
नरैनापुर, १८ मंसिर – बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ४ जयरामपुरुवा स्थिति धनीराम यादवको घरबाट ठूलो मात्रामा ३० किलो गाँजा बरामद गरिएको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भोजभगवानपुरबाट खटिएको प्रहरी टोलीले यादवको घरको खानतलासी गर्दा ३० किलो गाँजा ५ बोरामा बरामद भएको इलाका प्रहरी कार्यालय प्रमुख बसन्त गौतमले जानकारी गराउनुभयो ।

यादवले घरमै गोदाम बनाएर गाँजा राखि कारोबार गर्दै आएको स्रोतको दावी रहेको छ ।
बारोमा प्याक गरेर राखिएको गाँजालाई प्रहरीले नियन्त्रणमा लिंंदै तौल गर्दा ३० किलो रहेको र यादवलाई नियन्त्रणमा लिई म्याद थप गरी आवश्यक कारवाहीको प्रक्रिया अघि बढाईएको इलाका प्रहरी प्रमुख गौतमले बताउनुभयो ।
