Tuesday, July 14सत्यम खबर
Shadow

आस्था

अवधी पत्रकार संघद्धारा श्रद्धाञ्जली सभा

अवधी पत्रकार संघद्धारा श्रद्धाञ्जली सभा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ श्रावण – अवधी पत्रकार संघ नेपालका केन्द्रीय महासचिव पत्रकार गुरुमुरत यादवको आमा स्वर्गिय चमेला यादवको १३औँ पुण्यतिथीमा श्रद्धाञ्जली सभा गरिएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर–५ जमुनाह स्थित घरमा अवधी पत्रकार संघको टिम पुगेर सभामार्फत सम्बेदना व्यक्त गरेको छ । संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्र, वरिष्ठ उपाध्यक्ष विनय दिक्षित, केन्द्रीय सदस्य दिपक गुप्ता, बाँके शाखाका पुर्ब अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी, नेपाल प्रेस युनिय बाँकेका उपायक्ष कमल खत्रीलगायतले मृतक आमाप्रति दिवांगत आत्माको चिरशान्तिको कामना गर्दै समबेदना व्यक्तगर्नु भएको थियो ।९० वर्षीय यादवको असार १९ गते बुधबार राती बाँके, नरैनापुर गाउँपालिका वडा नम्बर–५ जमुनाह स्थित घरमा निधन भएको थियो ।...
२१ औं स्थापना दिवसमा आजीवन सदस्यता वितरण

२१ औं स्थापना दिवसमा आजीवन सदस्यता वितरण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ श्रावण – नेपाल रेडक्रस सोसाइटी बाँके बगिया उपशाखाको २१ औं स्थापना दिवसको अवसरमा अन्र्तक्रिया कार्यक्रम तथा आजीवन सदस्यता बितरण एक कार्यक्रम गरी आज सम्पन्न भएको छ ।बाँके बगिया उपशाखाका सचिव गोबिन्दप्रसाद घिमिरेद्वारा सञ्चालित, उपशाखाका सभापति बिष्णुप्रसाद सुवेदीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।प्रमुख अतिथि गोर्वधन सिंह सम्झनाले हेनरी डियुनाको तस्बीरमा अबीर लगाई, ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय निर्वतमान उपसभापति अजीतकुमार शर्मा, घरवारीटोल उपशाखाका सभापति सुरेन्द्र श्रेष्ठ, सदरलाइन उपशाखाका सभापति ओप्रकाश आजाद लगायतले बाँकेबगिया उपशाखाको भवन बनाउनका लागी जोड दिएका थिए ।सदरलाइन उपशाखाका सभापति ओमप्रकाश आजादले आजीवन सदस्यता प्रा...
भारी बाढीको कारण चीनमा आपतकाल, सरकारले लापरबाही गरेको आरोप

भारी बाढीको कारण चीनमा आपतकाल, सरकारले लापरबाही गरेको आरोप

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ३० असार – चीनले २०२४ मा ठूलो बाढीको सामना गरेको छ, जुन विगत ६ दशकमा सबैभन्दा खराब थियो। बाढीका कारण लाखौं मानिस विस्थापित भएका छन्। दक्षिणी चीनबाट सुरु भएको भारी वर्षा बिस्तारै अन्य भागमा फैलिएको छ। पूर्वी चीनमा भर्खरै आएको आँधीले ठूलो भूभाग पानीमुनि ल्याएपछि कम्तीमा २ लाख ४२ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो। धेरै प्रान्तले ठूलो बाढीबाट उत्पन्न कठिनाइको सामना गर्न संघर्ष गर्दा, हुनान प्रान्तमा बाँध भत्किएपछि मध्य चीनमा ठूलो बाढी आयो। शानडोङ प्रान्तमा आँधीबेहरीले केहीको ज्यान लियो। चीनले हालैका वर्षमा चरम मौसमी घटनाको साक्षी दिइरहेको बेला, भर्खरको वर्षा र बाढीले यस्तो अवस्था सिर्जना गरेको छ जसलाई अधिकारीहरूले युद्धकालीन आपतकाल भनेका छन्। चिनियाँ अधिकारीहरूले प्रभावित मानिसहरूलाई उद्धार गर्न र उनीहरूलाई सहयोग उपलब्ध गराउन संघर्ष गर्दा असहाय देखिन्छन्। सन् २०२३ र २...
खाध आत्मनिर्भरताको घट्दो अनुपातले चीन चिन्तित, रणनितिक समाधान नभए भोकमरी हुने

