Tuesday, March 10सत्यम खबर
Shadow

“‘लकडाउन अवधीमा छुटेको युनिटलाई समेटिएको हुँदा थप शुल्क देखिएको” प्रमुख मल्लिक “जति जोगी आए पनि कानै चिरिएका”– उपाध्याय

नेपालगन्ज, १४ श्रावण– नेपालगन्ज विद्युत कार्यालय भित्र प्रायः सबै कोठामा एसीसहितका रुमहरु रहेको पाईन्छ यो राम्रो हो, सेवा गर्दा आफूलाई आराममा राखी सेवा प्रदान गर्नु कदापि अनुचित ठान्न मिल्दैन । तर जब त्यही सेवालाई मेवा खाने भाडो बनाईन्छ, जनतामा आक्रोश उत्पन्न हुन्छ ।
हालको अवस्था त्यही भएको पाईन्छ । चैत्र महिनादेखि लकडाउनले गर्दा विद्युत मिटर रिडिङ्ग नभएको हुँदा सो अगाडी मिटरमा आउने अंकलाई अनलाईनमा समेटिएको भएपनि लकडाउन खुलेपछि घरघरमा मिटर रिडरहरुले गएर छुट भएको मिटर अंकलाई समेटिएको हुँदा यसपटक धेरै विद्युत महसुल आयो भनेर नेपालगन्ज विद्युत प्राधिकरण वितरण केन्द्र प्रमुख ई. लखनलला मल्लिकको भनाई रहेको छ ।
केन्द्र प्रमुख ई. मल्लिकको भनाई अनुसार बत्ती गईसकेपछि पुनः बिद्युत आउँदा घरभित्रका सबै बत्तीहरु निभाईएको छैन भने मेन मिटरमा केही असर गर्दैन । तर यसबारे अन्य ईन्जिनियर र मिस्त्रीहरुबाट बुझ्दा त्यसो नभएको र मेन मिटरमा एकै चोटी बोल्टेज तलमाथि गर्दा धेरै असर पर्ने बताउँछन् ।
यसबारे सम्बन्धित वितरण केन्द्रका अन्य कर्मचारीहरुको भनाई सुन्ने हो भने हाँस्नु नै हुन्छ उनको भनाई अनुसार हाल धेरै कम्पनीका मिटरहरु लगाइएको हुँदा हावा चल्दा समेत मिटर भाग्ने र त्यसो भएको हुन सक्छ बताउँछन् ।
यसबारे नेपालगन्ज निवासी सुरेशसिंह परियारको भनाई अनुसार “पटक–पटक विद्युत काटिनु भनेको मिटरको अंक “जम्प” गराउनु हो र, भोल्टेज स्थिर नहुनु भनेको टीभी र फ्रीज जस्ता ग्राहकका विद्युतीय सामग्री बिगारेर उनीहरुको ढाड सेक्नु हो, विद्युत प्राधिकरणले यही गर्दै आएको छ । होइन भने आफ्ना उपकरणहरु “अपग्रेड” गरी प्राविधिक त्रुटीहरुलाई सुधार गर्न प्राधिकरणलाई कसले रोक्या छ ?” भनी प्रश्न गर्नु हुन्छ ।
त्यसैगरी फुल्टेक्रा निवासी सुभाष गुप्ताको भनाई छुट्टै रहेको पाईन्छ । उनको भनाई अनुसार यसमा विद्युत कार्यालयका कर्मचारीहरुको मिलोमतो रहेको हुन्छ । त्यसो नभए लकडाउन खुले कै बेला मिटर रिडर गर्न आएको र त्यसबेला उनीहरुले थप छुटेको अंकलाई किन बिलमा समावेश गरेनन् ? अब अर्को पटक आउँदा छुटेको मिटर अंकलाई समावेश गर्दा हामीले के बुझ्ने ? भनी प्रश्न गर्छन् ।
विद्युतम महशुलको धेरै रकम आयो भनी गुनासो गर्ने एक–दुई जना मात्र होइनन् । हामीले फेसबुक, ट्वीटरलगायतबाट सर्वेक्षण गर्दा हजारौं गुनासोकर्ता पुगेका छन् । यसबारे के विद्युत कार्यालय अन्जान छ ? होइन होला तर जवाफ कसैसित नहुन सक्छ ।
मंगलबारका दिन वितरण केन्द्र प्रमुखलाई यस विषयमा कुरा गर्न जाँदा उनलाई यो तरिका गलत भएको लाग्छा, आम विद्युत उपभोक्ताले प्रश्न गर्नै नहुने जस्तो भनाई प्रमुख मल्लिकको रहेको पाईन्छ । उनको भनाई कतिसम्म जायज हो जनता जानना चाहान्छ, उनी जनताका कुरा सुन्न र काम गर्नका लागि आएका हुन वा अफिसमा बसी एसीको हावा खाँदै कुर्ची सेक्नका लागि सरकारले पठाएको छ भनी फुल्टेक्रा निवासी विनोद शर्माले प्रश्न गर्छन् ।
यस विषयमा जे जस्तो प्रश्न उठाएको भए पनि लकडाउन अवधीमा सरकारद्वारा छुट गरिएको शुल्क समेत लकडाउन खुलेपछि असुल गरिनुका साथै थप शुल्कमा बृद्धि गर्न वितरण केन्द्रबाट पटक–पटक बोल्टेज तलमाथि गरी बृद्धि गरिएको आरोप नेपालगंज निवासी सत्यनारायण गुप्ताले लगाए ।
“जति जोगी आए पनि कानै चिरिएका” भने झैं जति सुकै हाकिम यस ठाउँमा आएपछि निमुखा गरिबलाई चुस्नु बाहेक थप केही उपलब्धी गरेको पाईन, यहाँ ठूलो कलकारखानाहरुबाट महिनाको असुली गरी गोजी भर्नु र जनतालाई मुर्ख बनाउन बाहेक हकिम साबहरुले केही गरेको छैन भन्ने आरोप नेपालगंजका बृद्धिशरण उपाध्यायले लगाए ।
यस तर्फ सम्बन्धित सरोकारवालाहरुको ध्यान केन्द्रित भई आम सर्वसाधारण गरिब जनतालाई बढी शुल्क तिर्नबाट जोगाउन पहल गर्नु अतिआवश्यक देखिन्छ भनी सम्बन्धित पक्षले गरेको त्रुटीहरुलाई समयमा सुधार गरी अगाडी बढ्न समेत अग्रह गछ्र्रन् बिष्णु गुप्ता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *