Wednesday, March 12सत्यम खबर
Shadow

अखिल क्रान्तिकारी नगर अध्यक्षमा कनोजिय चयन

नेपालगन्ज, २६ साउन – नेपालगन्ज उद्योग वाणिज्य संघको सभाहालमा आयोजना गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को तेस्रो नेपालगन्ज उपमहानगरपालिकाको सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ ।


उक्त सम्मेलनमा अध्यक्षमा विष्णु कनोजिया, उपाध्यक्षहरुमा सुवास शाही, रेजिना सिंह, दलविर वि.क, सचिव पदमा भरत नेपाली, सह सचिव पदमा टंक भुल, सुजा बुढाक्षेत्री, धर्म नेपाली, कोषाध्यक्ष पदमा ममता शाही सहित ३५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको छ ।


नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समिति सहसचिव अकलबहादुर बमको प्रमुख आथित्यमा, नेकपा (माओवादी केन्द्र) प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक नरेन्द्र पाण्डे (जेम्स), प्रदेश सचिवालय सदस्य निर्वाचन क्षेत्र न.२ का संयोजक नवीन शर्मा, नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष रतन शाही, सचिब प्रेम शाही, संगठनका केन्द्रिय उपमहासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज सुर्यप्रकाश घर्तिमगर, केन्द्रीय उपमहासचिव तथा लुम्बिनी प्रदेश सहइन्चार्ज तुल्सिमणि के.सी., संगठनका केन्द्रिय सचिव बिनोद बराल, फ्याक्सन इन्चार्ज धर्मराज न्यौपाने केन्द्रिय सचिवालय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुरेन्द्र शाह (जम्बो), जिल्ला अध्यक्ष महेश बस्नेत, महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु कोषाध्यक्ष भरत बुढथापा, प्रेस सेन्टर नेपालगन्जका सचिव आकाश कसौधन लगायतको उपस्थितिमा तेस्रो सम्मेलन सम्पन्न भएको जानकारी अध्यक्ष शाहीले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *