
नेपालगन्ज, १४ पाैष – बाँकेकाे नेपालगंज उपमहानपा १८ बस्ने गोर्खाज फाइनान्स बैकमा कार्यरत डिल्ली बहादुर चन्दलाई फेसवुकमा लेखेकै भरमा बाँके प्रहरीले पक्राउ गरेको छ ।
करीव ७ महिना अगाडी पूर्व आईजीपी सर्वेन्द्र खनाल र महेश वस्नेतको फेसवुक स्टाटसमा कमेन्ट गरेको आधारमा पक्राउ गरिएको जनाईएको छ । विहान घरवाट बैकमा डिउटीमा गएको र डिउटीमा रहेकै अवस्थामा उहाँलाई पक्राउ गरिएको थियो ।
देशमा राजनैतिक स्थिरता उथुलपुथुल भईरहेको समयमा सामान्य मान्छेलाई पक्राउ गरी जघन्य अपराध गरेझै रातारात काठमाडौ लगिएको उहाँको श्रीमति कमला चन्दले जानकारी दिनुभएको छ ।
यस विषयमा बुझन खोज्दा साईवर क्राईम अन्र्तगत जिल्लामा कुनै थाहा नहुने र केही गर्न नसकिने भएकोले माथिको आदेशानुसार काठमाडौ पठाईएको बाँके प्रहरीले वताएको छ ।
