Thursday, November 21सत्यम खबर
Shadow

खरेलको पहलमा खजुरामा कृषि क्याम्पस

बाँके,१५ असोज ।
बाँकेको खजुरा सन्तकुटीमा कृषि क्याम्पस संचालनका लागि महत्वपूर्ण निर्णय भएको छ । प्रदेशसभा सदस्य समेत रहेका क्याम्पसका संयोजक आईपी खरेलको पहल र सक्रियतामा कृषि क्याम्पसले सार्थकता पाएको हो । जनता नमूना माविको ९ बिघा जग्गामा कृषि क्याम्पस स्थापना हुन लागेको हो । हाल जनता नमूना माविको स्वामित्वमा रहेकोकित्ता नम्बर ११, २४,२५ र २६ को ६ बिघा तथा कित्ता नम्बर १० को क्षेत्रफलबाट ३ विघा गरि ९ विघा जग्गा प्रस्तावित खजूरा कृषि क्याम्पसका लागि उपलब्ध गराउने भन्दै विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय, खजूरा गाउँपालिका, शिक्षा विकास तथा समन्वय ईकाईबाट सिफारिस लिएर प्रदेशसभा सदस्य खरेल शिक्षा मन्त्रालय पुगेका थिए । संघीय संरचना अनुसार स्थानीय तहले नै जग्गा भोगाधिकारका लागि उपलब्ध गराउन सक्ने भन्दै असोज १२ गते शिक्षा मन्त्रालयले सचिव स्तरीय निर्णय गरेको छ ।
मन्त्रालयको निर्णयपछि अब खजुरा गाउँपालिकाले मालपोत कार्यालयलाई पत्र पठाएपछि ९ विघा जग्गा कृषि क्याम्पसले प्राप्त गर्ने छ । कृषि क्याम्पसले रामपुरस्थित कृषि विश्वविद्यालयबाट आंगिक क्याम्पसको रुपमा सम्बन्धन प्राप्त गरिसकेको छ । क्याम्पसका लागि बजेट पनि छुट्टाएको कारण भौतिक पुर्वाधार निर्माण र पठनपाठन छिट्टै सुरु हुने खरेलले बताए । जनता माविमा कृषि क्याम्पस स्थापनाका लागि प्रदेश सांसद आइपी खरेलको अध्यक्षतामा कृषि क्याम्पस सहयोग तथा संचालन समितिको गठन गरिएको छ । कृषि तथा वन विश्वविद्यालय बाट संम्वधन लिएर क्याम्पसमा बिएसी एग्रीकल्चरको पढाइ तत्काल सुरु हुने र क्रमशः फरेस्टूीको समेत अध्यापन गराउने खरेलले बताए । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र र कृषि तालिम केन्द्र तथा कपास विकास समितिको केन्द्रीय कार्यालय रहेको खजूरामा लामो समयदेखि कृषि क्याम्पस स्थापनाको पहल भईरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *