Thursday, March 12सत्यम खबर
Shadow

सूचना-प्रबिधि

डुडुवा गाउँपालिका सित सूचना माग

डुडुवा गाउँपालिका सित सूचना माग

प्रदेश ५, राजनीति, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ७ भाद्र – डुडुवामा खबरदारी गर्न नवगठित संघर्ष समितिले गाउँपालिकासँग आईतबार सुचना माग गरेको छ । गाउँपालिकामा सूचना अधिकारी को भन्ने यकिन नभएपछि सूचना माग गर्न गएको डुडुवा संघर्ष समिति केहीबेर अलमलमा परेको थियो । समितिका संयोजक तथा डुडुवा–६ का वडा अध्यक्ष मोहनराम मिश्रा कटाईका साथ प्रस्तुत भएपछि बताइएका सूचना अधिकारी संजयकुमार कर्णलाई सूचना माग निवेदन बुझाउँंदै सूचना माग गरिएको छ ।नेपालको संबिधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्बन्धीको ऐन २०६४ को दफा ३ अनुसार चार बुँदे निवेदनमार्फत गाउँपालिकासँग सूचना माग गरिएको संघर्ष समितिका प्रेस संयोजक सूर्यलाल यादवले जानकारी गराउनुभयो । तर सूचना माग गरेपछि गाउँपालिका प्रमुख नरेन्द्र चौधरीले कुन कानून, कुन नियम अनुसार सूचना माग गएिको भन्दै समितिका सदस्यलाई हप्काउँदै अपशब्द समेत बोलेको समितिका सदस्य राजेन्द्र बिकले बताउनुभयो ।राष्ट्रिय...
राष्ट्रिय सहकारी बैंकको वार्षिक समिक्षा सम्पन्न १ अर्व ७ करोड मुनाफा गर्ने लक्ष्य

राष्ट्रिय सहकारी बैंकको वार्षिक समिक्षा सम्पन्न १ अर्व ७ करोड मुनाफा गर्ने लक्ष्य

आर्थिक, प्रदेश १, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
ललितपुर, ५ भाद्र–राष्ट्रिय सहकारी बैंक लिमिटेडको वार्षिक समिक्षा तथा आगामी योजना सम्बन्धी २ दिने समिक्षा वैठक बिहीवार सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालित भर्चुअल वार्षिक समिक्षा वैठकले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समिक्षा गर्नुका साथै चालु आर्थिक वर्षका योजना तथा बजेट निर्माण गरेको छ । बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्म १४ हजार ५ शेयर सदस्य, २ अर्ब ५० करोड शेयर पूँजि, ६० अर्ब निक्षेप ४२ अर्ब कर्जा लगानी गरी १ अर्ब ७ करोड मुनाफा आर्जन गर्न लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७६/०७७ का लागि प्रस्तावित योजना पूर्ण रुपमा कार्यान्वयन गर्दै बैंकमा १२ हजार भन्दा बढी शेयर सदस्य २ अर्व २२ करोड शेयर पुँजि, ४७ अर्ब निक्षेप, २७ अर्ब कर्जा लगानी ८४ करोड मुनाफा आर्जन गर्न सफल भएको थियो ।समिक्षा वैठकबाट चालु आर्थिक वर्षको लक्ष्य पुरा गर्नका लागि शाखाहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन ग...
सरकारी निर्णय सर्वोच्चद्वारा बदरः काउन्सिल स्वायत्ततामाथिको हस्तक्षेपको सर्वत्र विरोध

सरकारी निर्णय सर्वोच्चद्वारा बदरः काउन्सिल स्वायत्ततामाथिको हस्तक्षेपको सर्वत्र विरोध

प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाडौ, ४ भाद्र– प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबारे सरकारको पछिल्लो निर्णय कार्यान्वयन नगर्न र नगराउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको छ । सरकारले साउन २६ गते काउन्सिलको ऐनविपरित हुने गरी नियमावली परिवर्तन गर्दै भदौ १ गते दुर्गा भण्डारीलाई नयाँ कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो । सरकारको हस्तक्षेप विरुद्ध काउन्सिल बोर्डले सर्वोच्चमा भदौ १ गते नै रिट दायर गरेकोमा बुधबार सुनुवाई गर्दै कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नै नियमित कामकाज गर्ने गरी सर्वोच्चले अन्तरिम आदेश दिएको छ । साथै, सर्वोच्चले सरकारलाई नियमावली संशोधन गर्नुको कारण देखाउ आदेश दिएको छ । यहि बैशाख १७ गतेदेखि काउन्सिलका कार्यसमिति सदस्य शुभेच्छाबिन्दु तुलाधर र गोविन्दप्रसाद चौलागाईंको कार्यकाल सकिएपछि सोही स्थानमा सरकारले साउन ३२ गते दुर्गा भण्डारी र दीपक पाण्डेलाई नियुक्त गरेकोमा लगत्तै भदौ १ गते सरकार...
नेपालको पत्रकारितामा कोभिड–१९ को गम्भीर असर, प्रतिवेदन सार्वजनिक

नेपालको पत्रकारितामा कोभिड–१९ को गम्भीर असर, प्रतिवेदन सार्वजनिक

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ३ भाद्र– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड–१९) को गम्भीर असर नेपालको पत्रकारिता क्षेत्रमा देखिएको छ । नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्यस्थित बर्नमोथ विश्वविद्यालले संयुक्त रुपमा सञ्चालन गरेको राष्ट्रिय सर्वेक्षणले कोरोना भाइरसका कारण पत्रकारहरुलाई मनोवैज्ञानिक र आर्थिक रुपमा गम्भीर असर पारेको र सञ्चार माध्यमका सामग्रीको उत्पादन समेत घटेको देखाएको छ । आज बुधबार एक भर्चुअल समारोहमा माननीय अर्थ र सञ्चार सूचना तथा प्रविधि मन्त्री युवराज खतिवडाले सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्नु भएको छ ।पत्रकारहरु चरम आर्थिक मारमा परेको सर्वेक्षणको नतिजाले देखाएको छ । सर्वेक्षणमा सहभागी ७४ प्रतिशत पत्रकारहरु आर्थिक रुपमा प्रभावित भएका छन्, जसमध्ये ३८ प्रतिशतले आफूहरु पारिश्रमिक कटौतीमा परेको बताएका छन् । असार २६ देखि साउन ९ गतेसम्म देशका ७ वटै प्रदेशबाट ...
पैसा थुप्रिएपछि घर किन्नेलाई सस्तो ब्याजदरमा ऋण दिन बैंकहरूको प्रतिस्पर्धा, कुन बैंकको ब्याजदर कति, के के चाहिन्छ कागजात ?

पैसा थुप्रिएपछि घर किन्नेलाई सस्तो ब्याजदरमा ऋण दिन बैंकहरूको प्रतिस्पर्धा, कुन बैंकको ब्याजदर कति, के के चाहिन्छ कागजात ?

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, २९ श्रावण– पैसा थुप्रिएपछि घर किन्नेलाई बैंकबीच सस्तो ब्याजदरको अफर ल्याउने प्रतिस्पर्धा चलेको छ । पर्याप्त तरलता भएकाले पछिल्लो समयमा अधिकांश बैंकको आधार दर घट्दै जाँदा ब्याजदर सस्तिएको नविल बैंककी रिटेल लेन्डिङ प्रमुख चाँदनी श्रेष्ठले जानकारी दिइन् । ‘ग्राहकसँग हामीले लिने ब्याजदर आधार दरमा भर पर्छ, अहिले पर्याप्त तरलता भएकाले आधार दर घट्दै गएको छ, त्यसकारण केही वर्ष नै ब्याजदर नबढ्न सक्छ’ उनले भनिन् ।कोरोनाको प्रभावपछि ठूला उद्योग व्यवसायमा ऋणको पर्याप्त माग हुन सकिरहेको छैन । जसले गर्दा बैंकबाट प्रवाह हुने ऋणमा कमी आएको छ । यसले बैंकमै पैसा थुप्रिएको छ ।अधिकांश बैंकले एक वर्षसम्म ग्राहकसँग ब्याजदर नबढाउने प्रतिवद्धतासमेत जनाएका छन् ।हालै निक्षेपमा ब्याजदर घटाएर बैंकले नयाँ घर, गाडी किन्न सस्तो ब्याजको अफर ल्याउन थालेका हुन् । घर र गाडीमा बैंकबीच सस्तो ब्याजदरमा ऋण दिन...
आज २६ थपिएसँगै बाँकेमा संक्रमित संख्या ६५७

आज २६ थपिएसँगै बाँकेमा संक्रमित संख्या ६५७

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २७ श्रावण– बाँकेमा मंगलवार बिहान ११ बजेसम्म थप २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले आफ्नो फेसबुक स्टाटसमा भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २६ जनामा संक्रमण देखिएको लेखाका छन् । योसँगै बाँकेमा संक्रमितको संख्या ६ सय ५७ पुगेको छ । तीमध्ये चार सय पाँचजना उपचारपछि घर फर्किसकेका छन् । बाँकेमा कोरानाबाट दुई महिलासहित तीन जनाको मृत्यु भएको छ ।...
राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा आईतबारबाट शुरु ७७ वटै जिल्लाबाट ४०० भन्दाबढी युवाहरु सहभागिता जनाउँदै

राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा आईतबारबाट शुरु ७७ वटै जिल्लाबाट ४०० भन्दाबढी युवाहरु सहभागिता जनाउँदै

प्रदेश १, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
काठमाडौं, २६ श्रावण– नेपाल युवा परिषदले विगतका बर्षहरुमा झैँ यो बर्षमा पनि नेपाल भरिका ७७ वटै जिल्लाबाट ४०० भन्दाबढी युवाहरुलाई सहभागी गराई अन्तर्राष्ट्रिय युवा दिवस २०२० को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा भब्य रुपमा शुरु गरेको छ ।सम्मेलनका पहिलो दिन ७७ जिल्लाका ४०० भन्दाबढीको सहभागिता रहेको छ । साथै यस्तो कोरोनाको कहर विच पनि बिभिन्न समुदायका युवाहरु प्रतिनिधित्व भई यो सम्मेलन एक समावेशीताको उत्कृष्ट उदाहरण बनेकोमा आयोजक धेरै हर्षित भएकोे नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सरोज बाँनियाले बताउनु भयो ।सम्मेलनको पहिलो दिन यूएनडिपीका कार्यक्रम अधिकृत बिनिता कार्कीले युवा सहभागिता र दिगो विकासको लक्ष्य बारे प्रशिक्षण गर्नु भएको थियो भने माई ईमोशन मेटरका संस्थापक भावना श्रेष्ठले लिडरले निर्णय लिदाँ भावनात्मक बुद्धिको प्रभाव, एग्रिकल्चर डटकमका संस्थापक सुनिता नेमफुकीले कृषि उद्...
एफएनजेको सदस्यता नविकरण गर्न श्रावण मसान्तसम्म अनिवार्य

एफएनजेको सदस्यता नविकरण गर्न श्रावण मसान्तसम्म अनिवार्य

प्रदेश ५, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, २१ श्रावण– ठाकुरसिंह थारुको अध्यक्षतामा नेपाल पत्रकार महासंघ बाँके शाखाको नियमित बैठक सम्पन्न गरी विभिन्न निर्णयहरु गरिएको छ । बुधबार सम्पन्न बहुमत बैठकबाट गरिएको निर्णयहरुमा नेपाल पत्रकार महासंघ बाँके शाखामा पर्न आएका नयाँ सदस्यताको आबेदन उपर छानबिन गर्नका लागी शाखा सचिव तिलक गाउँलेको संयोजकत्वमा रहेको सदस्यता छानबिनि समितिलाई जिम्मा दिने, समितिले पर्न आएका आबेदनमाथी छानबिनि गरि २ दिन भित्र कार्यसमितिमा नयाँ सदस्यताको नामावली पेश गर्ने साथै नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ को निर्णय र निर्देशन बमोजिम बाँके शाखामा रहेका सम्पुर्ण सदस्यहज्युहरुलाई श्रावण मसान्तसम्म अनिवार्य रुपमा सदस्यता नविकरणका लागि आब्हान गर्ने निर्णय गरेको छ । यसैगरी बैठकबाट नेपाल पत्रकार महासंघ बाँके शाखाका सहसचिव काशीराम शर्माले पत्रकार आचार सहिंता बिपरित काम गरेको बिषयमा शाखामा पटक–पटक लिखित उजुरी आउने गर...
रुपन्देही घटनाप्रति प्रदेश ५ समितिको गम्भीर ध्यानाकर्षण

रुपन्देही घटनाप्रति प्रदेश ५ समितिको गम्भीर ध्यानाकर्षण

प्रदेश ५, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २१ श्रावण– नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका उपाध्यक्ष दिनेश पाण्डे र लुम्बिनी टेलिभिजनकी समाचार प्रमुख भगवती पाण्डेमाथि ०७७ साउन १९ गते समाचार संकलनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रहरी निरीक्षक रोशन पाण्डेद्वारा गरिएको आक्रमण प्रयास तथा क्यामेरा खोसिएको घटनाप्रति नेपाल पत्रकार महासंघ प्रदेश ५ समितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमार्फत जनाइएको छ । विज्ञप्तीमा रुपन्देहीको सैनामैना नगरपालिका अन्तर्गत पूर्व–पश्चिम राजमार्गको सालझण्डी बजारमा अख्तियार कार्यालय बुटवलबाट खटिएका सादा पोसाकमा रहेका प्रहरीले सवारी साधनको जाँच गरिरहेको तस्वीर लिने क्रममा प्रहरी निरीक्षक पाण्डेसहितका प्रहरीले पत्रकार भगवती पाण्डेको क्यामेरा खोस्नुका साथै सोही विषयलाई लिएर झगडा गर्दै पत्रकारद्वयमाथि दुव्र्यवहारका साथ आक्रमण प्रयाससमेत गरेको जनाइएको छ । नागरिकलाई सुसूचित गराउने धर्म नि...
‘शनिबार रातीसम्म निषेधाज्ञा जारी रहने’ प्रजिअ कुरूम्वाङ

‘शनिबार रातीसम्म निषेधाज्ञा जारी रहने’ प्रजिअ कुरूम्वाङ

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २० श्रावण– बाँकेमा गत शनिबार रातीदेखि जारी गरिएको निषेधाज्ञा थप ४ दिन बढाईएको छ । मंगलबार बसेको जिल्लास्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको बैठकले तीन दिने निषेधाज्ञा थप बढाएर लैजाने निर्णय गरेको हो । समुदाय स्तरमै कोरोना पोजिटिभ केस बढ्दै गएकोले मंगलबार बसेको बैठकमा आईतबारदेखि जारी निषेधाज्ञा आउने शनिबार राती १२ सम्म जारी रहने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिनुभयो ।...