कृतिमाथि परिचर्चा सम्पन्न
नेपालगन्ज, २३ असार – बाँकेको खजुरामा कृतिकारद्वय कथाकार चरित्रा शाहको तातेताते र बोधराज प्याकुरेलद्वारा प्रकासित कृति शङका कृति माथि परिचर्चा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।कल्पना फाउण्डेसन नेपाल साहित्य विभागको आयोजनामा “कल्पना फाउण्डेसनको पहिचान, साहित्य र समाज सेवा हाम्रो पहिचान” मूल नाराकार साथ आयोजित कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख डम्बर बिक तुफानले पानसमा दीप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिकाका प्रमुख डम्बर बिक तुफानले दुबै जना खजुराका हुनु हुन्छ, ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुराका क्याम्पस प्रमुख चरित्रा शाह र ज्ञानोदय माध्यमिक बिद्यालय खजुराका शिक्षक पनि हुनु हुन्छ उहाँहरुले यस्तो मेहनत गरी कृति प्रकासित गर्नु भएकोमा धन्यादवाद दिंदै यस किसिमको कृति अझ प्रकासित गरुन हाम्रो खजुराको अलग पहिचान हुन्छ भन्दै बिचार व्...









