एसपी रानाको सक्रियतामा धमाधम अपराधी पक्राउ गर्दै, दुई महिनापछि अपहरित बालिकाको उद्दार
            नेपालगन्ज, २१ असोज – विभिन्न अपराधमा घटनामा संलग्न भएकाहरुलाई बाँके प्रहरीले पक्राउ गरेको छ । आज बुधबार पत्रकार सम्मेलनको आयोजना गरी एसपी ओमबहादुर रानाले पक्राउ व्यक्तिहरुको बारेमा जानकारी गराउनुभयो । उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा बालिका अपहरण गर्नेदेखि जंगली जनावर मार्नेसम्मका छन् ।
यसैगरी, दुई महिनादेखि अपहरित बालिकाको प्रहरीले उद्दार गरेको छ । ती बालिका अपहरणमा संलग्न बर्दिया बढैयाताल गाउँपालिका–७ का २१ बर्षीय मुकेश यादव, ५५ बर्षीय हरिराम अहिर र बढैयाताल–७ का ३५ बर्षीय अगलेश यादवलाई पक्राउ गरिएको छ ।अगलेश यादव समेतका ब्यक्तिहरु घरमा आई पीडित नाबालिकालाई डर त्रास देखाई अपहरण गरी भारत उत्तर प्रदेश, जिल्ला गौतम बुद्धनगर, थाना बादलपुर, दुजानामा बन्धक बनाई राखेको खुलेको छ ।
बाँके प्रहरीबाट प्रहरी निरक्षिक हृदेशकुमार सापकोटाको टोलीले भारतीय प्रहर...        
        
    
                            







