Thursday, November 13सत्यम खबर
Shadow

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित कार्यक्रममा ४० जनाले रक्तदान गरे

प्रमोद सहनी
दाङ, २७ असार – केन्द्रीय आयुर्वेद विद्या पीठ, बेलझुण्डी, दाङ अनेरास्ववियु क्याम्पस कमिटिद्वारा आयोजन गरिएको रक्तदान कार्यक्रममा विद्यार्थीहरु, शिक्षकहरु तथा कर्मचारीहरु गरी ४० जना रक्तदान गरेका हुन् ।


कार्यवाहक अध्यक्ष लक्ष्मण ज्ञवालीको अध्यक्षतामा केन्द्रिय विद्या पिठमा “रक्तदान जिवनदान” कार्यक्रम सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको अतिथी माधव वली विशिष्ठ अतिथि डाक्टर रामचन्द्र अधिकारी, सर्जन परियार, अतिथी गोविन्द बस्नेत, गणेश खडका केन्द्रीय आयुर्वेद विद्या पीठका शिक्षक वर्ग, कर्मचारी वर्ग, स्ववियु अध्यक्ष हेमन्त बन्जाडे, कोषाध्यक्ष कुन्दन जयसवाल तथा सातौँ ब्याच, आठौं ब्याच, नौवौं ब्याच, दशौँ ब्याच, एघारौं ब्याच, बाह्रौं ब्याच, तेरहौँ ब्याचका विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *