Tuesday, July 14सत्यम खबर
Shadow

आस्था

बंगलादेश अपडेट: विपक्षी नेतृ खालिदा रिहा हुदै, नोबेल पुरस्कार विजेताको नेतृत्वमा सरकार गठनको तयारी

बंगलादेश अपडेट: विपक्षी नेतृ खालिदा रिहा हुदै, नोबेल पुरस्कार विजेताको नेतृत्वमा सरकार गठनको तयारी

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ साउन – बंगलादेशकी पुर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेतृ खालिदा जिया जेलबाट रिहा हुने भएकी छन् । बंगलादेशका राष्ट्रपति मोहमद शहबिद्दीनले जेलमा रहेकी खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । ७८ बर्षिय जिया सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि हाल जेलमा रहेकी छन् । यसैबीच नोबेल पुरस्कार विजेता मोहमद यूनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार गठनको तयारी शुरु भएको बताइएको छ । आरक्षण विरोधी अभियानका संयोजक नाहिद इस्लामले यूनुसको नेतृत्वमा अन्तरिम सरकारको रुपरेखा तयार भइरहेको बताएका छन् । यूनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण २००६ मा नोबेल शान्ती पुरस्कार पाएका थिए । सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा रहेकी शेख हसिना भने अहिलेसम्म भ...
सिपीसीको तेस्रो प्लेनममा सी जिनपिङको लागि चिन्ताको संकेत

सिपीसीको तेस्रो प्लेनममा सी जिनपिङको लागि चिन्ताको संकेत

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ साउन – हालै सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को चार दिने तेस्रो प्लेनम अन्तर्राष्ट्रिय स्तरमा अनुमान गरिएझैं धमाकाको साथ होइन तर ‘चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाउन व्यापक रूपमा सुधारलाई थप गहिरो बनाउने’ भन्ने सामान्य भनाइको साथ समाप्त भयो। प्लेनमले पारित गरेको पूर्ण प्रस्तावले अचानक घोषणा गर्‍यो कि यसले सन् २०२९ सम्ममा आफ्नो सुधार प्रयास पूरा गर्ने नयाँ लक्ष्य राखेको छ। सुधारको कार्य पूरा गर्न चुनिएको वर्ष जनवादी गणतन्त्र चीनको स्थापनाको ८०औँ वार्षिकोत्सवसँग मेल खान्छ। चीनले अर्थतन्त्र र विशेषगरी सम्पत्तिको क्षेत्रमा आएको गिरावटलाई रोक्न नीतिगत पहल गर्ने घोषणा गरेको अपेक्षाको बाबजुद पनि सी जिनपिङले चीनको आर्थिक विकासभन्दा पनि राजनीतिक निरन्तरताप्रति बढी चिन्तित रहेको सङ्केत गर्ने घोषणात्मक वक्तव्यहरू रोजेका छन्। यद्यपि यो भन्न सकिन्छ कि संकल्पको भाषाले मानक चिनिय...
पाकिस्तानमा पश्तून समुदायविरुद्ध हिंसाको तीव्रता

पाकिस्तानमा पश्तून समुदायविरुद्ध हिंसाको तीव्रता

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २२ साउन – पाकिस्तानमा जातीय पश्तूनहरूले दैनिक चुनौतीहरू सामना गर्छन् - जसमा लक्षित हत्या, जबरजस्ती र सैन्य कारबाहीहरू समावेश छन्। अगस्ट २०२१ मा अफगानिस्तानमा तालिबान फिर्ता भएपछि स्थिति बिग्रियो जसले यस क्षेत्रमा बढ्दो पश्तून एकताको बारेमा पाकिस्तानको सैन्य प्रतिष्ठान भित्रको चिन्ता बढ्यो। मञ्जूर पश्तीनको नेतृत्वमा रहेको पश्तून तहफुज आन्दोलन (पीटीएम) मार्फत पश्तून समुदायले महत्वपूर्ण ध्यानाकर्षण गरेको छ। रिपोर्टहरूले संकेत गर्दछ कि पाकिस्तानको सुरक्षा एजेन्सीहरूले आन्दोलनलाई रोक्न पीटीएम कार्यकर्ताहरू विरुद्ध कडा कदम चालेको छ। हालैको घटनामा एक प्रमुख पश्तून कवि र पिटीएमका वरिष्ठ सदस्य गिलामन वजीरलाई जुलाई ७ मा इस्लामाबादमा शंकास्पद परिस्थितिमा मारिएको थियो। वजीर पश्तून इतिहास मनाउने कविताहरूका लागि प्रख्यात थिए र सामाजिक सञ्जालमा उनको महत्त्वपूर्ण फलोअर थियो। उनको मृत्युले वि...
बङ्गलादेशमा पुनः आन्दोलन चर्किएपछी परराष्ट्रमन्त्री राणाद्वारा विद्यार्थीको सुरक्षाका लागि दुतावासलाई निर्देशन

बङ्गलादेशमा पुनः आन्दोलन चर्किएपछी परराष्ट्रमन्त्री राणाद्वारा विद्यार्थीको सुरक्षाका लागि दुतावासलाई निर्देशन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २२ साउन – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बङ्गलादेशमा जारी रहेको आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्नसक्ने अप्ठेरोप्रति जानकार रही उनीहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूताबासलाई निर्देशन दिनुभएको छ । मन्त्री डा. राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोन मार्फत त्यहाँको पछिल्लो अवस्थाका बारेमा आज जानकारी लिएपछि त्यहाँ रहेका नेपालीहरुको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न सो निर्देशन दिनुभएको हो । त्यस अवसरमा बङ्गलादेशमा नेपाली विद्यार्थी लगायत सबै नेपाली नागरिक सुरक्षित रहेका बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले जानकारी गराउनुभएको थियो । मन्त्री डा. राणाले धेरै नेपाली विद्यार्थी स्वदेश फर्किसकेको भए पनि त्यहाँ बाँकी रहेकाहरुको सुरक्षाका लागि उनीहरुको सम्पर्कमा रहेर आवश्यक समन्वय गर्न दूताबासलाई निर्देशन दिनुभयो...
भारतीय च्यानलहरूले बन्द गरे नेपालमा प्रसारण

भारतीय च्यानलहरूले बन्द गरे नेपालमा प्रसारण

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २० साउन – भारतीय टेलिभिजन च्यानलहरूले नेपालमा प्रसारण बन्द गरेका छन्। करिब २ वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो। ‘१५ चैत २०७९ देखि नै उनीहरूको विदेशी मुद्रा सिफारिस हुनसकेको छैन,’ उनले भने। च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका भन्दै ऐन, कानुनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको सहसचिव ठाकुरले बताए। १ साउन २०८० देखि यो प्रणाली लागू भएपछि भने त्यस्ता च्यानलहरूको प्रसारण नै रोकिएको थियो तर सरकार पछि हट्ने सङ्केत नपाएपछि भारतीय च्यानलहरू आलाकार्टा मूल्य प्रणालीमा जान तयार ...
भारतविरुद्ध नेपालको ऐतिहासिक जीत

भारतविरुद्ध नेपालको ऐतिहासिक जीत

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २० साउन – नेपाली महिला टोलीले भारतलाई हराउँदै काभा वुमन्स लिगमा ऐतिहासिक जीत* निकालेको छ । दशरथ रङ्गशालामा शनिबार दिउँसो भएको खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको हो । भलिबलमा एसियाकै जायन्ट मानिने भारतलाई नेपाली टोलीले ३–२ को सेटमा पराजित गर्दा स्पाइकरहरू सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारी एवम्‌ लिबेरो सलिना श्रेष्ठले फाइनल स्पर्धामा उत्कृष्ट प्रदर्शन गरे । नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंका सहभागी काभा वुमन्स लिगमा शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्‌ । यसअघि नै नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । शनिबार नै भुटानको राजधानी थिम्पुमा नेपाली महिला टोली काभा बीच भलिबल च्याम्पियन बनेको थियो । नेपाली महिला टोलीका सदस्य कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको टोलीलाई २१-१७ र २१-१४ को सोझो सेटमा पराजित गरेको थियो ।...
पहिलो खेल बराबरीमा टुंगिएको भारत र श्रीलंकाको एकदिवसीय सिरिजको दोस्रो खेल आज

पहिलो खेल बराबरीमा टुंगिएको भारत र श्रीलंकाको एकदिवसीय सिरिजको दोस्रो खेल आज

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २० साउन – जारी भारत र श्रीलंकाको एकदिवसीय सिरिजको दोस्रो खेल आइतबार हुँदैछ। पहिलो रोचक खेल बराबरीमा टुंगिएपछि दोस्रो खेलमा दुवै देश पहिलो जितको खोजीमा हुनेछन्। यो खेल आइतबार दिउँसो २:४५ बजे कोलम्बुमा सुरु हुँदैछ। शुक्रबार सुरुभएको सिरिजको पहिलो खेलमा २३१ रनको लक्ष्य पछ्याएको भारत ४७.५ ओभरमा २३० रनमा अल आउट भएपछि खेल बराबरीमा सकिएको थियो। पहिलो खेलमा भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५८ रनको बनाए। त्यस्तै अक्षर पटेलले ३३, केएल राहुल ३१, शिवम दुबेले २५ तथा विराट कोहलीले २४ रन बनाए। भारतलाई सस्तैमा समेट्न श्रीलंकाका लागि वानिन्दु हसरंगा र चरित असालान्काले तीन-तीन विकेट लिए। टस जितेर सुरुवाती ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३० रन बनाएको थियो। श्रीलंकाका लागि दुनिथ वेल्लागेले सर्वाधिक ६६ रनको योगदान गरेका थिए। पाथुम निसान्काले ५६ रन जोड्दा...
चिनियाँ राजदूतको हर्कतविरुद्ध संसदीय समिति क*डा रुपमा प्रस्तुत हुने

चिनियाँ राजदूतको हर्कतविरुद्ध संसदीय समिति क*डा रुपमा प्रस्तुत हुने

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २० साउन – चिनियाँ राजदूत छन् सोङका पछिल्ला हर्कतमाथि लगाम लगाउन आवश्यक देखिएको छ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पनि यसबारे चासो देखाएको छ। समितिका सभापति राजकिशोर यादवका अनुसार चिनियाँ राजदूतको विवादित अभिव्यक्तिबारे समितिले परराष्ट्र मन्त्रालयसँग जानकारी लिनेछ भने समितिले आवश्यक निर्देशन दिने छ। भरतपुरको सिमलतालमा पहिरोमा परी दुई त्रिशूली नदीमा खसेको घटनामा राजदूतले असोभनिय टिप्पणी गरेका थिए। यो घटनामा २४ जनाको शव भेटिएको छ भने ३८ जना अझै बेपत्ता छन् । बस भेटिएका छैनन् । भारतबाट आएको टोलीले बसको खोजी गर्ने क्रममा प्रयोग भएको ठूलो चुम्बक हराएपछि चिनियाँ राजदूत सोङले ‘त्यसो भए चुम्बक खोज’ लेखेका थिए । ‘दुघर्टनामा बेपत्ता भएका मानिस र बसको खोजीका लागि नेपालले सहयोग मागेपछि भारतीय टोली आएको हो। त्यससँग सम्बन्धित भएर नेपालका लागि चिनियाँ राजदूतले त्...
लुम्बिनीमा मन्त्रीहरुले पाए जिम्मेवारी

लुम्बिनीमा मन्त्रीहरुले पाए जिम्मेवारी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
बुटवल, २० साउन – लुम्बिनी प्रदेशमा मन्त्रीहरुको जिम्मेवारी तोकिएको छ । मन्त्री बनेका आठ सांसदहरुले मन्त्री बनेको १० दिनपछि जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले यहि साउन ९ गते शपथ लिएका थिए । सरकारले प्रदेश प्रमुख हटाएर नयाँ नियुक्तको सिफारिस गरेपछि मन्त्रीको जिम्मेवारी तोक्ने विषय ढिलाई भएको थियो । शुक्रबार लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगरले पदभार ग्रहण गरेसँगै मन्त्री परिषद्ले मन्त्रीहरूको कार्य विभाजन भएको हो । कार्य बिभाजनमा बादशाह कुर्मीलाई वन तथा वातावरण मन्त्रालय, भूमिश्वर ढकाललाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, दिनेश पन्थीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी, धनेन्द्र कार्कीलाई आर्थिक मामिला तथा योजना, सरोज थापालाई शहरी विकास र प्रचण्डविक्रम न्योपानेलाई उद्योग मन्त्रालय, खेम बहादुर सारुला...
कामतलाई मधेश विभूति घोषणाका लागि दवाव

कामतलाई मधेश विभूति घोषणाका लागि दवाव

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जनकपुरधाम, १९ साउन - राष्ट्रिय एकता अभियानका नेता मनीष पुर्बे र पंकज झाको नेतृत्वमा स्व. गुरूदेव कामतलाई मधेश विभूति घोषणाको माग गर्दै जनकपुरधाममा दवाव कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममा मधेश प्रज्ञा प्रतिष्ठानका प्रमुख रामभरोस कापडीले गुरूदेव कामतको अपमान गरेको भन्दै सहभागीहरूले कापडीको पुत्ला दहन गरेका थिए। कार्यक्रममा सहभागीहरूले "गुरूदेव कामतलाई प्रदेश विभूति घोषणा गर," "गुरुदेव कामतको अपमान कार्य बन्द गर," "राम भरोस कापडी राजीनामा देउ," "मधेस प्रज्ञा प्रतिस्ठान मुर्दावाद," र "मधेस सरकार मुर्दावाद" जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरे। नेता मनीष पुर्बेले गुरूदेव कामतले मधेशका लागि कला र सङीतको माध्यमबाट महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनको सम्मान गर्न प्रदेश सरकारले उनलाई विभूति घोषणा गर्नुपर्ने माग गरे। प्रदर्शनकारीहरूले रामभरोस कापडीको नेतृत्वमाथि असन्तुष्...