१७५ ग्राम ब्राउन सुगरसहित सीमावर्ति रुपैडियामा ताज बाबु पक्राउ
नेपालगन्ज, २५ श्रावण – सीमावर्ती क्षेत्रमा लागू औषधि कारोबारमा बृद्धि हुँदै गएपछि सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले समेत निगरानी गर्ने नयाँ–नयाँ तरिका अपनाउन थालेका छन् ।यसैक्रममा आज सीमावर्ति रुपैडिया बजारमा ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध सहित एकजना पक्राउ परेका छन् । रुपैडिया घरियारन टोलका २१ वर्षीय ताज बाबु १७५ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
एसएसवी असिस्टेन्ट कमान्डेन्ट सुमित भारद्धाज र रुपैडिया थाना प्रमुख अभय सिंहको संयुक्त टोलीले १७५ ग्राम ब्राउन सुगरसहित बाबुलाई आज सोमबार पक्राउ गरिएको छ ।उक्त ब्राउन सुगरको मूल्य करिव १ करोड ७५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद भएको लागु औषध बाबुले नेपाल भिœयाउने तयारी गरिरहै बेला उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।यसअघि १३४ ग्राम स्मेक सहित घसियारन टोल कै युवा पक्राउ परेका थिए । उक्त स्मेक पनि नेपाल ल्याउने तयारी...








