“आजको काम आजै, टाढाको लागि प्राथमिकता” : कार्यवाहक अध्यक्ष बुढाथोकीको प्रतिवद्धता
काठमाडौँ १५ असोज – प्रेस काउन्सिलबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन नयाँ शैली अवलम्बन गरिने, आजको काम आजै सम्पादन गर्नेे कार्यवाहक अध्यक्ष बुढाथोकीको प्रतिबद्धतापत्रमा उल्लेख छ । काउन्सिलले अबदेखि उपत्यकाबाहिर टाढाबाट आउने सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएरप्रक्रिया पुगेको अवस्थामा सोही दिन वा २४ घण्टाभित्र काम फत्ते गर्ने जनाइएको छ । ‘उपत्यकाबाहिर टाढा–टाढाबाट आउने सेवाग्राही (विशेष गरी कर्णाली, सुदूरपूर्व र सुदूरपश्चिमबाट आउने)लाई विशेष प्राथमिकता दिइनेछ ।
कार्यवाहक अध्यक्ष बुढाथोकीले साँघु साप्ताहिकको सम्पादक नरहने जानकारी समेत गराउनुभएको छ । आज १० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कार्यवाहक अध्यक्ष बुढाथोकीले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष पदमा रहुञ्जेल साँघु साप्ताहिकको सम्पादक पदमा नरहने बताउनुभएको हो । उहाँले पदमा रहुञ्जेल कुनैपनि सञ्चारमाध्यमको सम्पादक र रा...








