Thursday, March 12सत्यम खबर
Shadow

सूचना-प्रबिधि

महासंघ अधिवेशनमा उपस्थितिको लागि अनुरोध

महासंघ अधिवेशनमा उपस्थितिको लागि अनुरोध

प्रदेश ५, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, १५ पौष – नेपाल पत्रकार महासंघ बाँके शाखाले अधिवेशनमा उपस्थितिको लागि अनुरोध गरेको छ ।नेपाल पत्रकार महासंघ बाँके शाखा सचिव तिलक गाउ“लेद्वारा जारी प्रेस विज्ञप्ती ‘नेपाल पत्रकार महासंघ केन्द्रको सर्कुलर अनुसार नेपाल पत्रकार महासंघ बाँके शाखाको जिल्ला अधिबेशन यही पौष महिनाको १८ गते सम्पन्न गर्ने निर्णय यस अघिको बैठकले गरिसकेको सबैलाई सर्बबिदितै छ’ भनी उल्लेख गरिएको छ । विज्ञप्तीमा ‘शाखाको १२ औं जिल्ला अधिबेशन ०७७ पौष १८ गते शनिबार, कोहलपुरको होटल म्याक्समा बिहान ११ बजे हुने भएकोले बाँके जिल्लामा क्रियाशिल सम्पुर्ण सञ्चारकर्मी तथा बाँके जिल्ला शाखाका आबद्ध हुनुभएका सम्पुर्ण साधारण सदस्य, पुर्ब अध्यक्ष, केन्द्रीय पदाधिकारी, प्रदेश पदाधिकारी, केन्द्रिय पार्षद, प्रदेश पार्षद र पुर्ब केन्द्रीय पदाधिकारीहरुलाई अनिबार्य रुपमा उपस्थितीका लागी बिनम्र अनुरोध गर्दछु ।’ भनी उल्लेख गरिएक...
फेसवुकमा कमेन्ट लेखेको भरमा प्रहरीद्दारा पक्राउ

फेसवुकमा कमेन्ट लेखेको भरमा प्रहरीद्दारा पक्राउ

प्रदेश ५, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १४ पाैष - बाँकेकाे नेपालगंज उपमहानपा १८ बस्ने गोर्खाज फाइनान्स बैकमा कार्यरत डिल्ली बहादुर चन्दलाई फेसवुकमा लेखेकै भरमा बाँके प्रहरीले पक्राउ गरेको छ ।करीव ७ महिना अगाडी पूर्व आईजीपी सर्वेन्द्र खनाल र महेश वस्नेतको फेसवुक स्टाटसमा कमेन्ट गरेको आधारमा पक्राउ गरिएको जनाईएको छ । विहान घरवाट बैकमा डिउटीमा गएको र डिउटीमा रहेकै अवस्थामा उहाँलाई पक्राउ गरिएको थियो ।देशमा राजनैतिक स्थिरता उथुलपुथुल भईरहेको समयमा सामान्य मान्छेलाई पक्राउ गरी जघन्य अपराध गरेझै रातारात काठमाडौ लगिएको उहाँको श्रीमति कमला चन्दले जानकारी दिनुभएको छ ।यस विषयमा बुझन खोज्दा साईवर क्राईम अन्र्तगत जिल्लामा कुनै थाहा नहुने र केही गर्न नसकिने भएकोले माथिको आदेशानुसार काठमाडौ पठाईएको बाँके प्रहरीले वताएको छ ।...
जानकी गाउँपालिकासँग सूचना माग

जानकी गाउँपालिकासँग सूचना माग

प्रदेश ५, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ९ पौष – जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयसंग उघम बिकास सहजकर्ता सम्बन्धी बिस्तृत रुपमा सूचना माग गरिएको छ ।नेपालगन्ज वडा नं. १८, कारकाँदोका राजेश मिश्रले जानकी गाउँपालिका गाउँ कार्यपालिका लुम्बिनी प्रदेशलाई सम्बोधन गर्दै आफ्नो अध्ययन प्रयोजनका लागि आवश्यक जानकारीको प्रमाणित प्रतिलिपी उपलब्ध गराइ दिन बुधबार गाउँपालिकालाई निवेदन पेस गर्नु भएको हो । सूचनाको हक ऐन २०६४ को दफा ३ अनुसार कुनै पनि नागरिकले सम्बन्धित सरकारी नियम बमोजिम सूचना जान्न सरकारले हक र अधिकार सुनिश्चित गरेको छ । सोही बमोजिम उहाँले माग गरेका तपसिल बमोजिमको कागज उपलब्ध गराउन निवेदन गर्नु भएको हो ।माग गरिएका कागजात निम्न अनुसारका छन : १) उघम बिकास सहजकर्ता करारमा पदपूर्तिका लागी बिज्ञापन गर्न त्यस कार्यालयले गरेको निर्णय,२) उघम बिकास सहजकर्ता पदपूर्तिका लागी छनोट समितिमा रहेका पदाधिकारी तथा ...
महासंघले साधारणसभा पौष १८ गते कोहलपुरमा गर्ने

महासंघले साधारणसभा पौष १८ गते कोहलपुरमा गर्ने

श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, २५ मंसिर – नेपाल पत्रकार महासंघ बाँके शाखा बैठकबाट विभिन्न निर्णय गर्दै महासंघको साधारण सभा पौष १८ गते कोहलपुरमा गर्ने निर्णय गरेको छ ।यसैगरी शाखाको सांगठनीक प्रतिबेदन तयारीका लागी शाखा सचिव तिलक गाउँले र आर्थिक प्रतिबेदन तयारीका लागी शाखा कोषाध्यक्ष केशब रानालाई जिम्मेवारी दिई शाखाको आगामी बैठकमा पेश गर्ने निर्णय गरिएको छ । यसैगरी बाँके शाखामा बिभिन्न दाताहरुको सहयोगमा स्थापना गरिएका पुरस्कारहरु जिल्ला अधिबेशनमा बितरण गर्नुपर्ने भएकोले नेपाल पत्रकार महासंघ बाँके शाखाका पुर्ब अध्यक्ष झलक गैरेको संयोजकत्वमा पत्रकार सिराज खान, नबिन गिरि, अक्षरी पोखरेल र बिनोद पौडेल सदस्य रहने गरि पुरुस्कार छनोट समिति गठन गर्ने निर्णय गरिएको सचिव तिलक गाउँलेद्वारा जारी प्रेस नोटमा जनाइएको छ ।साथै बैठकले अधिबेशन भब्यताका साथ सम्पन्न गर्नका लागि स्थानिय निकायहरुसँग समन्वय गर्न शाखाका उपाध्यक्ष...
‘नागरिक सूचना र सञ्चारबाट बञ्चित भएमा विकासको लक्ष्य पुरा गर्न सकिदैन’

‘नागरिक सूचना र सञ्चारबाट बञ्चित भएमा विकासको लक्ष्य पुरा गर्न सकिदैन’

प्रदेश ५, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
अगैया २ मंसिर – रेडियो भूवर भवानी ९८.८ मेगाहर्जले शनिबार प्रथम बार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । समृद्धिका लागि सञ्चार नेपाल राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ अगैया बाँकेद्वारा सञ्चालित रेडियोले २०७६ कार्तिक १० गते लक्ष्मी पुजाको दिनबाट आफ्नो परिक्षण प्रशारण सुरु गरेको थियो । रेडियोको प्राङ्गन राप्ती सोनारी २ अगैयामा बार्षिक उत्सव उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम् राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले आमनागरिक जबसम्म सञ्चारसँग जोडिदैनन्, तबसम्म जतिसुकै विकास भएपनि अर्थ नहुने बताउनु भयो । नागरिकहरु सूचना र सञ्चारबाट बञ्चित भएमा विकासको लक्ष्य पुरा गर्न नसकिने उहाँको भनाई छ ।राप्तीसोनारी गाउँपालिका सुगम जिल्लाको दुर्गम गाउँपालिका भएको बताउँदै अध्यक्ष थारुले गाउँपालिकाको प्रमुख उद्देश्य भनेको नै प्रत्येक नागरिकलाई आर्थिक अवस्थाबाट मजबुद गराउनु रहेको स्पष्ट ...
पर्वतमा पनि सकियो पत्रकार आचारसंहिता र मिडियामा कोभिड प्रभाव सम्बन्धी अन्तरक्रिया

पर्वतमा पनि सकियो पत्रकार आचारसंहिता र मिडियामा कोभिड प्रभाव सम्बन्धी अन्तरक्रिया

समाचार, सूचना-प्रबिधि
पर्वत २७ कार्तिक – फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्माले जिल्लास्थित सातैवटा स्थानीय तह एवं मिडियासँग छलफल गरी मापदण्ड बनाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको आयोजना एवं पत्रकार महासंघ पर्वत शाखाको संयोजनमा बुधबार कुश्मामा आयोजित ‘पत्रकार आचारसंहिता र मिडियामा कोभिड प्रभावसम्बन्धी’ कार्यक्रममा उहाँले कोभिडले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पारेको बताउनुभयो ।प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य दुर्गा भण्डारीले विगतदेखि नै श्रमजीवी पत्रकार मारमा परिरहेका, ठूला मिडियाद्वारा दशकौंदेखि स्ट्रिन्जर कै रूपमा राखिएको र कतिपयलाई कोभिडको बहाना बनाएर रोजगारीबाट हात धुने अवस्थामा पु¥याएको भन्दै नीति निर्माण तहमा इस्यूलाई जोडदार उठाउने बताउनुभयो । पत्रकार महासंघ गण्डकी प्रदेश समिति महासचिव गणेश पौडेलले प्रदेश सरकारसमक्ष सङ्कटमा मिडि...
अनुसन्धानमा प्रभाव पार्नेगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको अपील

अनुसन्धानमा प्रभाव पार्नेगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको अपील

समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौ, २३ कार्तिक – प्रेस काउन्सिल नेपालले हत्या, अपहरण जस्ता सार्वजनिक अपराधसँग जोडिएका विषयमा अनुसन्धान नै प्रभावित पार्ने गरी सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा समाचार सम्प्रेषण नगर्न अपील गरेको छ ।काउन्सिलका सूचना अधिकारी रामशरण बोहराद्वारा हस्ताक्षरित अपीलमा सार्वजनिक अपराधसँग सम्बन्धित व्यक्ति, साक्षी र पीडितको हकमा अनुसन्धान तहकिकात हुनुपूर्व नै विभिन्न सञ्चार माध्यममा साक्षी, पीडित र प्रमाण समेतको सुरक्षामा पर्याप्त ध्यान नदिई विभिन्न सामाजिक सञ्जालहरूमा पनि समाचार सम्प्रेषण हुँदा पीडित एवं साक्षीहरू असुरक्षित हुने र सत्यतथ्य छानबिनलगायत समग्र न्यायिक प्रक्रियामा असर पर्न जाने उल्लेख छ । यस्ता समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४(९) र ५(४) उल्लङ्घन हुने हुँदा संवेदनशील हुन काउन्सिलले आग्रह गरेको छ ।अपराध जन्य घटनासँग जोडिएका व्यक्...
क्लिन फिड : शुक्रबार मध्यरातिबाट रोकिनेछ १ सय ८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

क्लिन फिड : शुक्रबार मध्यरातिबाट रोकिनेछ १ सय ८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाडौं, ७ कार्तिक – आज शुक्रबार मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ ।सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै ८ कार्तिकदेखि विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनै पर्ने बताएको छ । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ । भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरेपनि सरकारले अस्वीकार गरेको छ । क्लिनफिडसहित च्यानल प्रसारण नभएमा कानून बमोजिम हुने मन्त्रालयले बताएको छ ।कार्तिक ८ देखि विज्ञापन बजाएमा विदेशी च्यानल च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ । २०७५ कार्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहर...
महासंघद्वारा ज्ञापन–पत्र बुझाईयो

महासंघद्वारा ज्ञापन–पत्र बुझाईयो

प्रदेश ५, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज ४, कार्तिक– विभिन्न मागहरुलाई लिएर नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत सूचना प्रशारण तथा प्राविधि मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।आज मंगलबार नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष ठाकुरसिंह थारुले प्रमुख जिल्ला अधिकारी बाँके रामबहादुर कुरुम्बा“गलाई उक्त ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्रमा मुलुक लामो समयदेखि कोरोनाको महामारीको चपेटामा छ । यसबाट संचार माध्यमहरु पनि अछुतो रहेनन् । सरकारले कोरोना महामारी नियन्त्रणका लागि २०७६ चैत्र ११ गतेदेखि लकडाउन ग¥यो । लकडाउन र बन्दाबन्दीका बिचमा पनि संचार माध्यमहरुले आफ्नो दायित्व निरन्तर निर्वाह गर्दै आईरहेका छन् । लकडाउनका बेला सवारी साधन, हुलाक कार्यालय, कुरियर सबै बन्द भए पछि यहाँका प्रकाशकहरुले पत्रपत्रिकाहरुको पिडिएफ फाईल ईमेल मार्फत प्रेस काउन्सिलमा बुझाएका छन् । त्यसको प्रमाण प्रेस काउन्स...

नेपाल पत्रकार महासंघको ध्यानार्षण गराईयो

प्रदेश ५, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, ३ कार्तिक – वैश्विक महामारी कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट संचार क्षेत्र समेत प्रभावित भएको बेला जिल्ला हुलाक कार्यालय रुपन्देहीले पत्रपत्रिकाहरुमा प्रकाशित लोककल्याणकारी विज्ञापनको भुक्तानी रकम दिलाउन निवेदन दर्ता गराएका छन् ।नेपालगन्ज बाँके जिल्लाबाट प्रकाशित आजको सामना साप्ताहिक पत्रिकाका सम्पादक÷प्रकाशक अजयकुमार गुप्ताले सूचना तथा प्रशारण विभागद्वारा उपलब्ध गराइने उक्त लोककल्याणकारी विज्ञापनको श्रावण महिनाको भुक्तानी जिल्ला हुलाक रुपन्देही कार्यालयबाट दिलाउन निवेदन दर्ता गराएका छन् । सम्पादक गुप्ताका अनुसार जिल्ला हुलाक कार्यालय रुपन्देहीले २०७७ श्रावण र भाद्र महिनाको बिल कार्यालयमा समय भित्र नपुगेकोले भाद्र महिनाको भुक्तानी दिने तर श्रावण महिनाको भुक्तानी नदिने कुराको जानकारी गराउनुभयो ।सम्पादक गुप्ताले आज सोमबार एक कार्यक्रम बीच नेपाल पत्रकार महासंघ बाँके शाखाक...