खाध आत्मनिर्भरताको घट्दो अनुपातले चीन चिन्तित, रणनितिक समाधान नभए भोकमरी हुने

आस्था, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३० असार – किसानको संख्या घट्दै गएको र खेतीयोग्य जमिन पनि घट्दै गएपछि बेइजिङले फेरि खाद्य सुरक्षाको चर्को मुद्दाको सामना गर्नुपरेको छ । चीनको सामाजिक-आर्थिक संरचनामा गहिरो जरा गाडिएको यो चुनौतीले यसको विशाल जनसङ्ख्याको निर्वाह सुनिश्चित गर्न तत्काल ध्यान र रणनीतिक समाधान अहिलेको मॅाग हो । चीनमा आर्थिक सूचकहरू उल्लेखनीय नकारात्मक परिवर्तनबाट गुज्रिरहेका छन्, जसमा स्थिर जीडीपी, प्रतिव्यक्ति उत्पादकतामा आएको ह्रास, बुढ्यौली जनसङ्ख्याले अर्थतन्त्रलाई दबाब दिइरहेको छ, र युवा बेरोजगारी दर ५० प्रतिशतको नजिक छ। विश्वव्यापी समुदायको एक महत्वपूर्ण भागले आफ्नो उत्पादन आधारहरू चीनबाट भारत र भियतनाम जस्ता व्यापार-मैत्री वातावरणमा स्थानान्तरण गर्ने विचार गरिरहेको छ। यसैबीच, चीनका धनी व्यक्तिहरूको अभूतपूर्व संख्या संयुक्त राज्य अमेरिकामा बसाईरहेको छ। चीनले अर्को निर्णायक बृहत् आर्थिक च...
युरोपलाई मुस्लिमहरूले भर्ने जर्ज सोरोसको रणनिती, हंगेरीका प्रधानमन्त्रीको यस्तो खुलासा!

युरोपलाई मुस्लिमहरूले भर्ने जर्ज सोरोसको रणनिती, हंगेरीका प्रधानमन्त्रीको यस्तो खुलासा!

आस्था, धार्मिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० असार – हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले जर्ज सोरोसमाथि युरोपलाई मुस्लिमहरूले भर्ने योजनासहित गम्भीर आरोप लगाएका छन्। प्रधानमन्त्री ओर्बानले सोरोसले मुस्लिम र अन्य घुसपैठहरूलाई समर्थन गर्न युरोपेली संघका धेरै सांसदहरू किनेको दाबी गरेका छन्। प्रधानमन्त्री भिक्टर ओर्बानले पत्रकार सम्मेलनमा भने, ‘जर्ज सोरोस युरोपलाई मुस्लिमहरूले भर्न चाहन्छन्। उनले युरोपेली संघका धेरै सांसदहरूलाई पैसा दिएर आफ्नो पक्षमा ल्याएका छन् । यसरी, तिनीहरूले युरोपेली संघ मा कानून पारित गर्न सक्छन्।’ ओर्बानले विशेष गरी ग्रीस, हंगेरी र अस्ट्रिया जस्ता देशहरूमा मुस्लिम जनसंख्यालाई पुनर्वास गर्ने योजनाहरू चलिरहेको बताए। उनले यो युरोपको सामाजिक संरचना परिवर्तन गर्नको लागि योजनाबद्ध रणनीति भएको बताए । , युरोपेली संघमा कानून पास गराएको आरोपप्रधानमन्त्री ओर्बानले सोरोसको प्रभावमा युरोपेली संघले ...
एमनेष्टी इन्टरनेशनलको नयाँ कार्यसमिति चयन

एमनेष्टी इन्टरनेशनलको नयाँ कार्यसमिति चयन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० असार – एमनेष्टी इन्टरनेशनल नेपाल, समूह ६२ नेपालगन्जको साधारण सभाले नयाँ कार्य समिति सर्व सम्मत रुपमा चयन गरेको छ ।पंकजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न साधारण सधामा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले द्वन्दको समयमा एमनेष्टी इन्टरनेशनल नेपालले द्वन्द पिडितहरुलाई समय समयमा पु¥याउनु भएको योगदानको बारेमा चर्चा गर्दै नव गठित कार्य समितिलाई सफल कार्यकालको बधाई दिनुभएको थियो । यसरी नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ का वडाध्यक्ष गोपाल पुन लगायतले आ–आफना बिचार व्यक्त गरेका थिए । आर्थिक वर्ष २०८१÷०८२ को माथि योजना पेश गरिएको थियो सो माथि छलफल गरी सर्व सम्मति रुपमा पारित गरिएको थियो ।कार्यक्रममा एमनेष्टी इन्टरनेशनल नेपाल केन्द्रिय सदस्य देवेन्द्र सिजुवाल, पूर्व संयोजक बिश्वजीत तिवारी, सुदिप भट्ट लगायतको उपस्थितमा नयाँ कार्य समितिको गठन गरिएको छ । अभिराज क्षेत्रीक...
बबिनाको ‘एउटा सानो घर’ सार्वजनिक (भिडियो सहित)

बबिनाको ‘एउटा सानो घर’ सार्वजनिक (भिडियो सहित)

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ३० असार – माया, प्रेममा ठुला ठुला आशा राखिन्न, मनको माया नै सबैभन्दा ठुलो हुन्छ अरु सबै कुरा गौण हुन्छन् । एउटा सानो घर चाहे त्यो झुपडी नै किन नहोस्, त्यहि घरमा फक्रन्छ माया अनि त्यहि घरमा नै मौलाउँछ पिरती । एकअर्काको भर, एकअर्का प्रतिको विश्वास, एकअर्का प्रतिको समर्पणभाव यी सबै कुरा त्यहि सानो घर भित्र अटाउँछन् । जानेर या नजानेर लगाएको त्यो माया, सानो घर भित्र झांगिएको त्यो मायाको यात्रा जीवनभरिलाई एउटै रथमा एकनासले अघि बढ्नेछ । त्यहाँ कतैबाट विरोधाभास आउने छैन, कतैबाट असन्तुलन आउने छैन, कतैबाट अवरोध आउने छैन, एकअर्का प्रतिको प्रेमिल भावले सदावहार रहनेछ युग युग सम्म । त्यहि सानो घर भित्र अट्नेछ मायाको सानो संसार, दुई मुटुको धड्कन एक हुनेछ, तिनै दुई मुटुको भरमा फक्रनेछ, फुल्नेछ प्रेम । जीवभरि तिर्खा मेट्ने पानी उनकै हातले पाउने चाह छ मन भरि । पानीको प्यास अनि मायाको तिर्स...
पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ३० असार – ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा पत्रकार गीता अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको छ ।काठमाडौंमा आयोजना भएको अवार्डको विशेष समारोहमा पत्रकार अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नगद राशीसहित राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान अर्पण गर्नुभएको हो ।विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा उहाँले पु¥याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । पछिल्लो समय हिमालय टाइम्स दैनिकमा कार्यरत अधिकारी मिलाप मासिकको कार्यकारी सम्पादक र मिलाप फाउण्डेशनको अध्यक्ष हुनुहुन्छ । उहाँको केही समयअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ आएको छ । संगीतका २४ विधा र फिल्मका सात विधा गरि जम्मा ३१ विधामा अवार्ड प्रदान गरिएको समारोहमा गीतकार बिबी थापालाइ नगद २५ ...
महिला पुरुष गरी २० जनाले गरे रक्तदान

महिला पुरुष गरी २० जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० असार – रक्तदान जीवनदान मूल उद्देश्यका साथ लायन्स् क्लब अफ नेपालगन्ज भेरी बाँकेद्वारा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी २० जनाले शनिवार रक्तदान गरेका छन् ।सो रक्तदान कार्यक्रममा श्री शुभकामना मेडिकल र प्रादेशिक रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको हो । रक्तदान गर्नेहरुमा सफीक सल्मानी, डा. रत्न सुवेदी, अवुलेश मियाँ हलवाई, दिपकराज भट्ट, निदेश लम्साल, सुवाष थापा, बिबेक शाही, एमडी सोयब हलवाई, दिपेन्द्र घले, भगवती भण्डारी, लक्ष्मी शाही भण्डारी, नैना चापागाईं ज्ञवाली, बच्छबहादुर रावल, अजय योगी, राजेन्द्र थारु, टेकबहादुर सुनार, बिधान पौडेल, रामप्रसाद तिमिल्सेना, टंक साउद, मीन बहादुर बुढा लगायत २० जनाले रक्तदान गरेका छन् । रक्तदाताहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो । रक्तदान कार्यक्रममा लायन्स् क्लब अफ नेपालगन्ज भेरीकी अध्यक्ष एम.जे.एफ...
तारकेश्वर कला प्रतिष्ठानले मनायो भानु जयन्ती

तारकेश्वर कला प्रतिष्ठानले मनायो भानु जयन्ती

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३० असार – आदिकवि भानुभक्त आचार्यको २११ औं जन्म जयन्ती देश तथा विदेशमा विभिन्न कार्यक्रमगरी मनाइएको छ । यही सन्दर्भमा तारकेश्वर कला प्रतिष्ठानको आयोजनामा बालाजु बाइसधारा पार्क भित्र भानुभक्तको सालिकमा माल्याअर्पण तथा कविता बाचन कार्यक्रमगरी भव्यताको साथ मनाएको छ ।प्रतिष्ठानका अध्यक्ष उत्तम के.सी.को सभापतित्व र साहित्यकार/कवि श्रीहरि फुयालको प्रमुख अतिथिमा सम्पन्न भएको कार्यक्रममा साहित्यकार भोजराज न्यौपाने, बासुदेब ठकुरी, भीष्मराज ढुंगेल, बालकृष्ण सुवेदी, शम्भु गजुरेल, कृष्णप्रसाद पौडेल, रसुवाली कवी, दिलकुमारी डंगोल र बाल प्रतिभा प्रतिष्ठि भण्डारी, अभिमा घिमिरे लगायतले भानुभक्त सम्बन्धि आ–आफ्ना रचना बाचन गर्नुभएको थियो । समारोहमा प्रमुख अतिथी श्रीहरिले आदिकवी भानुभक्तको महिमासहित जीवन गाथा वर्णन गर्नुभएको थियो भने बलराम फुयालले भानुभक्तको कविता र साहित्यको बारेमा उल्लेख गर...