन्तर्वार्तामा बाइडेनले आफुले उम्मेदवारी नछोड्ने बताउदै भने-‘जबसम्म भगवान आफैं नआउनुहुन्छ र मलाई उम्मेदवारी छोड्न भन्नुहुन्छ, तबसम्म म पद त्याग्ने छैन ।' डोनाल्ड ट्रम्पसँगको पहिलो बहस हारेपछि बाइडेनले उम्मेदवारी छोड्नुपर्ने धारणा बलियो हुदै गएको छ । डेमोक्रेटिक पार्टीका नेता, कार्यकर्तादेखि अब चुनावको लागि चन्दा दिने कम्पनी र व्यक्तिहरुले समेत बाइडेनले आफ्नो उम्मेदवारी छोड्नुपर्ने बताउन थालेपछि दबाब बढेको छ । ८१ बर्षिय बाइडेनको शारीरिक अवस्था र स्वास्थ्यका कारण उनले चुनावी क्याम्पेनमा ट्रम्पलाई चुनौती दिन नसक्ने र चुनाव जितेपछि राष्ट्रपतिको काम गर्न नसक्ने दलिल दिन शुरु गरिएको छ । तर बाइडेनले आफु राष्ट्रपतिको...
साइकल चढेर बिदा भए नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री

साइकल चढेर बिदा भए नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ असार – नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री मार्क रुटे यतिबेला चर्चामा छन् । निवर्तमान प्रधानमन्त्री रुटले हेगस्थित आफ्नो कार्यालयबाट अनौठो तरिकाले साइकल चढेर प्रधानमन्त्री कार्यालयबाट बिदा भएको विषय अहिले मिडिया र सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ । १४ वर्षको कार्यकालपछि रुटले पूर्व गुप्तचर प्रमुख डिक शूफलाई प्रधानमन्त्रीको कार्यभार सुम्पेर साइकल चढेर बिदा भएका थिए । राजा विलेम-अलेक्जेन्डरको अध्यक्षतामा आयोजित समारोहमा शूफले प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए । रुटेले अब नेटोको नयाँ महासचिवको जिम्मेवारी सम्हाल्नेछन् । यो भिडियो सामाजिक सञ्जालमा भाइरलको भिडियोमा, रुट साइकल चढेर अफिसबाट निस्किँदै गरेको देखिन्छ, जबकि उनका कर्मचारीहरूले उनलाई हल्लाउँदै बिदाई गरेका छन् । रुटे प्रधानमन्त्री कार्यालयबाट साइकलमा घर जाँदै गर्दा त्यहाँ उपस्थित सञ्चारकर्मीले उनको फोटो र भ...
कांग्रेसको निष्कर्ष- बिआरआई अनुदानको रुपमा स्वीकार गर्न सकिन्छ तर, ऋणकारुपमा होइन

कांग्रेसको निष्कर्ष- बिआरआई अनुदानको रुपमा स्वीकार गर्न सकिन्छ तर, ऋणकारुपमा होइन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ असार – नेपाली कांग्रेसले चीन सरकारको बेल्ड एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनालाई ऋणका रुपमा स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले बिआरआई परियोजनालाई ऋणका रुपमा स्वीकार गर्न नसकिने विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो। कांग्रेस प्रवक्ता एवं पूर्वपरराष्ट्र तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल पहिलेदेखि नै ऋणमा रहेको र फेरि अहिले अनुदान र सहयोगमा प्राप्त परियोजना समेत पूरा गर्न नसकिएको अवस्था रहेको बताए। ‘यस्तो बेलामा थप ऋण लिएर विकास निर्माणको काम अगाडि बढाउन सकिन्नँ। अनुदान सहयोगकै उपयोग हुन नसकिरहेको अवस्थामा हामीले ऋण लिनु ठीक हुँदैन भन्ने हाम्रो निष्कर्ष छ। यो विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले भने। नेपालले सन् २०१७ मा बिआर...
बिआरआईमा किन ढिपी गर्दैछ चीन? कांग्रेस युवा नेता ठाकुरले खुलाए फेहरिस्त

बिआरआईमा किन ढिपी गर्दैछ चीन? कांग्रेस युवा नेता ठाकुरले खुलाए फेहरिस्त

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ असार – नेपाली कांग्रेसका युवा नेता विकासकुमार ठाकुरले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा चीनले ढिपि कसेको बताएका छन्। रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा युवा नेता ठाकुरले चीनले जसरी पनि महँगो ऋण दिनेगरी सम्झौता कार्यान्वयन गर्न खोजेको तर नेपालले अनुदान वा सहुलियतपूर्ण ऋण खोजेको बताए। यही विषयमा नेपाल र चीनबीच कुरा मिल्न नसकेको हो। नेता ठाकुरले भने, ‘बिआरआईमा हस्ताक्षर गर्नेगरी चिनियाँ विदेश उपमन्त्री सन वेइडोङ नेपाल आएका थिए।तर, चार दिनको भ्रमणमा सफल हुन सकेन। बिआरआईमा सम्झौता नभएपछि प्रधानमन्त्रीले संसदमा भने कि बिआरआई ऋणको रुपमा स्वीकार गर्न सकिँदैन, अनुदान लिन्छौँ वा सहुलियत चाहन्छौँ । तर, सम्झौता नभएपछि मुख्य खेल त्यहीँबाट सुरु भयो।’ ‘प्रतीक थापालाई त्यतिकै पक्राउ गरिएको होइन, एमालेका नेताको छोरा भनेर पक्राउ गरिएको हो। बेचन झालाई गोप्य सूचनाका...
एससीओ शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भने- आतंकवादीलाई शरण दिने राष्ट्रलाई एक्लो पार्नुपर्छ, पर्दाफास गर्नुपर्छ

एससीओ शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भने- आतंकवादीलाई शरण दिने राष्ट्रलाई एक्लो पार्नुपर्छ, पर्दाफास गर्नुपर्छ

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ असार – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै पनि रूप वा अभिव्यक्तिमा आतंकवादलाई उचित ठहराउन नसकिने बताएका छन्। त्यस्तै, अन्तर्राष्ट्रिय समुदायलाई आतंककारीलाई शरण दिने, सुरक्षित आश्रय दिने र आतंकवादलाई समर्थन गर्ने देशलाई एक्लो पार्न र पर्दाफास गर्न आह्वान गरेका छन्। विदेश मन्त्री एस जयशंकरले कजाकिस्तानको अध्यक्षता अन्तर्गत आयोजित सांघाई सहयोग संगठनमा प्रधानमन्त्री मोदीको तर्फबाट यी टिप्पणी गरे। एससीओलाई एक सिद्धान्तमा आधारित संगठन भनेर उल्लेख गर्दै प्रधानमन्त्री मोदीले भने, ‘यस समयमा, यो विशेष गरी उल्लेखनीय छ कि हामी सार्वभौमसत्ता, स्वतन्त्रता, क्षेत्रीय अखण्डता, समानता, पारस्परिक लाभ, गैरआन्तरिक मामिलामा हस्तक्षेप, शक्तिको प्रयोग नगर्ने वा हाम्रो विदेश नीतिको आधारमा बल प्रयोग गर्ने धम्कीलाई राज्यको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सिद्धान्त विपरीत कुनै पनि कदम च...