Thursday, May 28सत्यम खबर
Shadow

अवैध बल्बसहित ३ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज, ७ मंसिर – जिल्ला प्रहरी कार्यालय बाँकेले अबैध रुपमा नेपाल भिœयाउँदै गरिएको अवस्थामा ठुलो परिमाणमा विद्युतीय बल्ब नियन्त्रणमा लिएको छ ।
शनिबार बेलुका ७ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुर (ईतराम बाबाको मन्दिर नजिक) मा भारतबाट अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको २०० वाडको ६० कार्टुन (३००० पिस) साधारण विद्युतीय बल्ब नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


गस्तीमा खटीएको प्रहरी टोलीले अवैध बल्बसहित नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ जयसपुर बस्ने १७ वर्षिय दिनेश वर्मा, सोही ठाउ“का १७ वर्षिय अनिलकुमार गोडिया र मोबिन कबडियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पक्राउ परेका तिनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *