Thursday, November 21सत्यम खबर
Shadow

निषेधाज्ञामा सुनसान देखियो नेपालगन्ज बजार, आज केही एरिया ‘सील’ गर्ने तयारी

नेपालगन्ज, १८ श्रावण– विगत केही दिन यता समुदायस्तर मै कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि बाँकेमा निषेधाज्ञा जारी गरिएको छ । लकडाउन खुलेसँगै बाँकेमा कोरोना संक्रमण समुदायस्तर मै फैलिन थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले शनिवार राती १२ बजेदेखि लागु हुने गरी तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ ।
स्थानीय प्रशासनको निषेधाज्ञापछि आईतवार बिहानैदेखि बाँकेको नेपालगन्ज बजार सुनसान जस्तै देखिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार, जिल्लामा भाइरसको जोखिम बढेकाले निषेधाज्ञा लगाउनु परेको हो । उहाँले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधरणलाई आग्रह समेत गर्नुभएको छ ।
स्थानीय प्रशासनले तीन दिने निषेधाज्ञामा रक्षाबन्धनलाई मध्यनजर गर्दै निजी सवारी साधन चल्न दिने प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताउनुभयो ।
त्यसै आज आईतबार बिहान ११ बजे बस्ने जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले समुदायमा कोरोना देखिएको ठाउँहरुलाई ‘सील’ गर्ने तयारी गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी बाँके प्रमुखले कोर एरिया सीन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । ‘आज हाम्रो बैठक बस्दैछ, कुन–कुन एरियामा पोजिटिभ केसहरु देखिएको छ सोही एरियालाई फोकस गरी सील गर्ने बारे हाम्रो छलफल केन्द्रित हुने’ बताउनुभयो ।
स्थानीय प्रशासनले निषेधाज्ञामा केही महत्वपूर्ण सेवाहरु भने नरोकिएको स्पष्ट पारेको छ । स्वास्थ्य, सुरक्षा, दुरसञ्चार, खानेपानी, दुध, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधी पसल, खाद्यान्न, तरकारी आपूर्ति जस्ता सेवाहरु सञ्चालनमा रहने छन् ।
त्यस्तै एम्वुलेन्स, शववाहन, दमकल, झण्डावाला सवारी र कुटनीतिक नियोगका सवारी साधनलाई पनि सन्चालन हुन दिइएको छ । लामो दुरीका मालबाहक साधानहरु, अत्यावश्यक सेवा सन्चालनमा खटिएका जनशक्तिले प्रयोग गरका सवारी साधनहरु, सवारी अनुमति (पास) प्राप्त सवारी साधनहरु पनि सन्चालनमा छन् ।
कोरोना नियन्त्रण भइसकेको बाँकेमा लकडाउन खुलेपछि भने पुनः संक्रमण फैलिदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *