Saturday, March 8सत्यम खबर
Shadow

सूचना-प्रबिधि

“क्रिकेट खेलप्रेमीहरुले स्टेडियम पाउने आशा”

“क्रिकेट खेलप्रेमीहरुले स्टेडियम पाउने आशा”

प्रदेश ५, समाचार, सूचना-प्रबिधि
चन्द्रेश्वर राज त्रिपाठी नेपालगंज/असार– दशकौदेखि फुल्टेक्रामा रहेको ताललाई लिएर विवाद हुँदै आएको भएतापनि अब उक्त विवाद समाधान हुने निश्चित भएको छ । सोही फुल्टेक्रा तालको मुहार फेर्ने सोचका साथ नेपालगन्ज उपमहानगरपालिका र वडा नं. ६ ले बृहत योजना साथ अगाडी आएका छन् । फुल्टेक्रामा रहेको तालको जग्गालाई धेरैले कब्जा समेत गरी बसेका छन् । तर अब ती कब्जामा रहेको जग्गा समेत सरकारी नापीबाट पुनः सरकार कै अधिनमा आउने निश्चित देखिन्छ । बाँके जिल्लालाई खेलाडीको शहर भनेर समेत चिनिने गरिएको छ । यस बाँके जिल्लाबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिएको इतिहास हामी सामु रहेको पाईन्छ । यस इतिहासलाई कायम राख्न नेपालगन्ज उपलमहानगरपालिका र वडा नं. ६ ले पाईला चाल्ने भएका छन् । विगत केही महिना अगाडी क्रिकेटको स्टेडियन बनाउन जग्गाको खोजी गर्न नेपालगन्ज उपमहानगरपालिकाबाट वडा नं. २ का वडा अ...
कुसुममा पुग्ने भयो बिजुली,२३ गते उर्जामन्त्रीबाट उद्घाटन

कुसुममा पुग्ने भयो बिजुली,२३ गते उर्जामन्त्रीबाट उद्घाटन

प्रदेश ५, सूचना-प्रबिधि
सत्यम खबर बाँके,२१ असोज । बिगत लामो समय देखि टुकी र सौर्य उर्जाको भरमा रहँदै आएको बाँकेको पुर्वी क्षेत्र राप्तीसोनारी गाउँपालिका १ कुसुममा दशै अगाडि नै बत्ति बल्ने पक्कापक्की भईसकेको प्रदेश सांसद कृष्णा केसीले बताएकीछन । यसका लागि असोज २३ गते मंगलबार उर्जामन्त्री बर्षमान पुनले एक कार्यक्रमका बिच उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रदेश सांसद केसीले जानकारी दिइन् । यसअघि पटक–पटक म्याद थप्दासमेत विद्यूतीकरणको काम अलपत्र परेको थियो । प्रदेश सांसद नमुनाका अनुसार दशै अगाडि साविक खासकुश्माको सौरीदेखि बर्दापुर गाउँसम्म बिजुली बाल्ने तयारी गरिएको छ । कुसुमको राप्तीनदी पारीको क्षेत्र बाहेक वारीका सबै स्थानहरुमा बिजुली बल्ने भन्दै नेपाल विद्युत प्राधिकरण क्षेत्रीय प्रमुख मनोजकुमार सिंहले त्यसका लागि ९ वटा ट्रान्सफर्मर जडान गरी परिक्षण समेत गरिसकिएको बताए । लामो समयदेखि अवरुद्व रहेको विद्यूतीकरणको...
किसानका खेतखेतमा मन्त्रालयको टोली !

किसानका खेतखेतमा मन्त्रालयको टोली !

प्रदेश ५, सूचना-प्रबिधि
बाँके,१८ असोज । प्रदेश नम्बर ५ को कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयले किसानलाई उपलब्ध गराउने अनुदान बास्तविक किसानसँग पुर्याउन किसानका बारीमा टोली खटाएको छ । मन्त्री आरती पौडेलका स्वकीय सचिव सुर्य रोकाय बाँके बर्दियाका किसानको घरदैलोमा खटिदैं प्रदेश सरकारले उपलब्ध गराउने अनुदान बारे जानकारी गराउदै हिडेका छन् । पछिल्लो समय प्रदेश मन्त्रालयले ब्यावसायिक किसान र फर्मलाई कृषि अनुदानका लागि प्रस्तावना माग गरेको अवस्थामा मन्त्रीका स्वकीय सचिव रोकाय किसानको घरदैलोमै पुगेर अनुदान फर्म भर्ने तरिका लगायतका बारेमा जानकारी दिईरहेका छन् । सबै किसानसँग सूचनाको पहुँच नभएका कारण आफुहरु घरदैलोमा खटिएको रोकायले बताए । ‘सरकारले दिने अनुदान सिमित टाठाबाठा किसानले भन्दा पनि वास्तविक किसानले पाउनुपर्छ भन्ने मन्त्रालयको मान्यता रहेको छ’, रोकायले भने, ‘सरकारले किसानलाई उपलब्ध गराउँदै आएको सेवा सुविधा बार...
खरेलको पहलमा खजुरामा कृषि क्याम्पस

खरेलको पहलमा खजुरामा कृषि क्याम्पस

प्रदेश ५, सूचना-प्रबिधि
बाँके,१५ असोज । बाँकेको खजुरा सन्तकुटीमा कृषि क्याम्पस संचालनका लागि महत्वपूर्ण निर्णय भएको छ । प्रदेशसभा सदस्य समेत रहेका क्याम्पसका संयोजक आईपी खरेलको पहल र सक्रियतामा कृषि क्याम्पसले सार्थकता पाएको हो । जनता नमूना माविको ९ बिघा जग्गामा कृषि क्याम्पस स्थापना हुन लागेको हो । हाल जनता नमूना माविको स्वामित्वमा रहेकोकित्ता नम्बर ११, २४,२५ र २६ को ६ बिघा तथा कित्ता नम्बर १० को क्षेत्रफलबाट ३ विघा गरि ९ विघा जग्गा प्रस्तावित खजूरा कृषि क्याम्पसका लागि उपलब्ध गराउने भन्दै विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय, खजूरा गाउँपालिका, शिक्षा विकास तथा समन्वय ईकाईबाट सिफारिस लिएर प्रदेशसभा सदस्य खरेल शिक्षा मन्त्रालय पुगेका थिए । संघीय संरचना अनुसार स्थानीय तहले नै जग्गा भोगाधिकारका लागि उपलब्ध गराउन सक्ने भन्दै असोज १२ गते शिक्षा मन्त्रालयले सचिव स्तरीय निर्णय गरेको छ । मन्त्रालयको निर्णयपछि अब खज...